भाषिक चिन्तनको पूर्वीय र पाश्चात्य परम्परा

  • Posted By: Heramba Bastola
  • September 27th, 2024
image

भाषिक चिन्तनको पूर्वीय र पाश्चात्य परम्परा

हेरम्बराज बास्तोला

herambarajb@gmail.com

महेन्द्ररत्न क्याम्पस

भाषिक चिन्तनको पूर्वीय परम्परा

  • पूर्वीय भाषिक चिन्तन र व्याकरण परम्परा भाषिक धरोहर संस्कृत र यसका वाङ्मयहरूसमेतका आदिग्रन्थ मानिने वेद वेदाङ्गहरूसँग जोडिएर सुरु,
  • पूर्वीय भाषिक चिन्तन र व्याकरणको ईपू १५०० सम्म सुदीर्घ परम्परा,
  • आर्ष (ऋषिसँग सम्बन्धित) ग्रन्थ वेदहरूबाटै भाषिक चिन्तनको सुरुवात भएको विश्वास,
  • चार वेदमध्ये पहिलो वेद मानिने ऋग्वेद पूर्वीय भाषिक चिन्तनका लागि सबैभन्दा प्राचीनतम ग्रन्थ,
  • ऋग्वेदमै वाक् वा वाणीलाई चार भेद (चत्वारी वाक्) गरिएको प्रमाण,
  • त्यसमै भनिएअनुसार चार प्रकारका वाक्लाई मनिषी (विद्वान् प्राज्ञ) ब्राह्मणले मात्र जान्ने,
  • तीमध्ये पनि तिन गुहा (गुफा वा ओडार) र चौथो (तुरीय) मात्र मान्छेसँग अन्तर्निहित,
  • वैदिक संस्कृतमा भाषिक चिन्तन
  • शास्त्रीय चिन्तनको केन्द्र वेद
  • ईशापूर्व १५०० तिरदेखि भाषिक चिन्तन विकसित भएको
  • वैदिक  संहिता आरण्यक र उपनिषदमा गम्भीर भाषिक चिन्तन भएको
  • वेदका ६ अङ्ग (शिक्षा, कल्प, ज्योतिष, निरुक्त, छन्द र व्याकरण)
  • निरुक्त व्युत्पति विज्ञानको आदिग्रन्थ,
  • निघण्टुका प्रत्येक शब्दको व्युत्पति र अर्थको विवेचना निरुक्तमा गरिएको,
  • यसमा १२९८ शब्दको व्युत्पत्ति दिइएको,
  • ८४९ प्राचीन ढङ्गका छन् भने २२४ वैज्ञानिक र २२५ अस्पष्ट,
  • निरुक्तमा यास्कले गरेका महत्त्वपूर्ण कार्यहरूः 
  • ध्वनि पद र अर्थको व्यवस्थित विवेचना गरिएको,
  • शब्दको व्युत्पत्ति र अर्थ विवेचना गरिएको,
  • भाषाको उत्पत्ति गठन र विकासबारे चर्चा गरिएको,
  • यौगिक र रूण शब्दको शास्त्रीय ढङ्गबाट विवेचना गरिएको,
  • पदलाई नाम, आख्यात, उपसर्ग र निपात गरी चार वर्गमा विभाजन गरिएको,
  • शब्दको अर्थ समावेश गरिएको अर्थविज्ञानको आरम्भ भएको,
  • शब्दको मूल धातु हो र सबै शब्द धातुबाट निर्मित हुन्छन् भनिएको
  • ध्वनिविज्ञानका वर्णविकार, वर्णलोप, वर्णविपर्यय, वर्णागम, आदिलोप, अन्तलोप आदिको वर्णन गरिएको 
  • उपसर्ग र प्रत्ययलाई धातुबाट अलग गरिएको .
  • निरुक्त व्युत्पत्तिशास्त्र, भाषाविज्ञान तथा अर्थविज्ञानको प्राचीनतम प्रामाणिक ग्रन्थ मानिएको ।
  • वैदिक भाषाको अध्ययनका क्रममा निघण्टु तयार पारिएका,
  • यास्कले पाँच निघण्टुको चर्चा गरेका हाल एकमात्र उपलब्ध(बन्धु २०६६, पृ. ११)
  • निघण्टुमा पाँच अध्याय,
