अर्हत् उपन्यास

  • Posted By: Heramba Bastola
  • September 27th, 2024
image

अर्हत् उपन्यास पठन अनुभूति

सप्रेम प्रारम्भ गरेँ र ससम्मान समापन गरेँ 'अर्हत्' । सप्रेम सुरु यस कारण गरेँ यो मेरो प्रिय भाइले लेखेको कृति हो , ससम्मान समापन यसर्थ गरेँ यो एक सिद्धहस्त लेखकले लेखेको कृति हो । 'अर्हत' बुद्ध दर्शनमा आधारित उपन्यास हो । दार्शनिक विषयवस्तुमा आधारित भएर पनि यस उपन्यासमा नवीनतम प्रयोगको भारी लादिएको छैन, वैकल्पिक भाष्यको जोखिम उठाइएको छैन , समाजमा स्थापित बुद्धदर्शनका सङ्कथनलाई प्राञ्जल भाषाशैलीमा आख्यानीकरण गरिएको छ, लेखकीय भूमिकामा यो यथार्थ लेखक आफैँले प्रस्ट पारेकै छन् । उपन्यासको कथानक यस्तो छ उस्तो छ मैले यहाँ लम्बेतान वर्णन गर्नु छैन , पठन अनुभूति आआफ्नो हुन्छ । यति चाहिँ भन्न सक्छु: यो एउटा पठनीय कृति हो यसको पठनबाट यहाँ सन्तुष्ट हुनुहुनेछ । दसैँ तिहारका फुर्सदमा पढ्न र आफ्नो पुस्तकालयमा सङ्ग्रह गर्न एउटा राम्रो किताब छ । 

Array