संरचनात्मक भाषाविज्ञान

  • Posted By: Heramba Bastola
  • September 27th, 2024
image

संरचनात्मक भाषाविज्ञान

H.B

फर्डिन्यान्ड डि सस्युर

(१८५७ - १९१३)

परिचय

  • प्रवर्धक फर्डिन्यान्ड डि सस्युर (१८५७ - १९१३)
  • जर्मन फ्रेन्च र अंग्रेजीका साथै ग्रीक र ल्याटिन भाषाहरू सिकेर १९७५ मा जेनेभा विश्वविद्यालयमा भौतिकशास्त्र र रसायनशास्त्र अध्ययन,
  • विशेष रुचि भाषाको अध्ययनमा,
  • सन् १९७२ मा नै १५ वर्षको उमेरमा उनले भाषाहरूको सामान्य व्यवस्थाबारे लेख लेखेका,
  • २१ वर्षको उमेरमा संस्कृत भाषामा सम्बन्ध कारकको उपयोग भन्ने शीर्षकमा शोध प्रबन्ध लेखी विद्यावारिधि उपाधि हासिल गरेका,
  • जेनेभा विश्वविद्यालयमा पढाउँदा उनले तयार पारेका भाषाविज्ञान बारेका व्याख्यान टिपोटहरुलाई उनका सहयोगी बेली र सोचेहायेले सम्पादन गरी पुस्तकको रुप दिएका,
  • जसको नाम सामान्य भाषा विज्ञानको पाठ्यक्रम,

संरचनात्मक भाषाविज्ञानको परिचय

  • मानक र लेख्य भाषाबाट नमूना लिने पद्धति विरोधी,
  • उच्चार्य कथ्य भाषाबाट नमूना लिई अध्ययन,
  • वर्णनात्मक पद्धतिबाट अध्ययन,
  • विसौं शताब्दीका सुरुतिरदेखि युरोप, अमेरिकाको भाषावैज्ञानिक क्षेत्रमा देखा परेका प्रवृत्तिको साझा नाम संरचनात्मक भाषाविज्ञान,
  • तुलनात्मक र ऐतिहासिक पद्ध‌तिलाई त्यागेर वर्णनात्मक पद्ध‌ति अपनाउन थालिनु आधुनिकताको सुरुवात,
  • भाषाको संरचनात्मक पक्षमा केन्द्रित भई गरिएको अध्ययन संरचनात्मक अध्ययन,

संरचनात्मक भाषाविज्ञानको विकास

  •  ससुरको भाषा वैज्ञानिक मान्यतासँगै सुरु भएको संरचनावाद,
  •  बेली र सोचेहायले अगाडि बढाउने काम गरेका,
  •  रसियाली सम्प्रदाय, फ्रान्सेली सम्प्रदाय, प्राग सम्प्रदाय, कोपनहेगन सम्प्रदाय, लन्डन सम्प्रदाय हुँदै अगाडि बढेको,
  • अमेरिकामा संरचनावाद भिन्न ढाँचामा विकसित भएको,
  •  अमेरिकी संरचनावादका मुख्य स्तम्भ ब्लुमफिल्ड,
  •  संरचनावादी भाषा विज्ञानको विकासमा योगदान पुर्याउने सम्प्रदायहरु जेनेभा सम्प्रदाय, रसियाली सम्प्रदाय, अमेरिकी सम्प्रदाय रहेका,

संरचनात्मक भाषाविज्ञानको विकासमा देखापरेका सम्प्रदायहरू

  •  देशका नामलेः  रसियाली, बेलायती, फ्रान्सेली, डेनिस, अमेरिकाली आदि,
  •  विद्याकेन्द्रका नामलेः   जेनेभा, कजान, सेन्टपिटर्सबर्ग, मास्को, प्राग्, कोपनहेगन, लन्डन आदि,
  •  संस्थापक र व्याख्याताका नामलेः  ससुरेली, याकोब्सनेली, फर्थेली, ह्यालिडेली, ब्लुमफिल्डडेली, पाइकेली, ल्याम्बेली आदि
  •  व्याकरणका नामलेः  संरचनात्मक, व्यवस्थापपरक, प्रकार्यात्मक, रूपार्थपरक, स्तरपरक, रूपान्तरण, उत्पादक, कारक, सम्बन्धपरक आदि .

युरोपेली संरचनावादको परिचय

जेनेभा सम्प्रदाय र यसका उपलब्धि

परिचय

  • जेनेभा स्विट्जरल्यान्डको राजधानी र विद्या केन्द्र,
  • संरचनात्मक भाषाविज्ञानका जन्मदाता ससुरबाट यस सम्प्रदायको थालनी,
  • संरचनावादी व्याकरणको विकासमा महइभ्वपूर्ण भूमिका खेलेको प्रस्तुत सम्प्रदाय ससुरको विद्यार्थी जीवन (१८७५) को अनुभव,
  • अनुभवमा आधारित लेखरचना
  • ‘भारोपेली भाषाहरूको आधारभूत स्वरव्यवस्था’,
  • २१ वर्षको उमेरमा उनले गरेको ‘संस्कृत भाषामा सम्बन्ध कारकको प्रयोग’ शोधग्रन्थ र विद्यावारिधिको उपाधि,
  • फ्रान्स (१८९०) र जेनेभा (१९०७, १९०९ र १९११) मा प्राध्यापन गर्दाको अनुभव र त्यही समयमा गरिएका टिपोटहरूको विस्तारस्वरूप जन्मेको महत्त्वपूर्ण भाषा सम्प्रदाय,
  • ससुरका व्याख्यान टिपोटहरूलाई सहयोगीद्वय चाल्र्स बेली र ए. सेचेहायेले सन् १९१६ मा पुस्तकको रूप दिएपछि यो औपचारिक रूपमा अस्तित्वमा (यसलार्ई ‘सामान्य भाषाविज्ञानको पाठ्यक्रम’ भनिएको),
  • सन् १९५९ मा अङ्ग्रेजीमा अनुवाद,
  • १९६३ मा मार्रोले गरेको नयाँ संस्करणको सम्पादन,
  • १९६७ र १९७४ मा एड्लरले गरेको अर्को संस्करण आदिले गर्दा यसको उन्नयनमा महइभ्वपूर्ण काम भएको पुष्टि,
  • ससुरले जेनेभामा अध्यापन कार्यको दौरानमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने सिलसिलामा जन्मेको यो सम्प्रदायलाई परिचित तुल्याउने काम भने चाल्र्स बेली (१८६५–१९६७) ले गरेका,
  • यही समयमा युरोपका संरचनावादी खेमाका विभिन्न सम्प्रदायले पनि ससुरका विचारलाई विकसित तुल्याउने कुरामा लागेका,
  • जेनेभा सम्प्रदायको जन्म र विकासमा ससुर मुख्य व्यक्ति ठहरिएका,
  • मनोविज्ञान र समाजविज्ञानका दृष्टिकोणबाट भाषालाई हेर्ने र भाषाको संरचनावादी सिद्धान्तका आधारमा प्रतीक विज्ञानको स्थापना गरेका,
  • वाक् समकालिकता र कालक्रमिकता, वस्तु र रूप एवम् विन्यासक्रमिक तथा सहचार क्रमिक सम्बन्धजस्ता कुराहरूलाई जेनेभा सम्प्रदायसँग जोडेर हेर्दा पनि आधुनिक भाषा विज्ञानका क्षेत्रमा ससुरको महत्त्वपूर्ण योगदान रहेको,
  • ससुरका सहयोगीहरू– बेलीले शैलीविज्ञान (तर्कपरक शैली विज्ञान भनिने) का क्षेत्रमा तथा सेचेहायेले र फ्रेइले वाक्यतत्त्वको क्षेत्रमा दिएको योगदानले पनि यही सम्प्रदायलाई मलजल गरेका,
  • आधुनिक भाषाविज्ञानको प्रारम्भ र संरचनावादको जन्म वा संकेतवादको प्रवर्तनका लागि समेत ससुरको महत्त्वपूर्ण योगदान,
  • प्राग सम्प्रदाय, कोपेनहेगेन सम्प्रदाय, लन्डन सम्प्रदाय र अमेरिकी संरचनावादका हिमायतीहरूले समेत ससुरका संरचनात्मक भाषाविज्ञानस“ग सम्बन्धित विचारलाई नै आआफ्नै सन्दर्भमा प्रयोग गरेका हुनाले पनि जेनेभा सम्प्रदायको महत्त्वपूर्ण स्थान,
  • अस्ट्रियाका मनोविश्लेषणवादी सिग्मन्ड फ्रायडले मनोविज्ञानको क्षेत्रमा र फ्रान्सका समाजशास्त्री दुर्खिमले समाजविज्ञानका क्षेत्रमा जुन महान् कार्य गरे स्विट्जरल्यान्डका भाषाशास्त्री ससुरले संरचनात्मक भाषाविज्ञानका क्षेत्रमा गरेको योगदान पनि त्यत्तिकै महत्त्वपूर्ण,
  • उनले नै पहिलो पटक भाषालाई मनोविज्ञान र समाजविज्ञानको सन्दर्भसँग जोडेर भाषाको संरचनावादी सिद्धान्त र प्रतीकविज्ञानको स्थापनार्थ महत्त्वपूर्ण योगदान गरेका,
  • सस्युरले जेनेभा सम्प्रदायको स्थापनासँगै वर्णनात्मक भाषाविज्ञानको पक्षपोषण, समकालीन अध्ययनमा जोड, कथ्य भाषामा जोड, एककालिक र बहुकालिक अध्ययनको चर्चा एवम् भाषाको वस्तुपरक अध्ययनमा जोड दिएका,