  • तीन अध्यायमा पर्यायवाची, चौथोमा वेदका कठिन शब्द र अस्पष्ट शब्द, पाँचौंमा देववाचक शब्द समाविष्ट,
  • निघण्टुको रचना महर्षि यास्कद्वारा भएको (गौतम र पौड्याल २०७८, पृ. ३
  • लौकिक संस्कृत
  • चत्वारि वाक परिमिता पदानि तानि विद्रुर्ब्राम्हणा ये मनीषिणः
  • गुहा त्रीणि निहिता नेङ्गयन्ति तुरीयं वाचो मनुष्याः वदन्ति ॥ चार वाक छन् मिनिषि ब्राह्मण नै जान्दछन् ,
    • तीमध्ये तीन गुहामा निहित छन्  मानिसहरू चौथो मात्र बोल्दछन् ।
  • निरुक्तकारले ॐ भूः, भुवः र स्वः' भनेका, पतञ्जलिले नाम, आख्यात (क्रिया र विशेषण), उपसर्ग र निपातलाई चत्वारि वाक् भनेका, कैयटले पनि यसै कुराको समर्थन गरेका, भर्तृहरि, नागेश, गौडपाद र सायणजस्ता विद्वान्हरूले चार वाणीमा (चत्वारि वाक) परा, पश्यन्ती, मध्यमा र वैखरीलाई लिएका छन् (बन्धु २०६६, पृ. १०) ।
  • भाषिक चिन्तनमा युग विभाजन
  • पूर्व पाणिनि युग
  • पाणिनि युग
  • उत्तर पाणिनि युग
  • यास्क मुनिः नघण्टु, निरुक्त
  • पाणिनि, कात्यायन र पतञ्जलि
  • भर्तृहरि आदि
  • पूर्व पाणिनि युग
  • वैदिक संस्कृति युगका चर्चित व्यक्ति यास्क र लौकिक संस्कृति योगका पाणिनीको बीचको समयावधि,
  • ईसापूर्व ५०० देखि ईसापूर्व पाँचौं शताब्दीको मध्यसम्म ईसापूर्व ४५० तिरसम्मकव अवधि,
  • यास्क र पाणिनीको बीचको समयमा भाषाका पर्याप्त अध्ययन भएको,
  • यस समयमा कुनै व्याकरण ग्रन्थ प्राप्त नभएका,
  • पाणिनी तथा उत्तरवर्ती व्याकरणकारहरूले आफ्ना ग्रन्थमा विभिन्न सम्प्रदायहरु रहेको चर्चा गरेका,
  • पूर्व पाणिनी युगमा विभिन्न भाषिक सम्प्रदाय अस्तित्वमा रहेका भनेने पुष्टि,
  • पाणिनीले आफू अगाडि अपिशलि तथा काशकृत्स्न आदि १० जना वैयाकरणहरू रहेको उल्लेख गरेका
  • पाणिनी पूर्वयुगमा ५७ वैयाकरणहरूको नाम उल्लेख भएतापनि संस्कृत व्याकरण शास्त्रका इतिहासकार युधिष्ठिर मिमांशकले आफ्नो संस्कृत व्याकरणको इतिहास ग्रन्थमा पाणिनीले उल्लेख नगरेका भने २३ वैयाकरणका नाम उल्लेख गरेका
  • कतै ८३ जना वैयाकरण भएको समेत भेटिएको (तिमिल्सिना २०६७ पृष्ठ ६)।
  • पाणिनी पूर्व युगका प्रमुख व्याकरण सम्प्रदाय
  • ऐन्द्र सम्प्रदाय ई.पू. ८४४३
  • शाकटायन सम्प्रदाय ई.पू. २९४३
  • आपिशलि सम्प्रदाय  ई.पू. २८४३
  • शाकल्य सम्प्रदाय ईसापूर्व ३९४३
  • काशकृत्स्न सम्प्रदाय ई.पू. ३०४३ 
  • गार्ग्य सम्प्रदाय ई.पू. ३०४३
  • गालव सम्प्रदाय ई.पू. ३४३
  • काश्यप सम्प्रदाय ई.पू.२८४३

पाणिनि

•पाणिनिको समयबारे मतभेद, यिनलाई भण्डारकर ई.पू. पाँचौं शताब्दीका मान्दछन्

•आमाको नाम दाक्षी भएकाले यिनलाई दाक्षीपुत्र र जन्म शालातुर भन्ने ठाउँका भएकाले शालातुरीय पनि भनेको पाइने,

