कारक व्याकरण

  • Posted By: Heramba Bastola
  • September 27th, 2024
image

परिचय

  • वाक्य संरचनामा प्रयुक्त नामिक पदहरुको क्रियापदसँगको सम्बन्ध नै कारक हो ।
  • कारक व्याकरण ग्रिक र ल्याटिन परम्परादेखि नै कारकको रूपात्मक अध्ययनले विशेष स्थान ओगटेको,
  • भाषाका ऐतिहासिक अध्ययनहरुमा पनि, कारकलाई रूपात्मक तथा वाक्यात्मक आधारमा हेरिएको,
  • परम्परागत अध्ययनमा कारकको धारणा आर्थी सम्बन्धमा भन्दा रुपायन पक्षमा सीमित रहेको,
  • संरचनावादी भाषावैज्ञानिक अध्ययन प्रारम्भ भएपछि कारकलाई आर्थी प्रकार्यका रूपमा हेर्ने दृष्टिकोण प्रति अझ बेवास्ता भएको,
  •  संरचनावादी दृष्टिकोण अनुसार अर्थको विश्लेषणलाई भाषावैज्ञानिक अध्ययनको कमजोर पक्ष मानिको,
  • कारकीय अध्ययन आधुनिक संरचनात्मक भाषाविज्ञानसम्म आउँदा मुख्यतः बाह्य संरचनामा सीमित,
  • रूपान्तरण व्याकरणको प्रतिपादन पछि क्रमश आर्थी सम्बन्ध हेर्ने दृष्टिकोणका रूपमा उपयोग भएको,

भाषिक सार्वभौम र कारकीय सिद्धान्त

  • कारक व्याकरणलाई भाषिक सार्वभौमको अध्ययन गर्ने पद्धतिका रुपमा मानिएको,
  • चम्स्कीको रूपान्तरण व्याकरणका अपूर्णता परिपुर्तिका लागि प्रतिपादित सिद्धान्त भएकाले रुपान्तरण व्याकरणका आधारभूत सिद्धान्नलाई आत्मसात गरिएको,
  • चम्स्कीको भाषिक सार्वभौमिकता सिद्धान्तलाई फिल्मोरद्वारा स्वीकार गरिएको,
  • आन्तरिक संरचनाको आधार घटकका बारेमा भने मतभिन्नता रहेको,
  • आन्तरिक संरचनाको आधार घटक वाक्यात्मक नभई आर्थी मात्र हुने फिल्मोरको मान्यता,
  • चम्स्कीको मानक सिद्धान्त (१९६५) अनुसार वाक्यमा अन्तर्निहित आर्थी सम्बन्धहरूको व्याख्या सम्भव नभएको देखी कारकीय सिद्धान्त प्रतिपादन भएको,
  • संसारका सबैजसो भाषामा आन्तरिक संरचना मा खास कारकहरू निहित हुनसक्ने कुरामा जोड दिइएको,
  • मूलत: अंग्रेजी भाषाका तथ्याङ्कका आधारमा कारकीय आर्थी सम्बन्धहरूको व्याख्या गरिएको यस सिद्धान्त अनुसार आधारभूत वाक्यमा एउटा क्रिया र एक वा एकभन्दा बढी कारकहरू आउनसक्ने,
  • प्रत्येक कारकले क्रियासँग आवद्ध भई खास प्रकृतिको आर्थी भूमिका प्रदर्शन गर्ने,
  •  वाक्यको आर्थी सम्बन्ध दर्शाउने कारकहरू भाषाको सार्वभौम व्यवस्थामा सहायक हुने,
  • कारकहरूको पहिचानमा क्रिया र त्यससँग नामिक पदको आर्थी सम्बन्धलाई पहिल्याउनु पर्ने ।

फिल्मोरका अनुसार कारकको वर्गीकरण

  • अभिकर्ता → कार्यको उद्‌भावक वा उपस्थापक,
  • करण    → कार्यको निर्जीव साधन वा हेतु,
  • तात्विक  → कार्यको परिणामद्वारा अस्तित्वमा आउने,
  • सम्प्रदान → कार्यको असर प्राप्त गर्ने सजीव ,
  • कार्मिक  → कार्यप्रति तटस्थ वा उदासिन,
  • अधिकरण→ कार्यको स्थान वा गन्तव्य जनाउने
  • अभिकर्ता → कार्यको उद्‌भावक वा उपस्थापक,

कर्ताको प्रधानता रही अर्थबोध गराउने कारकीय अर्थलाई अभिकर्ता वा कर्तृन्दू अर्थ भनिन्छ ।