ससुरका भाषासम्बन्धी अवधारणा

भाषा र संकेत व्यवस्था

  • उनले भाषालाई संकेतहरूको व्यवस्थाका रूपमा लिएका,
  • उनका अनुसार भाषाको अध्ययनका निम्ति संकेतहरूको अध्ययन गर्ने विज्ञानको आधार लिनुपर्ने
  • सङ्केतविज्ञान’ त्यस्ता कुराहरूको अध्ययन गर्ने उनले जुराएको नाम,
  • भाषाविज्ञान नै सङ्केतविज्ञानको एक अङ्गका रूपमा रहन सक्ने उनको धारणा,
  • संकेत विज्ञानअनुसार भाषा प्रतीक व्यवस्थाको महइभ्वपूर्ण पक्षका रूपमा व्यवहृत हुने,
  • सङ्केत विज्ञानको परिकल्पनात्मक अवधारणा अगाडि सारेर उनले मूलतः भाषिक सङ्केत व्यवस्थाको नै व्याख्या गर्न खोजेका,
  • भाषिक सङ्केत व्यवस्थाको व्याख्याको सिलसिलामा उनले वाक्–क्रियाको वर्णन पनि गरेका,
  • वाक्–परिपथ (भाषाको बाटो) को सुरुवात नै मस्तिष्कमा हुने,
  • त्यहाँबाट धारणाहरूको निर्माण
  • विभिन्न चल एवम् अचल ध्वनि अवयवहरूबाट भाषिक ध्वनिहरूको उच्चारण हुने,
  • श्रोताले सुनेका ध्वनिबाट उसको मस्तिष्कमा ध्वनिविम्बको निर्माण भई उसले वक्ताको धारणा ग्रहण गर्ने,
  • यसरी मनमा (श्रोता–वक्ता) हुने धारणा र ध्वनि विम्बको निर्माण मनोवैज्ञानिक र ध्वनिको उच्चारण र श्रवण मनोदैहिक (मन र शरीर) प्रक्रिया ।

सङ्केतित र सङ्केतक

भाषाको ध्वन्यात्मक अभिव्यक्ति सङ्केतक र व्यक्त अर्थ वा कथ्य सङ्केतित,

ससुरका विचारमा सङ्केतक र सङ्केतितबिचको सम्बन्ध नै सङ्केत, सङ्केत नै भाषा र भाषाको व्यवस्था नै सङ्केत,

उनकाअनुसार सङ्केत तीन प्रकारका हुने

१. प्रतिमापरक सङ्केत – (सङ्केतित र सङ्केतकको आधार सादृश्य, चित्र वा नक्साको सङ्केत) ।

२. सूचनापरक संकेत – (स्वाभाविक एवम् कार्यकारण आधार धूवाँबाट आगो, बादलबाट

वर्षाको सङ्केत र लक्षणबाट रोगको सङ्केत) ।

३. सामान्य संकेत – (यादृच्छिक र रुढिपरक आधार) उनका अनुसार सङ्केतहरू भेदक, यही

कारण एकबाट अर्को छुट्टिने र ती प्रकार्य (कार्य÷काम) का आधारमा भिन्न लाग्न

इ) वस्तु तथा रूप

ससुरका अनुसार भाषा रूप यसर्थ भौतिक जगत्का कुनै पनि वस्तुलाई सोझै अर्थस“ग नजोडी वस्तु, सम्प्रत्यय (धारणा) का रूपमा ध्वनि विम्बस“ग मिलेपछि मात्र भाषाको अर्थ प्रकट हुने,

धारणा र ध्वनिविम्ब भौतिक वस्तु नभई मनोवैज्ञानिक प्रक्रिया हुनाले यो अनि अर्को मनोवैज्ञानिक प्रक्रिया धारणास“ग एकअर्कामा सम्बद्ध हुने,

धारणा र ध्वनिविम्बहरूको सम्बन्ध नै रूप वा भाषा,

वस्तु (घर, पुस्तक आदि) को सत्ता भौतिक हुने,

भौतिक एकाइहरू र तिनका निम्ति मानव मुखविवरणबाट उच्चरित ध्वनिहरूलाई वक्ता वा श्रोताले मस्तिष्कमा धारणाका रूपमा राखेर ध्वनिविम्बस“ग जोडेपछि मात्र रूप, सङ्केत वा भाषा बन्ने नत्र ती भौतिक रूपमा नै रहने, भाषाका रूपमा प्रकट नहुने ।

ई) भाषा र वाक्

ससुरका अनुसार भाषा सामाजिक वस्तु भएकाले यसको अभिव्यक्ति मानिसले वाक् (वाणी) का रूपमा गर्ने,

त्यो कुनै पनि भाषिक समुदायका सदस्यहरूले यथार्थ व्यवहारमा व्यक्त गरेका वाणीको समष्टिका रूपमा रहने,

उनका अनुसार भाषा र वाक्को भिन्नता ः

१. भाषा सामाजिक यथार्थ र वाक् व्यक्तिगत व्यवहार,

२. भाषाको अस्तित्व मनोवैज्ञानिक र वाक्को अस्तित्व भौतिक जगत्,

३. भाषा सामाजिक वस्तु भएकाले संस्थागत हुन्छ र वाक् व्यक्तिगत भएकाले नवप्रवर्तनकारी हुन्छ,

४. भाषा समाजको साझा सम्पत्ति र वाक् व्यक्तिविशेषको सम्पत्ति,

५. भाषा सामान्य र वाक् विशिष्ट,

६. भाषा समाजका भाषिक नियमहरूद्वारा सञ्चालित र वाक् व्यक्तिको चाहनाअनुसार गतिशील,

७. भाषा वाक्बाट सञ्चालित र वाक् भाषामा आधारित,

८. भाषा प्रतीकबद्ध, मूर्त र सामाजिक वस्तु तथा वाक् व्यक्तिगत, भौतिक र अमूर्त औच्चार्य वस्तु ।

(उ) विन्यासक्रमिक र सहचारक्रमिक सम्बन्ध

ससुरका अनुसार भाषिक सङ्केतहरूको व्यवस्था विन्यासक्रमिक (शब्द–वाक्यमा एकपछि अर्को हुँदै देखिने क्रम) र सहचारक्रमिक (सङ्गतिको क्रम) पदक्रम गरी दुई आयाममा हुने,

 विन्यासक्रमिक भाषिक सम्बन्ध एकपछि अर्को गरी विन्यस्त गर्ने काम (राम मलाई बोलाउँछ) र सहचारक्रमिक सम्बन्ध साहचर्यका आधारमा बनेका सङ्केतहरूबाट एउटालाई छान्ने काम (‘रिम्पी’ शब्दका साहचर्यका आधारमा ‘पिङ्की’ को छनोट),