•पाणिनिले रचेको 'अष्टाध्यायी'मा आठ अध्याय र प्रत्येक अध्यायमा चार पाउ रहेका,

•यसमा जम्मा ३९९५ सूत्र रहेका,

•सूत्रहरूले लौकिक संस्कृतका नियमलाई स‌ङ्क्षिप्त रूपमा प्रस्तुत गरेका,

•यिनले त्यस समयमा प्रचलित विभिन्न शब्द र रूपहरू दिएका पूर्ववर्ती विभिन्न आचार्यका मतहरू तथा वैदिक र लौकिक भाषाका भेदहरू देखाइदिएका,

•पाणिनिको 'अष्टाध्यायी'का सङ्क्षिप्त, सारगर्मित र असन्दिग्ध सूत्रहरू बीजगणितका सूत्रजस्तै,

•पाणिनिले रचेका अन्य कृतिहरूमा 'शिवसूत्र', 'प्रत्याहारसूत्र', 'धातुपाठ', 'गणपाठ', 'उणादिसूत्र', 'फिट्सूत्र' आदि।

कात्यायन

•वार्तिककार कात्यायनको समय ई.पू. ४५० देखि ३०० सम्म मानिएको,

•पाणिनिका सूत्रहरूमा संशोधन र परिवर्द्धन गर्न वार्तिकहरू लेखेका,

•पाणिनिका कुराहरूको आलोचना पनि गरेका

•मूलभूत रूपमा यी वार्तिकहरूले पाणिनिलाई बुझ्न नै सहयोग गरेका,

•वार्तिकका अतिरिक्त यिनका अन्य कृतिहरू:

  कात्यायनी शिक्षा,  

  तैत्तिरीय प्रातिशाख्य र

  वाजसनेय प्रातिशाख्य ।

•कात्यायनले अर्थचाहिँ लोक-व्यवहारद्वारा निर्धारित हुन्छ र लोकव्यवहारबाट निर्धारित अर्थ नै मुख्य अर्थ हो भनेका ।

पतञ्जलि

•भाष्यकार पतञ्जलिको जन्म ई.पू. तेस्रोदेखि पहिलो शताब्दीका बिचमा उत्तर भारतको गोन्डा भने ठाउँमा भएको मानिएको,

•पाणिनिको अष्टाध्यायीमाथि कात्यायनले उठाएका प्रश्नहरूको जवाफ दिँदै महाभाष्यको रचना गरेका,

•महाभाष्य सरल, सुवोध र सुस्पष्ट शैलीमा रचित,

•चिन्तनको गहिराइमा पुगेर माषिक विवेचना गरिए‌को ।

उत्तर पाणिनि युग

•त्रिमुनिको युगपछि पनि पाणिनि सम्प्रदायमा महत्त्वपूर्ण कार्यहरू मएका,

•विशेष गरी त्रिमुनिको परम्परालाई जीवित राख्न धेरै विद्वानहरूले योगदान गरेका,

•भर्तृहरि, कैयट र नागेशजस्ता चिन्तकहरू अनि जयादित्य, वामन तथा भट्टोजिदीक्षित जस्ता वृत्तिकार र व्याख्याताहरूको योगदान अत्यन्त महत्त्वपूर्ण,

•भर्तृहरि (६५० ई. तिर) नामका विभिन्न व्यक्ति (वैयाकरण, कवि र योगीराज),

•वैयाकरण भर्तृहरिका कृति हुन्ः वाक्यपदीय (तीन काण्डको र दुई काण्डको टीकासमेत) र महाभाष्य दीपिका,

•कवि भर्तृहरिविरचित नीति, शृङ्गार र वैराग्य शतकहरू पनि रहेका,

•लोकपरम्परामा योगीराज एवं नाथपन्थका अनुयायी राजा भरथरीका प्रसङ्गहरू उत्तर भारत र नेपालमा समेत व्याप्त, केही विद्वान् यी तीनैलाई एउटै व्यक्ति मान्दछन्,

•भर्तृहरिकै परम्परामा महाभाष्य प्रदीपको रचना गर्ने कैयट (एघारौंदेखि तेह्रौं शताब्दी ई.)

