बुबाको डर

  • Posted By: Heramba Bastola
  • September 27th, 2024
image

अपेक्षा बास्तोला

राजु मञ्जुश्री स्कुलमा कक्षा पाँचमा पढ्थ्यो । उसको पढाइ राम्रो थियो तर ऊ अति नै चञ्चल स्वभावको थियो । उसले गाली नखाएको सायदै कुनै दिन थियो होला । उसका बुबा त्यसै स्कुलमा शिक्षक हुनुहुन्थ्यो । सानो काम बिग्रिए पनि धेरै त उसले बुबाकै गाली खान्थ्यो । आइतबारको दिन थियो । त्यस दिन पनि उसले आफ्नो चञ्चलताको प्रमाण दिन छुटाएन । राजु कक्षामा यताउता छट्पटिइरहेको थियो । बिहानदेखि नै लगातार पढेको भएर होला कक्षाकोठाबाट निस्कन आतुर थियो । अझ त्यो विषय सकिएपछि खाजा खाने समय सुरु हुने कुराले उत्साह र छट्पटी त झनै बढ्यो । उसलाई त त्यो दिन समय पनि ढिलो बितेको जस्तो लाग्यो । हुन त कक्षा सुरु भएको केवल २० मिनेट भएको थियो तर उसलाई त्यो पनि घण्टाँैजस्तो लाग्यो । त्यो लामो पर्खाइपछि घण्टीको टिनीनी अवाज उसको कानसम्म आइपुग्यो ।अवाज सुन्ने बित्तिकै सबैजनाले आफ्ना किताब झोलामा हाले र शिक्षकको पछिपछि सबैजना कक्षाबाट बाहिर निस्कए । “छिटो न छिटो !” राजुले ठूलो स्वरमा भन्यो । “एकै छिन् न !” साथीहरूले किताब मिलाउँदै जवाफ दिए ।

केही बेरमै उनीहरू विद्यालय प्राङ्गणमा जम्मा भए । “आज केही खेल खेलौँ न ! नखेलेको पनि धेरै भइसक्यो ।” रमेशले त्यसो भनेपछि सबैजना के खेल्ने होला भन्दै बहस गर्न थाले र अन्त्यमा चोर पुलिस खेल्ने निष्कर्षमा पुगे । ढिलो नगरी उनीहरू खेल खेल्न थालिहाले । खाजा खाने समयभरि तिनीहरू भाग दौडमा व्यस्त रहे । भाग्दाभाग्दा आफ्नो विद्यालयभन्दा निकै तल आइपुगेको उनीहरूलाई महसुस भयो । “घण्टी बज्ने समय त हुनलाग्यो ।̎ हरिले स्वाँस्वाँ गर्दै भन्यो ।नभन्दै विद्यालयको घण्टी त्यतिबेलै बजिहाल्यो । घण्टीको ठूलो आवाजलाई उनीहरूले टाढैबाट मज्जाले सुन्न सक्थे । अघि घण्टी बजेको सुन्दा त्यस्तो रमाएको राजु अहिले त्यही घण्टी बज्दा भयभीत भयो । ऊ हत्त न पत्त विद्यालयतर्फ कुद्न थाल्यो । विद्यालय कसरी छिटो पुग्ने होला भन्नेबारे सबैलाई चिन्ता लाग्न थाल्यो । सबैजना स्कुलतर्फ दौडन थाले । उकालो चढ्न ओरालो झरेजस्तै सजिलो कहाँ थियो र ! अगाडिदेखि कुदेर लागेको थकाइले पनि उनीहरूलाई छिटो दगुर्न गाह्रो भयो ।राजुलगायत उसका साथीहरू हस्याङ्फस्याङ् गर्दै कुदेर विद्यालयमा पुगे । घडी हेर्दा साँढ़े तीन बजिसकेको थियो । अर्थात, उनीहरूको स्कुलमा त्यस दिनको अन्तिम घण्टी चलिरहेको थियो ।

विद्यालय आइपुगेपछि राजुका मनमा जुन खुसी थियो त्यो डरमा परिणत भयो । कुरो के थियो भने उसको कक्षामा अन्तिम घण्टीमो पढाउने पालो उसकै बुबाका थियो । उसका साथीहरू र ऊ कोही कक्षामा गएनन् । सबै साथीहरूलाई शिक्षकको गाली खाने डर थियो भने राजुलाई आफ्नै बुबाद्वारा सबैको अगाडि गाली खाने डर थियो । “अहिले कुनै खाली कक्षामा लुकौँ, सबै बाहिर निस्किएपछि कक्षामा पसौँला” रमेशले भन्यो । के गरौँ र कसो गरौँको अलमलमा रहेका सबै साथीहरूले रमेशको कुरामा सहमति जनाए । उनीहरू आफ्नो थकित शरीरलाई लिएर अन्तिम घण्टी नबजुन्जेलसम्म त्यहीँ रहे । करिब १५ मिनेटसम्मको पर्खाईपछि घण्टी बज्यो । हरिले बिस्तारै झ्यालबाहिर हे¥यो र भन्यो “सर जानुभयो, हामी पनि कक्षामा जाऊँ ।” त्यसपछि उनीहरू आफ्नो झोला लिनका लागि कक्षामा प्रवेश गरे । सबैजना आआफ्ना झोला लिएर घरतर्फ लागे तर राजु भने आफ्नो झोला नभेट्टाएर खोजेकोखोज्यै भयो । ऊ डरले कालोनिलो हुन थाल्यो ।साँझ परिसकेको थियो त्यसैले ऊ डराउँदै विस्तारै घरतर्फ लाग्यो ।

घर पुग्दा उसले बुबालाई ढोकानेर खडा भएको पायो । “झोला खै ?” बुबाले रिसाउँदै सोध्नुभयो तर राजु केही बोलेन । त्यसपछि बुबाले राजुको झोला निकाल्नुभयो । त्यो देखेर राजु छक्क प¥यो । “कता गएको थिइस् ?” बुबाले फेरि प्रश्न गर्नुभयो । आफूले सोधेको यस प्रश्नको उत्तर पनि राजुले नदिँदा बुबाको अनुहारमा उदासीपना देख्न सकिन्थ्यो । दिनदिनैको यस्तो लापरबााहीबाट उसका बुबा थाकिसक्नुभएको राजुले पनि महसुस ग¥यो । आफ्ना व्यावहारका कारण बुबा उदास हुनुपरेको बुबाको यो अवस्था देखेर राजु आफैँलाई पनि दुःख लाग्यो । उसले बुबासँग माफी माग्नुका साथै सत्य कुरा बतायो र अबदेखि यस्तो गल्ती नदोहो¥याउने सङ्कल्प पनि ग¥यो । त्यसपछि उसको चञ्चल बानी पूूरै नहटे पनि उसले त्यस्तो गल्ती भने कहिल्यै दोहो¥याएन ।००

Array