यसरी यी दुईबाट संयोजन र चयनका भाषिक सङ्केत–व्यवस्था सम्बद्ध कामको प्रकृति थाहा पाइने ।

(ऊ) समकालिक र कालक्रमिक

ससुरले ऐतिहासिक र तुलनात्मक भाषाविज्ञानको तत्कालीन जल्दोबल्दो धारामा परिवर्तन गरी तुलनात्मकको सट्टा ऐतिहासिकस“ग मिल्ने समकालिक अध्ययनलाई प्रस्तुत गरेका,

उनका अनुसार नयाँ आयामका रूपमा अघि सारिएको समकालिक अध्ययनमा भाषिक व्यवस्थाको कालनिरपेक्ष (तात्कालिक) अध्ययन र ऐतिहासिक वा कालक्रमिक अध्ययनमा भाषाको विकासक्रमको (कालसापेक्ष) विवेचना हुने,

त्यसैले कालक्रमिक अध्ययनका लागि पनि समकालिक अध्ययनको आवश्यकता पर्ने ।

जेनेभा सम्प्रदायका मुख्य उपलब्धि ः

१. समग्र संरचनात्मक भाषाविज्ञानको धरोहरका रूपमा रहनु,

२. यसले संरचनात्मक भाषाविज्ञानका समग्र मान्यताहरूलाई अगाडि बढाउन सक्नु,

३. कथ्य भाषालाई भाषाको प्राकृतिक स्वरूप मान्नु,

४. भाषाको लेख्य स्वरूपले कथ्य स्वरूपको प्रतिनिधित्व गर्न नसक्ने अवधारणाबाट कथ्य भाषालाई

सम्मान गर्नु,

५. भाषालाई सङ्केतक र सङ्केतितका बिचको सम्बन्धका रूपमा पारिभाषित गर्नु,

६. वाक्यहरूमा विन्यासक्रमिक र साहचरिक सम्बन्ध रहने आधार प्रस्तुत गर्नु,

७. सबै भाषाहरूको वस्तुपरक अध्ययनमा जोड दिनु,

८. प्रत्येक भाषाको आफ्नै संरचना हुने आधारमा भाषाविशिष्टताको खोजी गर्नु ।

प्राग सम्प्रदाय र यसका उपलब्धि

पृष्ठभूमि

रसियाली रूपवाद र ससुरेली संरचनावादलाई मिलाएर अगाडि बढाउने क्रममा प्राग सम्प्रदायको जन्म,

चेकोस्लोभाकियाको राजधानी प्रागमा सन् १९२६ को अक्टोबर ६ का दिन केही भाषाशास्त्रीहरू मिलेर ‘प्राग भाषिक मण्डल’ (Prague Linguistic Circle) को स्थापना,

यस संस्थाको स्थापना भाषाको इतिहासपरक अध्ययन गर्ने र त्यसलाई वैज्ञानिकता प्रदान गर्ने उद्देश्यबाट,

यस संस्थामा सामेल भाषविद्हरूको समूहबाट साहित्यिक विश्लेषणका लागि उपयुक्त विधिको विकास,

उनीहरूले यस संस्थाबाट मानक भाषा र भाषिक उत्पादनको सिद्धान्त प्रतिपादन,

प्रागमै धेरै अगाडिदेखि भाषिक अध्ययनमा लागेका भिलेम्म. मेथेसिस (१८८२–१९४५), रोमन ओसिपोभिच याकोब्सन (१८९६–१९८२), निकोलाइ. एस. त्रुबेत्स्कोय (१८९०–१९३८) आदि हस्तीहरू यसका संस्थापक,

यस मण्डलमा उल्लिखित विद्वान्हरूबाहेक चेक, स्लोभाक र अन्य कतिपय देशका विद्वान्हरू पनि प्रस्तुत सम्प्रदायको विकासमा सहयोगी,

मेथेसिस (प्राग विश्वविद्यालयका अङ्ग्रेजी भाषाका प्राध्यापक) यस भाषिक मण्डलका प्रेरणाका स्रोत र अध्यक्ष भाषाको समकालिक अध्ययनमा जोड,

यस सम्प्रदायको ध्वनिविज्ञान र वर्णविज्ञानका क्षेत्रमा महइभ्वपूर्ण योगदान,

सन् १९२६ ‘मा प्राग भाषिक मण्डल’ को स्थापना हु“दा रोमन याकोब्सनलाई उपाध्यक्षको जिम्मेवारी,

उनी काव्यभाषाको विश्लेषक मात्र होइन बालभाषा, बलाघात, ध्वनिविज्ञान, ध्वनिपरिवर्तन, भाषिक प्रकार्य, भाषाविज्ञान जस्ता विषयमा गहन अध्ययन र संसारभरि नै प्रसिद्धि कमाउन सफल विशिष्ट भाषाशास्त्री,

सन् १९२९ मा प्राग भाषिक मण्डल एउटा व्यवस्थित भाषिक सम्प्रदायका रूपमा स्थापित,

यही वर्ष स्लाभ भाषाशास्त्रीहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनमा एउटा सामूहिक लेख प्रस्तुत गरेपछि प्राग सम्प्रदायका अवधारणाहरूमा स्पष्टता,

सन् १९३८ मा त्रुवेत्स्कोय र १९४५ मा मेथेसिस बितेपछि र रोमन याकोब्सन अमेरिका पुगेपछि भने प्राग भाषिक सम्प्रदाय छरिन पुगेको ।

मूलभूत मान्यता

क  भाषा गतिशील भएकाले यसको समकालिक अध्ययन पनि स्थिर अध्ययन हुन नसक्ने,

ख भाषा व्यवस्थाहरूको व्यवस्था हो त्यसैले भाषाको मुख्य व्यवस्थाभित्र विभिन्न स्तरमा गौण व्यवस्थाहरू पनि हुने,

ग भाषा भाषाका लागि नभई प्रकार्यका लागि हो किनभने भाषाका निम्नलिखित प्रकार्यहरू हुनेः

१. प्रभावपरक प्रकार्यः श्रोतालाई प्रमाणित गर्नका लागि भाषाको प्रयोग हुने (उपदेश, भाषण र प्रवचनको

भाषाले श्रोतालाई प्रभावित तुल्याउने) ।

२. सम्प्रेषणपरक प्रकार्यः वक्ताले श्रोतालाई सन्देशको सम्प्रेषण गर्ने (यो भाषाले गर्ने व्यापक कार्य) ।

३. अभिव्यक्तिपरक प्रकार्यः भाषाद्वारा व्यक्तिले आफै“लाई अभिव्यक्त गर्ने (हरेक व्यक्तिको अभिव्यक्तिमा भिन्नता र

शैलीगत अन्तर देखिने) ।

४. प्रकार्यहरूको संरचनाको प्रकार्यः चौथो प्रकार्य भनिएको (यसमा अन्य कुराहरू उल्लेख गर्न नसकेको) ।

घ) मेथेसिसले सन् १९३२ मा प्रकार्यमा दृष्टिले मानक भाषाको आÏनो विशिष्टता हुन्छ भन्दै आफ्नो लेखमा मानक भाषामा स्थिरताको आवश्यकतामा जोड दिएका, त्यसमा लचिलोपन हुनुपर्ने विचार उनको । त्यसपछि टोमस हाब्रानेक (त्यmबक ज्बखचबलभप, ज्ञडढघ(ज्ञढठड) द्वारा मानक भाषाका चार प्रकार्यहरूको चर्चा ः

१. मानक भाषाले दैनिक व्यवहारमा सम्प्रेषण गर्दछ ।

२. मानक भाषाले प्रायोगिक तथा प्राविधिक सम्प्रेषण गर्दछ ।

३. मानक भाषाले सैद्धान्तिक विषयको सम्प्रेषण गर्दछ ।

४. मानक भाषाले साहित्यिक सम्प्रेषणमा सहयोग गर्दछ ।

ङ) –साहित्यिक वा काव्य भाषा सामान्य भाषाभन्दा भिन्न व्यक्तिनिष्ठ र विशिष्ट हुने ।