•महाभाष्य प्रदीपका विषयमा विभिन्न पन्ध्र विद्वान्हरूका टीका पाइने,

•महाराष्ट्रिय ब्राह्मण नागेश भट्टको समय ईस्वीको सत्रौं- अठारौं शताब्दी मानिने,

•यिनका ग्रन्थहरू हुन्ः महाभाष्य प्रदीपोद्घात, लघुशब्देन्दुशेखर, परिभाषेन्दुशेखर, लघुमञ्जूषा र शब्देन्दुशेखर,

•अष्टाध्यायीका अनेक वृत्तिकारहरू रहेका,

•एकचालीस वृत्तिकारहरूको उल्लेख विद्वानहरूले गरेका,

•खास गरी जयादित्य र वामनको काशिका प्रसिद्ध,

•जसका सुरुका तीन अध्याय जयादित्य (सातौं शताब्दी ई.) ले र अन्तिम तीन अध्याय वामनले रचेका,

•काशिका पाणिनिरचित अष्टाध्यायीको वृत्ति,

•महाराष्ट्रिय ब्राह्मण भट्टोजिदीक्षित (सातौं शताब्दी ई.) ले पाणिनीय व्याकरणलाई सजिलो तुल्याउन सिद्धान्त कौमुदीको रचना गरेका,

•यिनको शब्दकौस्तुभ अपूर्ण रूपमा उपलब्ध रहेको विगत चार शताब्दीका अवधिमा पाणिनीय व्याकरणको अध्यापन-कार्यमा सिद्धान्त कौमुदीको योगदान अत्यन्त महत्त्वपूर्ण रहेको।

वाणीका चार प्रकार

परा वाणीः

ज्ञानप्रधान वर्णरहित

साधकहरूले समाधी तहमा मात्रै अनुभव गर्नसक्ने

स्थानः मूलाधार चक्र

तत्रमूलधारस्थपवनसंस्कारीभूता मूलधारस्था शब्दब्रह्मरूपा स्पन्दशून्या विन्दुरुपिणी परा वागुच्यते ।

मूल आधारमा स्थित वायुबाट काम गरिने मूल आधारमा रहेको शब्दब्रह्मरूप हलचल नभएको बिन्दुको वाणी परावाक हो।न्यौपाने २०५२ पृष्ठ ४

पश्यन्तीः

मूलमधारमा नाद रूपमा उत्पन्न वाणी मूलाधारबाट नाभीस्थलमा पुग्छ त्यही वाणीको पश्यन्ती अवस्था,

वर्णादिविशेषले रहित,

लोकव्यावहारातीत, भाषारहित,

बोल्ने इच्छाको अनुभव,

समान्य मानिसका लागि अग्राह्य, समाधिस्थ योगी वा धीर चिन्तकका लागि गम्य ।

मध्यमाः

व्यक्त र स्थूल रूपमा तयार भएको अवस्थाको वाणी,

 संयोजन स्थल, बुद्धिस्थ अवस्था,

छनोटको चरण,

बुद्धि र हृदयबाट सम्पादनको प्रक्रिया,

कुन कुन ध्वनि सजाएर भन्ने निश्चय गर्ने अवस्था,

अर्थवाचक शब्द स्फोटरूप मध्यमा

वैखरीः

वाणीको अन्तिम रूप

कण्ठ स्थानीय, वाणीको व्यक्तरूप

मानव व्यवहारका लागि साधनरूपमा प्रयुक्त, भाषा

श्रुतिरूप

विभिन्न उच्चारण स्थानहरूमा आघातद्वारा वर्णरूपमा व्यक्त ।

भाषाविज्ञानको अध्ययन क्षेत्र

पाणिनीय व्याकरण र भाषा शिक्षण

संरचनाको प्रयोग र पक्षधरताः

  सन्दर्भभन्दा संरचना   पक्षलाई महत्त्व   दिइएकाले भाषाभित्रै   समाधान   खोज्नुपर्ने,

सूत्रात्मकताको उपयोगः

  सूत्रात्मक रूपमा व्युत्पादन,   रूपायन, संरचना, कारक र   वाक्यात्मक   संरचनाको   निरीक्षण । 

अन्तर्निर्भरताको उपयोगः

  नियम र प्रयोग बिच   अन्तर्निर्भरता  

सुसम्बद्धताको उपयोगः

  भाषिक वृत्ति (प्रयोक्ता र   प्रयोग क्षेत्र) विस्तार र   नियमसँगको सुसम्बद्धता   सन्तुलित हुनुपर्ने ।