–सामान्य भाषाका नियमहरूबाट विचलित भई काव्य भाषा असामान्य बन्ने ।

–यही असमान्यताले श्रोता वा पाठकलाई आकर्षित गर्ने ।

–काव्य भाषामा पनि सामान्य भाषाका विशेषता हुन सक्ने ।

च) –ध्वनिविज्ञान र वर्णविज्ञान फरक–फरक कुरा मानिने ।

–वर्णहरू विभाज्य र अर्थभेदक हुने ।

–ध्वनिहरूको अध्ययन ध्वनिविज्ञानको विषय ।

३) उपलब्धि

१. प्राग सम्प्रदायले विकास गरेका धारणाहरूले संरचनात्मक भाषाविज्ञानका क्षेत्रमा अहम् भूमिका खेलेका,

२. भाषालाई व्यवस्थाहरूको व्यवस्थाका रूपमा चिनाउने काम भएको,

३. भाषामा पुराना तइभ्वहरूको प्रतिस्थापन नया“ तइभ्वहरूले गर्ने कारण यो गतिशील हुन्छ भन्दै भाषाको प्रकार्यपरक अध्ययनमा जोड दिइएको,

४. भाषालाई विचार विनिमयको सशक्त माध्यम ठान्दै सम्प्रेषणात्मक प्रकार्यलार्यलाई महइभ्व दिइएको,

५. प्रकार्यका कारण बोलचाल, साहित्य वा साहित्यशास्त्र, पत्रकारिता आदिको भाषामा भिन्नता देखिन्छ भन्दै यसैकारण सम्प्रेषणात्मक, अभिव्यक्तिपरक, प्रभावपरक र समष्टिगत प्रकार्यहरू देखिने मान्यता अघि सारिएको ।

६. भाषामा स्थिरता, लचिलोपन, व्यवस्थित आदि गुण हुनुपर्ने आधारहरू दिएर यसले दैनिक व्यवहारको सम्प्रेषण, प्रायोगिक

तथा प्राविधिक सम्प्रेषण साहित्यिक सम्प्रेषण र सैद्धान्तिक विषयको सम्प्रेषण गर्न सक्ने आधारमा मानक भाषाको निर्धारण गरेको,

७. सामान्य र साहित्यिक भाषाका गुणहरूको निरूपण गरेको,

८. ध्वनिविज्ञानका तुलनामा वर्णविज्ञानलाई महइभ्व दि“दै यिनका बिचको भिन्नता निक्र्योल गरेको,

९. विभेदक अभिलक्षणको धारणा सार्वजनिक गर्दै ध्वनिगुणहरूको उपस्थिति र अनुपस्थिलाई अभिलक्षण (हरेक भाषामा रहने

विशेषता) मानेको,

१०. रूपलाई भाषाको लघुतम एकाइ मान्दै रूपलाई ध्वनितात्विक, संयोगात्मक, वियोगात्मक र समस्त गरी चार प्रकारमा

वर्गीकरण गरेको,

११. प्रकार्यात्मक वाक्य परिप्रेक्षको धारणाअन्तर्गत वाक्यलाई थिम र रिममा बा“ड्नुको साथै वाक्यमा पदक्रमको भूमिकालाई प्रस्ट पारेको ।

कोपेनहेगेन सम्प्रदाय र यसका उपलब्धि

पृष्ठभूमि

संरचनात्मक भाषाविज्ञानको एउटा महइभ्वपूर्ण मोडका रूपमा विकसित कोपेनहेगेन सम्प्रदाय ग्लासिमविज्ञान (भाषाको न्यूनतम अमूर्त र अपरिवत्र्य रूप भनेको ग्लासिम हो भने यससम्बन्धी अध्ययन गर्ने विज्ञान नै ग्लासिम विज्ञान) का रूपमा परिचित,

ग्लासिमविज्ञानको विकास डेनमार्कको कोपेनहेगेन विश्वविद्यालयमा भएको हुनाले यो कोपेनहेगेन सम्प्रदायको नामले चिनिएको,

कोपेनहेगेन सम्प्रदाय कोपेनहेगेन विश्वविद्यालयका विद्वान्हरूको एक भाषिक समूहबाट निर्माण गरिएको र भाषाको अध्ययनमा समर्पित सम्प्रदाय,

यसको स्थापनामा येल्मसलेभ र ब्रान्दलको योगदान अविस्मरणीय,

संरचनात्मक भाषाविज्ञानका केन्द्रका रूपमा चिनिने जेनेभा र प्राग स्कुलस“ग कोपेनहेगेन विद्याकेन्द्रको सुसम्बन्ध भएकै कारण यो बिसौँ शताव्दीको प्रारम्भदेखि यसले भाषिक काम गरेको,

यसमा धेरैजसो डेनिस विद्वान्हरूको संलग्नता रहेको हुनाले यो डेनिस सम्प्रदायका नामबाट समेत चिनिनेगरेको,

डेनिस भाषाविद तथा दर्शशास्त्री राज्मसले ऐतिहासिक भाषाविज्ञानको विकासका क्रममा संस्कृत, अवेस्ता र द्रविड भाषाको अध्ययन गरेका हुनाले यी ऐतिहासिक भाषाविज्ञानका स्तम्भ मानिएका,

यी नोर्स र अन्य भाषाहरूको व्याकरण लेखी आधुनिक भाषाविज्ञानको प्रारम्भ गर्ने र भाषाविज्ञानका क्षेत्रमा व्यवस्थित अध्ययन गर्ने प्रथम व्यक्तित्व,

यस सम्प्रदायका निम्ति कोपेनहेगेन विश्वविद्यालयका अङ्ग्रेजी भाषाका प्राध्यापक ओ. जेस्पर्सनले यस सम्प्रदायभित्र ना प्रसिद्ध कृतिहरू दिएका,

ग्लासिभविज्ञान विकास पनि यही सम्प्रदायबाट भएको

यसका तीन प्रणेताहरू– भी. ब्रान्दल, एल. येल्मस्लेभ र एच. उल्डालले सन् १९३१ मा ‘कोपेनहेगेन भाषामण्डल’ नामक संस्थाको स्थापना गरेपछि यहाँ भाषाको अध्ययन कार्य व्यवस्थित रूपमा अगाडि बढेको,

भाषाको सूक्ष्म अध्ययन–विश्लेषण कार्यमा प्रवृत्त ब्रान्दलले उन्नाइसौँ शताब्दीका निम्ति ऐतिहासिक भाषाविज्ञानलाई महत्त्वपूर्ण उपलब्धि मान्नुका साथै भाषा– विश्लेषणमा गणित र तर्कशास्त्रको प्रयोगमा जोड दिएका,

कोपेनहेगेन विश्वविद्यालयका कुलपति एवम् गणित विषयका प्राध्यापकका छोरा लुइ येल्मस्लेभले भारतीय भाषाविज्ञान, रोमेली भाषाहरू, वाक्य विज्ञान र लिथुनियाली भाषाका ध्वनितइभ्वको अध्ययन गरी प्रसिद्धि कमाएका,

ससुरेली मान्यताकै प्रभाव ग्रहण गरी सुरु र विकास भएको यो सम्प्रदायमा उल्डालले पनि ग्लासिमविज्ञानको विकासमा अग्रणी भूमिका खेल्नुका साथै येल्मस्लेभस“ग मिलेर अभिव्यक्ति रूप, कथ्य रूप र प्रकार्य रूप सम्बद्ध धारणाको व्याख्या गरेका,

एउटा स्वतन्त्र विषयका रूपमा ग्लासिमविज्ञानलाई जन्माउने यस सम्प्रदायका अगुवाहरूले भाषाको अध्ययन भाषाको संरचनाको विश्लेषणका निम्ति हुनुपर्छ भन्ने मान्यता अघि सारेका,

उनीहरूको उद्देश्यचाहि“ भाषाको सिद्धान्त मात्र प्रतिपादन गर्ने नभई मानविकी (सङ्केत–व्यवस्था) स“ग सम्बन्धित सम्पूर्ण विषयको अध्ययन–विश्लेषण गर्ने कुरासग समेत केन्द्रित रहेको,

यस सिद्धान्तलाई प्रमुखताका साथ स्थापना गर्ने येल्मस्लेभले आÏनो कृति ‘प्रोलेगोमेना’ मा भाषालाई एउटा निगमनात्मक व्यवस्थाका रूपमा हेरेका,

यो सम्प्रदाय मूलतः भाषाविज्ञानलाई यथार्थ विज्ञानका रूपमा चिनाई मानविकीका अरू क्षेत्रमा समेत सफल प्रयोग गर्ने उद्देश्यका साथ नयाँ सिद्धान्त प्रतिपादनमा जुटेको र ऐतिहासिक महत्त्व रहेको ।

२) ग्लासिम विज्ञानका मूलभूत अवधारणाहरू

क) कथ्य र अभिव्यक्ति

संरचनात्मक भाषाविज्ञानका जन्मदाता ससुरकै भाषिक मान्यतालाई पछ्याउँदै लुइ येल्भस्लेभले पनि भाषालाई कथ्य र अभिव्यक्तिजस्ता दुई भाग भएका सङ्केतहरूको व्यवस्था भने पनि उनको मान्यता केही भिन्न रहेको,

उनले कथ्यलाई कथ्य–पदार्थ (वास्तविक जगत््को वस्तु, भाव वा अर्थ) र कथ्य–रूप (त्यसलाई व्यक्त गर्ने भाषासापेक्ष रूप) गरी दुई र अभिव्यक्तिलाई पनि अभिव्यक्ति–पदार्थ (भाषानिरपेक्ष अभिव्यक्ति) र अभिव्यक्ति–रूप (भाषासापेक्ष अभिव्यक्ति) गरी दुई भागमा बाँडेका,

उनका अनुसार कथ्य–पदार्थ भाषानिरपेक्ष र कथ्यरूप भाषासापेक्ष हुन्छ किनभने एउटै वस्तु वा भावलाई विभिन्न भाषामा बेग्लाबेग्लै किसिमले भन्न सकिन्छ ।

ख. प्रकार्य (कार्य)

ग्लासिमविज्ञानीहरूका अनुसार भाषाको विश्लेषण भनेकै त्यसका सम्बन्ध र कार्य (प्रकार्य) हरूको विश्लेषण,

येल्मस्लेभले प्रकार्यलाई दुई भाषिक एकाइहरूको पारस्परिक निर्भरत्मका रूपमा हेरेका,

उनका अनुसार दुई भाषिक एकाइ भनेका प्रकार्यक (काम गर्ने) र तिनीहरूका बिचको निर्भरता नै प्रकार्य,

उनका अनुसार निर्भरता पनि अचल (स्थिर) र चल (अस्थिर÷गतिशील) गरी दुई किसिमको हुने

चल र अचलबिचको सम्बन्ध र तिनको निर्भरता (आश्रयधर्मिता) पनि अन्तर्निर्भरता, एकनिर्भरता र अनिर्भरता गरी तीन किसिमका हुने ।

यसरी ग्लासिमविज्ञानमा प्रकार्यलाई तर्कशास्त्र र गणितमा जस्तै राम्रोस“ग परिभाषित गरिएको ।

ग. अधिभाषा (अरू भाषाको व्याख्या गर्न प्रयोग गरिने भाषा)

ग्लासिमविज्ञानका अनुयायीहरू, भाषाचिन्तकहरू र भाषाशास्त्रीहरूले अपनाउने वा प्रयोग गर्ने भाषालाई अधिभाषा भनिने,

अधिभाषा अरू भाषा भिन्न हुने यसका अनुयायीहरूको विचार अनि यस्तो भाषाको अध्ययनमा रुचि रहेको,

ग्लासिमविज्ञानका अनुयायीहरूले अधिभाषाका बारेमा व्यवस्थित अध्ययन गर्न खोजेका तर ग्लासिमविज्ञानले नै सैद्धान्तिक रूपले व्यवस्थित र पूर्ण व्याख्याको अवसर नपाएपछि यो अधुरो रहेको,

ग्लासिमविज्ञान भाषापरक कम र तर्कशास्त्रीय बढी भएको कारण सिद्धान्ततः यसको प्रमाणीकरण हुन नसकेको ।

घ. उपलब्धि

१. भाषिक विश्लेषणको गहनता र सूक्षमताको विकासका निम्ति ग्लासिम विज्ञानको नयाँ अवधारणा प्रस्तुत गर्नु,

२. कोपेनहेगेन भाषामण्डल स्थापना गरी भाषाको अध्ययन कार्यलाई व्यवस्थित रूपमा सञ्चालन गर्नु,

३. ग्लासिम विज्ञानको सैद्धान्तिक स्पष्टताका लागि अभिव्यक्तिरूप र कथ्यरूपको धारणा अघि सार्नुका साथै प्रकार्यपरक धारणाको समेत व्याख्या गर्नु,

४. भाषाको अध्ययन भाषिक संरचनाको विश्लेषणका निम्ति हुनुपर्दछ भन्दै भाषालाई एउटा निगमनात्मक व्यवस्थाका रूपमा हेर्नु,

५. भाषाविज्ञानलाई विज्ञानका रूपमा मान्यता दिई यसलाई मानविकीका अन्य क्षेत्रमा समेत प्रयोग गर्ने आकाङ्क्षाका साथ काम गर्नु,

६. भाषाको विश्लेषणलाई त्यसको प्रकार्यपरक सम्बन्धको विश्लेषणका रूपमा ग्रहण गर्नु,

७. अभिव्यक्तिरूपलाई भाषासापेक्ष र कथ्यरूपलाई भाषानिरपेक्ष भनी छुट्याउनु,

८. ग्लासिमविज्ञानमा अधिभाषाका बारे स्थान दिई यसलाई भाषाचिन्तक र भाषाशास्त्रीहरूले प्रयोग गर्ने भाषाका रूपमा अथ्र्याउनु ।

अमेरिकाली संरचनावादको परिचय र विकास

रूपान्तरणवादी धारमा काम गर्नेहरू संरचनावादी दृष्टिकोणलाई पुरानो र वृहत् रूपको भाषिक अध्ययन मान्ने,

मिचेल (१९८४, पृ.२५३) का अनुसार संरचनात्मक भाषाविज्ञान मौलिक रूपमा अपूर्ण प्राकृतिक भाषाको प्रशोधन गर्नका लागि विकसित गरिएको आधुनिक प्रवृत्ति

यसकै छायाँमा विकास गरिएको अमेरिकाली संरचनावाद पनि भाषिक संरचनाको पक्षधरता र भाषिक अर्थको वहिष्करणमा आधारित ,

युरोपेली भाषाशास्त्रीहरूमा संरचनावादको बीज संरचनात्मक भाषाविज्ञानका जन्मदाता ससुरका भाषिक मान्यताहरूमा पाइन्छ भन्ने कुरामा जुन विश्वास रहेको छ त्यस्तै अमेरिकाली भाषाशास्त्रीहरूमा भने संरचनावादको जन्म फ्रान्ज वोआस र एड्वार्ड सिपयरका भाषिक विचारहरूबाट भएको हो भन्ने विश्वास रहेको

अमेरिकी संरचनावादका आदिपुरुष फ्रान्ज बोआस (ँचबलश ग्चष् द्ययबक, ज्ञडछड (ज्ञढद्धद्द) अमेरिकाको आधुनिक मानवशास्त्रका पिता

उनको काम मानवशास्त्रीय इतिहासवादस“ग जोडिएको

एड्वार्ड सापियर भने उनका चेला

जर्मन मानवशास्त्री तथा भाषाविदका रूपमा परिचित तथा भाषा, साहित्य, संस्कृति र सङ्गीत क्षेत्रका ज्ञाता सपियरले नै प्रारम्भिक संरचनात्मक भाषाविज्ञानलाई अनुशासनमा बा“ध्नुको साथै अमेरिकाली संरचनावादलाई निश्चित दिशा प्रदान गरेका ।