उत्तरपाणिनि युग

•लौकिक संस्कृतको परम्परामा त्रिमुनि पछिको युग उत्तरपाणिनि युग

•त्रिमुनि युग पछि पाणिनि सम्प्रदायमा महत्त्वपूर्ण कार्य भएका

•त्रिमुनि परम्परालाई जीवित राख्न धेरै विद्वान्हरूले योगदान दिएका

•भर्तृहरि, कैयट, र नागेशजस्ता चिन्तकहरू र जयादित्य, वामन तथा भट्टोदिक्षित जस्ता वृतिकारको विशिष्ट योगदान

•अष्टाध्यायी, वार्तिक, महाभाष्य, लगायतका रचनाकै आधारमा रहेर उत्तर पाणिनि युगको विकासथप व्याख्या, विवेचना गरेर विभिन्न विद्वान्हरूले पाणिनिको व्याकरण परम्परालाई समृद्ध बनाएका

•पाणिनिको अष्टाध्यायी, पतञ्जलिको महाभाष्य जस्ता कृतिहरूको व्याख्याका निम्ति टीका वृति, कौमुदी जस्ता प्रक्रियापरक तथा दार्शनिक ग्रन्थहरूको रचना भएका

•यस्ता ग्रन्थहरूको रचना गर्ने विद्वान्हरूमा भर्तृहरि, कैयट, नागेश, जयादित्य वामन, भट्टोजिदिक्षित आदि

•वैयाकरण भर्तृहरिले हाँस्यपदीय र महाभाष्यदीपिका गरी दुई कृतिको रचना गरेका,

•उनका अनुसार 'शब्द' जस्तै 'वाक्य' पनि एक भाषिक प्रतीक हो, यसमा पनि वाच्य र वाचकका बिच अन्तरङ्ग एवम् अविच्छिन्न सम्बन्ध रहन्छ र भाषा प्रतीकको दुवै अमूर्त र सामान्यकृत हुन्छ (श्रीवास्तव, २०१०) ।

•यसै गरी सातौँ शताब्दीमा जयादित्य र वामनले कृतिसुर नामक कृतिको रचना गरी पाणिनिको सूत्रको व्याख्या गरेका,

•पाली, प्राकृत र अपभ्रंश भाषाहरूमा व्याकरण ग्रन्थहरू रचना भएको,

•नेपाली व्याकरण परम्परा पनि संस्कृत व्याकरण परम्पराबाट नै प्रभावित,

•यसरी पाणिनिको उदयसँगै लौकिक संस्कृतको विकास भएकोले त्यो बेलादेखि नै लौकिक संस्कृतमा भाषिक चिन्तनको सुरू भएको  ।

भाषिक चिन्तनको पाश्चात्य परम्परा

•ग्रिक रोम र अङ्ग्रेजी परम्पराको भाषिक चिन्तन,

•ग्रिकमा भाषिक चिन्तन दर्शनकै अङ्गका रूपमा रहेको,

   ग्रिसेली परम्परा

• युरोपेली सभ्यताको मूल ग्रिसेली सभ्यता,

• भाषाको चिन्तन पनि ग्रिसबाटै सुरु भएको,

• लिपि विज्ञान, भाषा दर्शन र व्याकरण शास्त्र ग्रिसेली भाषिक चिन्तनका प्रमुख पक्ष,

• ईसापूर्व पाँचौं शताब्दीपछि ग्रिसेली भाषिक चिन्तनमा समुन्नति,

•ग्रीक व्याकरणको निर्माण ईसापूर्व चौथो शताब्दीदेखि ईसाको दोस्रो शताब्दीबीचको ६०० वर्षको अवधि मानिएको 

•भाषाका बारेमा नियमवादी र अनियमवादीहरूका बीचमा वादविवाद रहँदै आएको 

•प्लेटो र रिस्टोटल नियमवादी चिन्तक 

•नियमवादी र अनियमवादीहरूको विवादका बीचबाटै ग्रिक भाषाको व्याकरण निर्माण भएको

ग्रिक भाषिक चिन्तन परम्परा प्रमुख चिन्तकहरू

सुकरात (.पू. ४६९-३९९)