मानवशास्त्रका प्राध्यापक बोआसले भाषा र संस्कृतिलाई मानवशास्त्रकै अङ्ग मानी यसको अध्ययनकै सिलसिलामा भाषाका सामग्रीहरूको अध्ययन र विश्लेषण गर्न थालेका

यसलाई निरन्तरता दिएपछि उनी भाषिक अध्ययनमा प्रवृत्त हुनुका साथै ‘अ ह्यान्डबुक अफ अमेरिकन–इन्डियन ल्याङ्ग्वेज’ (इ.१९११) नामक आफ्नो कृतिको भूमिकामा समसामयिक भाषाविज्ञानको राम्रो विवेचना गरेपछि मात्र उनी यस क्षेत्रमा चिनिएका

अझ सपियरको ‘भाषा’ (ल्याङ्ग्वेज) नामको पुस्तक सन् १९२१ मा प्रकाशित भएपछि भने अमेरिकाली संरचनावाद सुनिश्चित बन्नुका साथै यसका भाषिक व्यवस्था र वितरणसम्बन्धी अवधारणाहरूका साथै ‘वर्ण–सिद्धान्त’ले समेत नया“ उचाइ ग्रहण गरेको

भाषिक सामग्रीहरूको सङ्कलन र विश्लेषणको सवालमा बोआस र सिपयरका भाषिक मान्यताहरूमा केही बिमेल देखिए पनि यिनका मौलिक विचारहरू भने संरचनावादका अनुयायीहरूका निम्ति प्रेरक सामग्री बनेका

सिकागो र यल विश्वविद्यालयका प्राध्यापक ब्लुमफिल्ड अमेरिकी भाषावैज्ञानिक

उनले सन् १९३०–१९४० को एक दशकभित्र अमेरिकाली संरचनात्मक भाषाविज्ञानको विकासमा महत्त्वपूर्ण काम गरेका

ऐतिहासिक र तुलनात्मक भाषाविज्ञानमा प्रशिक्षित भई भाषिक अध्ययनका क्षेत्रमा उनी प्रवेश गरेपछि भाषाविज्ञान आधुनिक युगमा प्रवेश गर्नुको साथै यसले अन्य विज्ञानसरह मान्यता पाएको

अझ यिनले लिखित भाषालाई महत्त्व दिने परम्परालाई हटाई कथ्य भाषालाई प्रतिष्ठित तुल्याउने काम र सिङ्गो भाषा

अध्ययनको क्षेत्रलाई नै प्रभावित पार्ने नयामूल्य र मान्यतासहितको आफ्नो महत्त्वपूर्ण कृति ‘भाषा’ प्रकाशित गरेपछि भने अमेरिकाली संरचनावादको विकासमा महइभ्वपूर्ण योगदान मिलेको यही कारण अमेरिकाली संरचनावादलाई ब्लुमफिल सम्प्रदायसमेत भन्ने गरिएको छ

ब्लुमफिल्डको ‘भाषा’ नामक कृति भाषा विषयक वैज्ञानिक अध्ययनको मूल ग्रन्थ मानिएको

उनले नै पहिलोपटक यसमार्फत् भाषिक अध्ययन प्रणलीका कमीकमजोरीहरू औ“ल्याउ“दै परम्परागत पद्धतिको अलोचना गरेका

उनको आलोचना

१. परम्परागत भाषाशास्त्रीहरूको सबै नया“ भाषाका व्याकरण केबल ग्रिक तथा ल्याटिन भाषाका व्याकरणअनुरूप हुन्छन्

भन्ने विश्वासको कारण अन्य भाषाको भाषिक विशिष्टताको पक्ष ओझेलमा परेको

२. परम्परागत भाषाशास्त्रीहरूले भाषिक संरचना वा वाक्यको आधार दर्शन वा तर्कशास्त्रलाई मान्ने कारण हरेक भाषाका

व्याकरणहरू दर्शनशास्त्रका प्रतिविम्ब जस्ता बनेका

ब्लुमपिलल्डको यही आलोचनात्मक योगदानका कारण पाश्चात्य प्राज्ञिक परम्परामा कथ्य भाषालाई प्राधान्य दिइएको

मानिसले आआÏनो मातृभाषा जसरी बोल्छन् त्यसै रूपमा त्यो ग्रहण गर्नुपर्दछ र त्यसबाट वर्णनात्मक वा विवरणात्मक व्याकरण तयार पार्न सक्नुपर्दछ (आचार्य, २०७१, पृ.२३६–२३७) भन्ने उल्लेख

संरचनावादका आधारभूत मान्यता

क) भाषा यादृच्छिक वाक्प्रतीकहरूको व्यवस्था

संरचनावादीहरूले भाषालाई ‘समाजका व्यक्तिले परस्परमा व्यवहार गर्ने यादृच्छिक वाक्प्रतीकहरूको व्यवस्था’ भनेका

यादृच्छिक वाक्प्रतीकहरूको व्यवस्थाका सवालमा अमेरिकी संरचनावादीहरूमा एक मत

यस किसिमको व्यवस्था खोजीको क्रम सपियरपछि क्रमिक रूपले सुरु भएको

रूप, रूपार्थ र स्तरवादीहरूको यस सम्बन्धमा बेग्लाबेग्लै धारणाहरू विकसित भएका छन् तर व्यवस्थागत जुन विशिष्टता हो त्यसको वर्णन गर्ने कुरामा भने सबैको एउटै लक्ष्य रहेको देखिन्छ ।

ख) व्यतिरेकप्रतिको झुकाव

संरचनावादीहरूले कुनै दुई भाषा एक–अर्कामा भिन्न हुन्छन् भन्ने मान्यताका आधारमा व्यतिरेकको सहयोग लिने गरेका

उनीहरूको मान्यता भनेकै कुनै एक भाषा अर्कोभन्दा भिन्न हुन्छ जुन भाषामा निहित व्यतिरेकी गुण मानिने

भाषामा रहेका निजी विशेषताहरू विद्यमान हुनु नै यसको प्रमाण ।

ग‍. वर्गीकरणात्मकता

संरचनावादीहरू भाषा वर्गीकरणप्रधान हुन्छ भन्ने कुरामा विश्वास गर्ने

यिनीहरूका अनुसार ध्वनि, वर्ण, रूप, वाक्य आदिका तहमा भाषा टुक्रिन सक्ने

यी हरेक एकाइहरू विशिष्टताका आधारमा वर्गीकृत हुनसक्ने

यसै कारण रूपान्तरणवादीहरूले संरचनावादलाई ‘वर्गीकरणात्मक भाषाविज्ञान’ भनेर आलोचना गर्ने गरेका ।

घ.कथ्य भाषिक सामग्रीमा जोड

अमेरिकाली संरचनावादका अनुयायीहरूले कथ्य भाषाको सामग्री सङ्कलनमा विशेष जोड दिएका

सामग्री सङ्कलनमा कथ्यरूपको पक्षमा उभिने यिनीहरूले भाषाको वर्गीकरणमा मात्र होइन पञ्जीकरण (अभिलेखीकरण÷तालिकीकरण) मा समेत जोड दिने गरेका

यिनीहरूका अनुसार सामग्रीहरूको सङ्कलनमा स्थान, काल र व्यक्तिमा भिन्नता हुनुनहुने

हरेक सामग्री बोलचालको भाषाबाट लिइने हुनाले भाषाको कथ्यरूप प्राथमिक र लेख्यरूप गौण हुने यिनीहरूको मान्यता

खास प्रयोजनबाहेक भाषाको कथ्यरूपको विश्लेषणमा यिनीहरू एक मत ।

ङ. रूपप्रतिको विशेष आग्रह र अर्थको बहिष्कार

संरचनावादीहरू रूपप्रतिको बढी आग्रहका कारण अर्थको वहिष्कार गर्दा अरूबाट छुट्टिएका

यिनीहरूले अर्थको बहिष्कारको अतिरिक्त भाषिक तहहरूको छुट्टाछुट्टै विश्लेषण गरी तिनलाई मिलाउने कुरालाई समेत अस्वीकार गर्ने