शब्द र अर्थको सम्बन्ध नैसर्गिक नभएर यादृच्छिक हुन्छ ।

प्लेटो (.पू. ४२९-३४७)

 नियमवादी दार्शनिक

क्रेटिअस र सोफिस्टमा भाषासम्बन्धी धारणा राखेका

विचार आत्माबाट बिनाध्वनि उत्पन्न हुने वार्तालाप

ध्वन्यात्मक रूपमा प्रकट भएपछि भाषा

ध्वनिलाई घोष र अघोषमा वर्गीकरण

शब्दलाई संज्ञा र क्रियामा विभाजन

शब्द र अर्थको सम्बन्ध नैसर्गिक हुन्छ भन्ने मत

एरिस्टोटल (.पू. ३८५-३२२)

प्लेटोका अनुयायी

‘पोयटिक्स’ मा भाषाबारे दृष्टिकोण

वर्णलाई अविभाज्य ध्वनि मानेका

वर्णका तीन भेद (स्वर, अर्धस्वर र स्पर्श) मानेका

वाक्मा आएका पदलाई उद्देश्य र विधेयमा छुट्याइएको  

शब्द र अर्थको यादृच्छिक सम्बन्ध हुने बताइएको

ग्रिक भाषिक चिन्तनका सम्प्रदायहरू

स्टोइक सम्प्रदाय, अलेक्जेन्ड्रिया सम्प्रदाय

अलेक्जेन्ड्रिया सम्प्रदायका डायोनिसस थ्र्याक्स पहिला वैयाकरण ।

ग्रिक भाषिक चिन्तनका उपलब्धि

प्लेटो र एरिस्टोटलको कार्य भाषावैज्ञानिकका निम्ति प्रेरणा स्रोत बन्यो ।

अर्थविज्ञानको अध्ययनमा रूचि जगायो ।

ध्वनि र यसको वर्गीकरणका सम्बन्धमा विवेचना भयो । तुलनात्मक भाषाविज्ञानको पृष्ठभूमि तयार भयो .


ग्रिसेली भाषिक चिन्तनका प्रमुख पक्ष

ग्रिसेली लेखन कला

  पूर्व प्राचीन लिपि,

  प्राचीन लिपि,

ग्रिसेली भाषा दर्शन

  गृसेली दार्शनिक परम्परा,

  सादृश्य र वैशम्य विषयको विवाद,

  प्रकृति र रूढी विषयको विवाद,

ग्रिसेली व्याकरण चिन्तन

   वर्ण विषयक चिन्तन

   पदवर्ग र रूपायन सम्बन्धी चिन्तन

    ग्रिसेली व्याकरणका प्रतिपाद्य विषय

भाषिक चिन्तनको रोमेली परम्परा

ग्रिसेली भाषिक चिन्तन परम्पराको अनुकरणबाटै रोमनहरूबाट ल्याटिन भाषाको चिन्तनको थालनी,

ग्रिक भाषाकै ढाँचामा ल्याटिन भाषाको व्याकरण निर्माण गर्ने परम्परा,

यसका कारणहरू 

•  ग्रिक र रोमको भाषिक सम्पर्क र त्यसको विस्तार गर्ने चाहना,

•  ग्रिसेली सभ्यताको विस्तारप्रतिको तीव्र रुचि भए जस्तै ग्रिसेली भाषा र व्याकरणकै   पठनपाठनमा विश्वास,

•  रोमन शासकहरूले ईपू दोस्रो शताब्दीदेखि नै ग्रिसेली कला, साहित्य, संस्कृति र शिक्षा पद्धतिलाई आदर्श ठानी अपनाएका,

•  ग्रिसेली र ल्याटिन भाषामा सम्प्रेषण सरलताका कारणले पनि रोमन विद्वत् क्षेत्र कला, साहित्य आदिमा ग्रिसेली प्रभाव उच्च ,

•   यसै कारण रोमन विद्वानहरू ज्ञान–विज्ञानका महत्त्वपूर्ण क्षेत्रमा समेत ग्रिकहरूकै मुखापेक्षी,

•पछिल्लो चरणमा आधुनिक युरोपेली र अन्य भाषाहरू शास्त्रीय प्रकृतिका ग्रिक र ल्याटिन भाषाभन्दा भिन्न पद्धतिका भएका कारण ग्रिसेली व्याकरण प्रयोग गर्दा समस्या देखिन थालेपछि भने प्रत्येक भाषाको भिन्न ढाँचा र प्रणाली रहने गरेको अनुभूति र त्यसैअनुरूप अगाडि बढ्ने प्रयत्न,

•यस अनुभूतिबाट भाषा फरक भए जस्तै व्याकरण पनि मौलिक हुनुपर्ने हुँदा त्यसलाई ख्याल नगरी अरूका नियमहरू लाद्नु उपयुक्त नहुने रोमन भाषा चिन्तकहरूको निष्कर्ष र मौलिक कार्यप्रतिको झुकाव ।


रोमेली परम्परामा बार्रो (मार्कोस टेरिन्टिअस बार्रो, ईपू ११६–२७)

भाषामा मौलिक व्याकरणका पक्षधर प्रथम ज्ञात वैयाकरण,

•भाषाको आफ्नै प्रणालीको खोजी गर्नुपर्छ भन्ने मान्यताका पक्षधर,

•व्याकरणमा दार्शनिक मान्यता, साहित्यिक समालोचना र आलङ्कारिक अभिव्यक्ति शिल्पलाई प्राथमिकता,

•सम्बन्धित भाषाको आफ्नै प्रणालीको निर्माण गरी व्याकरणका माध्यमबाट त्यसलाई नियमन गर्न सकिन्छ भन्ने विश्वासका साथ फरक व्याकरण परम्परा थाल्ने प्रयत्न,

•ग्रिसेली व्याकरणहरूको रुजु गरी तयार परिएको आफ्नो व्याकरण लेखनकार्य २५ भागमा पूरा,

•५–१० भाग मात्रै अस्तित्वमा,

•ग्रिसेली भाषाको अनुकरण गरिरहँदा पनि ल्याटिन भाषाको मौलिकता बचाउने कुरामा केन्द्रित,

•ग्रिक विद्वान् थ्य्राक्सले जस्तै उनको व्याकरणमा पनि खण्ड र तथा उपखण्डको व्यवस्था र व्याकरणिक कोटिहरूको निर्वचन (शब्दको व्युत्पत्ति तथा व्याख्या)

बार्रोका मान्यता

•ल्याटिन भाषामा शब्दवर्ग–नाम, क्रियापद, कृदन्त तथा संयोजक र क्रियायोगी गरी चार मात्र,

•नामको रूपायन–वहुवचन, सर्ग र कारकका आधारमा,

•क्रियापदको रूपायन–कालका आधारमा,

•कृदन्तको रूपायन–कारक र काल दुबैका आधारमा,

•संयोजक र क्रियायोगीको रूपायन–रूपायन नहुने शब्दवर्ग,

•कारक, वचन र काल–सार्वभौम कोटि,

•सादृश्यवाद (समानता/तुल्यतामा विश्वास गर्ने सिद्धान्त) र वैषम्यवाद (विषमतामा/असमानतामा विश्वास गर्ने सिद्धान्त) का बारेमा विस्तृत चर्चा ।

रोमेली परम्परामा डोनाटस (एलिअस डोनाटस, इसं ४४०–५००

•ल्याटिन भाषाको व्याकरण परम्परामा डोनाटस आफ्नो आर्स–ग्रामाटिका लिएर प्रस्तुत,

• ग्रिक परम्पराकै अनुकरणभित्र रोमन व्याकरण परम्परा थप व्यवस्थित,

•ग्रिक परम्पराभित्रै रहेर ल्याटिन भाषाका ध्वनिहरूलाई स्वर र व्यञ्जनमा वर्गीकरण,

•व्याकरण प्रश्नोत्तर संरचनामा सरल र शैक्षिक प्रकृतिको हुनु,

•शब्दवर्गलाई नाम, सर्वनाम, क्रिया, क्रियाविशेषण, नामयोगी, विस्मयादिबोधक, संयोजक र क्रृदन्त गरी आठ भागमा विभाजित,

•व्याकरण सामान्य र विशेष गरी दुई फरक भागमा, विशेष बढी विस्तारित ।

रोमेली परम्परामा प्रिन्सियन (इसं ५००)

•डोनाटसपछि रोमन परम्परामा प्रिन्सियस आफ्नो इन्स्टिच्युसन–ग्रामाटिका लिएर प्रस्तुत,