यिनीहरू सङ्कलित सामग्रीमा जे देखिन्छ त्यसैलाई संयोजन गर्न, वर्णन गर्न, वर्णनका क्रममा आइपर्ने समस्याहरूको समाधान गर्न र भाषिक संरचनाको व्याख्याका निम्ति समेत अर्थपक्षको सहयोगको अपेक्षा नगर्ने

यिनीहरू यही कारण भाषाको बाह्य संरचनाप्रति अति आग्रह राखी भाषिक विश्लेषणमा सरिक हुनेगरेका ।

च. भाषिक तहहरूको पृथकीकृत विश्लेषण

संरचनाबाट अर्थलाई अलग्याएर राखेपछि भाषाका वर्ण, रूप र वाक्यजस्ता तीन तह छुट्टिन्छन्, जसलाई मिलाएर नभई छुट्टाछुट्टै वर्णन गर्नुपर्छ भन्ने कुरामा संरचनावादीहरूको जोड

वर्णको विश्लेषणमा रूपको, रूपको विश्लेषणमा वाक्य आदिको विषयलाई मिसाएर प्रस्तुत गर्न नहुने तर्क यिनीहरूको र

यसरी भाषिक तहहरूलाई छुट्टै राखी विश्लेषण गर्दा भाषिक समस्याहरू कम आइपर्ने उनीहरूको तर्क ।

छ. तहगत विश्लेषणको क्रमिकतामा जोड

तहगत भाषिक विश्लेषणमा संरचनावादीहरू क्रमिकताको खा“चो औ“ल्याउने

यिनीहरूका अनुसार वर्णहरूको विश्लेषण नगरी रूपको र रूपहरूको निर्धारण नगरी वाक्यको विश्लेषण गर्नुनहुने

यस किसिमको कडा अनुशासनले गर्दा वर्णको जति रूपको र रूपको जति वाक्यको अध्ययन–विश्लेषण हुन सकेको

संरचनावादीहरूले वर्णको अध्ययन विश्लेषणलाई जति व्यापक र व्यवस्थित बनाउन सके त्यति रूप र रूपका तुलनामा वाक्यको अध्ययन– विश्लेषण गर्न नसकेका ।

ज. आगमनात्मक अन्वेषण प्रक्रिया

संरचनावादीहरूले भाषिक अध्ययनलाई आगमनात्मक अन्वेषण प्रक्रिया रोजेर व्यवस्थित, विकसित र परिमार्जित तुल्याएका

यिनीहरूले पूर्वतयारी, क्षेत्रीय भ्रमण, सर्वेक्षण र सूचकको चयनपछि सामग्री सङ्कलन, सङ्कलित सामग्रीको बा“डफा“ड पञ्जीकरण, सामग्रीको विश्लेषण, सामान्यीकरण र प्रस्तुतीकरणजस्ता प्रक्रियाहरू अवलम्बन गरेका ।

भाषिक विश्लेषणको संरचनावादी पद्धति

वर्ण (वर्णविश्लेषण पद्धति )

अ) व्यतिरेक

संरचनावादीहरूले वर्ण विश्लेषणका निम्ति व्यतिरेकलाई महइभ्वपूर्ण पद्धतिका रूपमा स्विकारेका

उनीहरूका अनुसार कुनै पनि वर्ण भिन्न हुनका लागि व्यतिरेकी हुनुपर्ने

यतिरेकले अर्थगत भिन्नता सिर्जना गर्ने आधार प्रदान गर्ने

यस पद्धतिअनुसार दुई भाषिक ध्वनिले एउटै परिवेशमा आई अर्थलाई भिन्न तुल्याउने

यसभित्र लघुतम युग्म, विशिष्ट अर्थ र वितरण परिवेश गरी तिनवटा कुराहरू अगाडि आउने,

संरचनावादका उपलब्धि र सीमा

क) उपलब्धि

१. यसले समसामयिक अनुभववादी दर्शन र व्यवहारवादी मनोविज्ञानलाई भाषिक व्यवहारका विभिन्न पक्षस“ग जोड्न सकेको ।

२. भाषा प्रयोगक्षेत्रको विस्तार गर्नुका साथै सोहीअनुसार भाषिक अध्ययन अनुसन्धानलाई वस्तुपरक र वैज्ञानिक बनाउने प्रयत्नमा एक हदसम्म सफलता मिलेको ।

३. भाषाशिक्षणका लागि आवश्यक पर्ने पाठ्यपुस्तकहरू लेखिएका छन्, शब्दकोशहरू तयार भएका छन्, अनुवाद पद्धतिलाई

प्रभावकारी बनाइएको छ, साहित्यिक शैलीहरूको अध्ययनलाई व्यवस्थित गरिएको छ र भाषा प्रयोगका विभिन्न पक्षमा विशिष्ट उपलब्धि हासिल भएको ।

४. भाषिक संरचनाको वस्तुपरक वर्णन, भाषाको यथार्थ र वैज्ञानिक विश्लेषण तथा एककालिक अध्ययन परम्पराको स्थापना गरेको छ ।

५. भाषालाई व्यवस्थाको पनि व्यवस्था मान्दै त्यसकै आडमा हरेक भाषाको निजी संरचनाको व्याख्या गरेको छ अनि सबै

संरचनाको केन्द्रीय व्यवस्थाका रूपमा भाषालाई लिई भाषिक एकाइहरूको पृथकीकृत अध्ययनमा जोड दिएको छ ।

६. भाषाको वास्तविक÷प्राकृतिक रूपका रूपमा कथ्य भाषालाई प्रोत्साहित गरिएको छ, कथ्य भाषाका सामग्री सङ्कलनमा जोड

दिइएको छ, यसलाई भाषिक अध्ययनका क्षेत्रमा प्रवेश गराइएको छ अनि प्रयोग पक्षको अध्ययनमा जोड दिइएको छ । ज्ञछ

७. भाषाको मौलिक विशेषताको पक्षमा उभिनुको साथै घटकहरूको विश्लेषणमा जोड दिइएको छ, भाषाको मौलिक प्रकृति र

बनोटको अध्ययन गर्नुको साथै सार्वभौम विशेषताको विपक्षमा उभिएको छ ।

८. भाषाशिक्षणलाई व्यवस्थित गरिएको छ अनि भाषिक नियमहरू नघोकाई आदत निर्माण र प्रयोगका आधारमा भाषा सिकाउने

पद्धतिको विकास गरिएको छ ।

९. भाषाविज्ञानलाई व्याकरणभन्दा भिन्न विधाका रूपमा ग्रहण गर्नुका साथै वर्णविश्लेषणमा विभेदक अभिलक्षणको सिद्धान्तलाई

आधार बनाएर त्यसलाई भाषाशिक्षणको पहु“चका लागि पुनःसंरचना गरिएको छ ।

१०. कथ्यभन्दा भिन्न रहेको अवस्थामा भाषाको लेख्य रूपका लागि मातृभाषाभाषीले उपयोग गर्ने रूपलाई नै त्यसको आदर्श रूप

ख) सीमा

मानी कथ्य रूपलाई सर्वाधिक महत्त्व दिइएको छ ।

१. संरचनावाद भाषाको अर्थपक्षको विश्लेषण नभई संरचनाको अध्ययनमा एकाङ्गी भएर अल्झेको ।

२. रूपाताइिभ्वक विश्लेषण र वाक्यहरूको संरचना पक्षको वर्णनका निम्ति संरचनात्मक पद्धति कमजोर देखिएको छ ।

३. यो वर्गीकरण प्रधान भएकै कारण यसले भाषिक सम्पादनलाई मात्र जोड दिने गरेको ।

४. भाषिक सार्वभौम सिद्धान्तप्रति अनुदार भएकै कारण सन् १९५० को उत्तरार्धमा आएर यो बढी आलोचित हुन पुगेको ।

५. यो भाषिक एकाइ र व्यवस्थापन पद्धतिबाट एकाइ र प्रक्रिया पद्धतितिर जाने प्रयास गरेकै कारण रूपताइिभ्वक जटिलताहरूको

समाधान गर्न नसक्ने गरी चुकेको ।

६. यसले भाषिक सामथ्र्य सम्बद्ध मनोवादी मनोविज्ञानको विशाल क्षेत्रलाई बेवास्ता गरेको ।