•यो ल्याटिन भाषाको पहिलो मानक एवम् शास्त्रीय परम्परा र मध्ययुगको पुल,

•यसमा पुराना सिद्धान्तहरूलाई अठार भागमा सारसङ्क्षेप रूपमा सङ्ग्रह गर्नुका साथै शब्दवर्गलाई नाम, क्रिया, कृदन्त, सर्वनाम, उपसर्ग, क्रियाविशेषण, संयोजक र विस्मयादिबोधकमा वर्गीकरण,

•ल्याटिन भाषामा उपपदको अभावकै कारण त्यसको सहज परिपूर्ति विस्मयदिबाट,

•डोनाटस र प्रिन्सियनका यी दुई व्याकरणबाट मध्ययुगसम्म मानक व्याकरणका रूपमा नेतृत्व,

•ल्याटिन भाषाले मानक व्याकरण पाउनुको साथै पश्चिमी जगत्को प्रतिष्ठा आर्जन,

•यी दुई व्याकरणबाट ल्याटिन भाषाको समकालीन प्रयोगतर्फ भन्दा शास्त्रीय भाषिक आदर्श थाम्ने प्रयत्न,

•यसै समयमा रूपपक्षमा भन्दा अर्थ पक्षमा केन्द्रित रही अन्य व्याकरण लेखिए पनि तिनबाट अर्थसङ्केतकको मात्र प्रतिनिधित्व,

•यसै समयमा एक थरी वैयाकरणहरूको भाषाको दार्शनिक चिन्तनको पक्षमा, मध्ययुगसम्म यसको प्रभाव,

•त्यो शब्दहरूले वास्तविक जगत्का वस्तुहरूको प्रतिनिधित्व कसरी गर्दछन् भन्ने बारेको एकोहारो चिन्तन,

•यही समयमा इसाई धर्म प्रचारकहरूबाट ल्याटिन भाषालाई युरोपभरि फैलाउने धेयबाट प्रचारप्रसार,

•सार्वभौम व्याकरण निर्माणप्रतिको तीव्र चासो,

•युरोपमा भाषा–व्याकरणको आधुनिक युग प्रारम्भ हुनुअघिसम्म ल्याटिन भाषाको एकछत्र साम्राराज्य,

•१७ औँ शताब्दीसम्म उल्लिखित व्याकरणहरूलाई नै सिङ्गो युरोपभरि आदर्शका रूपमा अपनाउने पयत्न,

•यसरी ल्याटिन भाषा युरोपको शिक्षा, संस्कृति र प्रशासनमा, यसैकारण भाषिक चिन्तनमा नयाँपनको अभाव,

•अतः ग्रिसेली–रोमेली भाषिक चिन्तन र परम्पराको विस्तार मात्र ।

सन्दर्भ स्रोत

•आचार्य जयराज (२०७१), भाषाविज्ञानको सैद्धान्तिक विमर्श, मकालु प्रकाशन गृह ।

•आचार्य, ब्रतराज (२०७२), पूर्वीय तथा पाश्चात्य भाषिक चिन्तन, रत्न पुस्तक भण्डार ।

•गौतम, देवीप्रसाद र पौडेल, शालिग्राम (२०७८) भाषिक अध्ययन परम्परा सम्प्रदाय र अवधारणा, भूँडीपुराण प्रकाशन ।

•चौलागाईं, प्रेमप्रसाद (२०७९), भाषाविज्ञानको परम्परा र पद्धति, ओरिएन्टल पब्लिकेसन ।

•तिमिल्सिना, मोहनप्रसाद (२०६७,) भाषिक कालको विश्लेषण, रिता तिमल्सिना ।

•द्विवेदी, कपिलदेव (सन् २०१६), भाषाविज्ञान एवं भाषाशास्त्र, विश्वविद्यालय प्रकाशन । 

•न्यौपाने, टंकप्रसाद (२०५१), भाषाविज्ञानको रूपरेखा, नेपाल बुक डिपो ।

•पौडेल, नेत्रप्रसाद (२०७६), भाषाविज्ञानका प्रमुख सिद्धान्त, पैरवी प्रकाशन ।

•बन्धु, चूडामणि (२०६६), भाषा विज्ञानका सम्प्रदाय, एकता बुक्स ।

•शर्मा, देवेन्द्रनाथ र शर्मा, दीप्ति (सन् २००५), भाषा विज्ञानकी भूमिका, राधाकृष्ण प्रकाशन ।

Array