७. बढी वर्गीकरण प्रधान भएकै कारण बहुजटिलतामा अलमलिन पुगेको ।

८. वर्णविश्लेषणका तुलनामा वाक्यविशलेषणमा कम ध्यान दि“दा निकटघटक पद्धति पनि धरापमा परेको ।

९. वर्णविश्लेषणकै क्षेत्रमा पनि संरचनावादी वैयाकरणहरूमा वार्णिक व्यवस्था र सङ्ख्याका बारेमा विविध मतहरू देखापरेका ।

१०. भाषाको आन्तरिक पक्षलाई बेवास्ता गर्न पुग्दा भाषा सिकाइमा बृद्धि र मानसिक पक्षको भूमिका पूर्णतः ओझेलमा परेको ।

११. भाषिक व्यवहारलाई आदत वा बानीका रूपमा व्याख्या गर्दा भाषिक व्यवहार पनि नियमशासित हुन्छ भन्ने कुरामा ध्यान दिन

नसकेको ।

संरचनावाद र भाषाशिक्षण

भाषाशिक्षणलाई मातृभाषा र अन्य भाषाशिक्षण गरेर दुई भागमा बा“डेर हेर्ने चलन विगत लामो समयदेखि हु“दै आएको

आधुनिक भाषाविज्ञानको विकाससँगै आवश्यकताका हिसाबले र पद्धतिका हिसाबले पहिलो भाषा र दोस्रो भाषाको शिक्षणले आआफ्नो पहिचान बनाउँदै गएको

भाषाशिक्षणको सवालमा अमेरिकामा विकसित संरचनात्मक पद्धतिले विशेष भूमिका खेलेको

बीसौँ शताब्दीको पूर्वाद्र्धमा अमेरिकाली संरचनावादीहरूकै प्रयासमा भाषाविज्ञानलाई साँच्चिकै विज्ञानको रूप दिएपछि भाषाशिक्षणलाई नियमसङ्गत शिक्षणका रूपमा चिनाउने काम भएको

अमेरिकाली संरचनावादले नै पहिलो पटक भाषाका प्रयोग क्षेत्रहरूको पहिचान र विस्तार गर्नुका साथै यसलाई अनुभववादी (अनुभव÷मानसिक बोधलाई प्रधानता दिने एक दर्शन) दर्शन र व्यवहारवादी मनोविज्ञानस“ग जोडेर मानवीय भाषिक व्यवहारको व्याख्या गर्ने काम गरेको छ

यही समयमा भाषाशिक्षणका लागि आवश्यक पर्ने पाठ्यपुस्तकहरू लेखिनुका साथै त्यसलाई व्यवस्थित पार्ने उद्देश्यले आवश्यक कोशहरू समेत तयार पारिएका

यसले नै दोस्रो वा अन्य भाषाहरूको शिक्षणमा अनुवाद पद्धतिलाई सर्वाधिक महइभ्व दिएर लागु गरेको

आधुनिक भाषाविज्ञानले बोलचालका भाषाहरूलाई बढी महइभ्व दिन थालेपछि तिनको पठनपाठनमा अमेरिकाली संरचनावाद निकै अग्रणी देखापरेको

संरचनावादीहरूले व्यवहारवादी मनोविज्ञानको आफूमा परेको प्रभावलाई भाषाशिक्षणका क्षेत्रमा उपयोग गरेका

उनीहरूका अनुसार भाषा बानीहरूको समष्टि भएको हुनाले पटकपटकको बोलाइ र व्यवहारले भाषाको सिकाइ राम्रो हुने

भाषा सिकाइ नै निरन्तरको अभ्यासबाट सम्भव हुने हुनाले भाषा सिक्नेले सम्बन्धित भाषामा बोल्ने बानीको विकास गर्न पटकपटक दोहो¥याई त्यसलाई सबलीकृत तुल्याउनुपर्ने

यिनीहरूले भाषाको मूल रूपमा कथ्य भाषालाई राख्तै भाषाको कथ्यरूपको सिकाइमा जोड दिएका

यिनीहरूका अनुसार कुनै भाषाको यदि लेख्य रूप छ र त्यो कथ्यभन्दा भिन्न (कहिलेकाही“) देखिन्छ भने पनि मातृभाषीहरूले जुन भाषा बोल्नेगर्दछन् त्यही भाषिक रूपलाई नै आदर्श रूप ठानी पठनपाठनलाई व्यवस्थित तुल्याउनुपर्ने

एउटा भाषाभन्दा अर्को भाषा फरक हुनुलाई भाषाको विशिष्ट गुण मान्ने संरचनावादीहरूका अनुसार भाषा सिकाइका क्रममा हरेक भाषाको विशिष्टता थाहा पाउनु आवश्यक हुने

विशिष्टता थाहा पाएपछि भाषा सिक्न सिकाउन सजिलो हुन्छ भन्ने यिनीहरूको मान्यता

संरचनावादीहरूले भाषाशिक्षणलाई उद्देश्यमूलक बनाउन खोजेका

उनीहरूका अनुसार भाषाका कक्षाहरूमा भाषा नै सिकाउनुपर्ने, भाषाका विषयमा शिक्षण गर्नुनहुने

व्याकरणका नियमहरू नघोकाई भाषा सिक्नेलाई भाषा मात्र सिकाउनुपर्ने भन्ने धारणा राखेर भाषाशिक्षणलाई व्यवस्थित गर्न खोजेका

अमेरिकाली संरचनावादी पद्धतिमा भाषाशिक्षणलाई शुद्ध भाषा सिकाइको मर्मस“ग जोडेर हेर्ने गरिएको

भाषाशिक्षणलाई व्याकरणका नियमहरू धोकाएर व्यवस्थित तुल्याउने पुरानो शैलीलाई यस पद्धतिमा अस्वीकार गरिएको

तुलनात्मक रूपमा यस पद्धतिभित्र भाषाशिक्षणलाई समसामयिक सन्दर्भ, व्यावहारिक पक्ष, सिकारुको मनोविज्ञान र भाषिक विशिष्टतासित आबद्ध गरेर हेरिएको

भाषा सिकाइलाई अभ्यासमूलक बनाइएको हुनाले परम्परागत पद्धतिभन्दा यो प्रायोगिक देखापरेको

सिकारुको जन्मजात भाषिक सामर्थ्य र सिर्जनशीलताको पक्षमा अनुदार देखिएको हुनाले पछिका दिनहरूमा भने यो आलोचित रहदै आएको ।

सन्दर्भ स्रोत

•आचार्य जयराज (२०७१), भाषाविज्ञानको सैद्धान्तिक विमर्श, मकालु प्रकाशन गृह ।

•आचार्य, ब्रतराज (२०७२), पूर्वीय तथा पाश्चात्य भाषिक चिन्तन, रत्न पुस्तक भण्डार ।

•गौतम, देवीप्रसाद र पौडेल, शालिग्राम (२०७८) भाषिक अध्ययन परम्परा सम्प्रदाय र अवधारणा, भूँडीपुराण प्रकाशन ।

•चौलागाईं, प्रेमप्रसाद (२०७९), भाषाविज्ञानको परम्परा र पद्धति, ओरिएन्टल पब्लिकेसन ।

•तिमिल्सिना, मोहनप्रसाद (२०६७,) भाषिक कालको विश्लेषण, रिता तिमल्सिना ।

•द्विवेदी, कपिलदेव (सन् २०१६), भाषाविज्ञान एवं भाषाशास्त्र, विश्वविद्यालय प्रकाशन । 

•न्यौपाने, टंकप्रसाद (२०५१), भाषाविज्ञानको रूपरेखा, नेपाल बुक डिपो ।

•पौडेल, नेत्रप्रसाद (२०७६), भाषाविज्ञानका प्रमुख सिद्धान्त, पैरवी प्रकाशन ।

•बन्धु, चूडामणि (२०६६), भाषा विज्ञानका सम्प्रदाय, एकता बुक्स ।

•शर्मा, देवेन्द्रनाथ र शर्मा, दीप्ति (सन् २००५), भाषा विज्ञानकी भूमिका, राधाकृष्ण प्रकाशन ।

Array