  • रामले कथा लेख्यो ।
  • सीताले गीत गाई ।
  • करण  कार्यको निर्जीव साधन वा हेतु,

कुनै कार्य घटना वा अवस्थाको कारण माध्यम वा साधनको रूपमा आई कारकीय अर्थ बुझाएमा त्यसलाई करण वा साधन अर्थ मानिन्छ ।

  • शिवले लठ्ठीले आँप झार्‍यो ।
    • रामले कलमले लेख्यो ।

३. तात्विक : कार्यको परिणामद्वारा क्रियाले गरेका कार्य वा अवस्थाको असर बोधू नगर्ने वा कुनै प्रतिक्रिया नगर्ने व्यक्ति वा वस्तुलाई बुझाउने कारकीय अर्थ लाई तात्विक अर्थ भनिन्छ ।

        क. रामले रूख काट्यो ।

        ख. विमलले माछो समात्यो ।

. सम्प्रदान/प्राप्ति अर्थ : कार्यको असर प्राप्त गर्ने सजीव ,

क्रियाको कार्यको फल प्राप्त गर्ने व्यक्ति वा संस्थालाई बुझाउने कारकीय अर्थलाई सम्प्रदान वा प्राप्ति अर्थ भनिन्छ ।

क. शिक्षामन्त्रीले रामलाई पुरस्कार दिए ।

ख. मैले भाइलाई किताप किनिदिए ।

ग. पोखरा वि.वि.ले त्रिविबाट मान्यता प्राप्त गर्‍यो । माथिका वाक्यमा क्रियाको कार्यको फल प्राप्त गर्ने 'राम' र 'भाइ' व्यक्ति, 'पोखरा वि.वि' संस्थाले प्राप्ति अर्थ वहन गरेका छन् ।

वाक्य संरचनामा प्रयुक्त नामिक पदहरुको क्रियापदसँगको सम्बन्ध नै कारक हो ।

रामले भाइलाई रुखबाट ढुङ्‌गाले भुइँमा आँप झारिदियो ।

रामले झारिदियो ।

भाइलाई झारिदियो ।

रुखबाट झारिदियो ।

ढुङ्गाले झारिदियो ।

आँप झारिदियो ।

भुइँमा झारिदियो ।

पाणिनि र फिलमोरको कारकीय दृष्टिकोणको तुलना

कारक व्याकरणका सम्बन्धमा सबैभन्दा व्यापक र गहन अध्ययन संस्कृत र अङ्ग्रेजी भाषामा भएको पाइन्छ संस्कृतमा प्रसिद्ध वैयाकरण पाणिनिले सर्वप्रथम कारकको अध्ययन विश्लेषण गरेका हुन् भने अङ्ग्रेजीमा कारकीय व्यवस्थाको जन्मदाता फिलमोर मानिन्छन् यद्यपि फिलमोरभन्दा पूर्व पनि अङ्ग्रेजीमा कारकको अध्ययन नभएको होइन तर पनि सार्वभौम कारकको खोजी गर्ने प्रथम भाषाशास्त्री फिलमोर नै हुन् । यी दुई भाषाशास्त्रीका कारकीय दृष्टिकोणमा धेरै समानता र केही असमानता पाइन्छ ।

१) कारकको पभिाषाका सम्बन्धमा फिलमोर र पाणिनिमा धेरै समानता छ फिलमोरले आफ्नो पुस्तक The case for case मा Case are identify by the verb अर्थात् कारकहरू क्रियाद्वारा निर्धारित हुन्छन् भनेका छन् भने पाणिनिले आफ्नो अष्टाध्यायी सूत्रमा क्रियान्वयित्वं कारकत्वम् अर्थात क्रियाले अन्वित गर्ने वा डोऱ्याउने पद नै कारक हो भनेका छन् ।

२) फिलमोरले वाक्यमा प्रयुक्त नामपदको त्यस वाक्यभित्र कस्तो भूमिका रहेको हुन्छ त्यसैका आधारमा कारकको निर्धारण गरेका छन् तर पाणिनि प्रकार्यका आधारमा नामिक पद र क्रियाको सम्बन्धलाई कारक मान्दछन् १८३

कुनैपनि नामपदसँग सम्बन्ध भएर क्रियाले गर्ने व्याकरणिक अर्थ नै प्रकार्य हो

३) फिलमोरले वाक्यमा नामपदको भूमिकामूलक अर्थलाई लिएर कारकको अध्ययन गरेका छन् तर पाणिनिले भूमिकामूलक अर्थ नभई भाषिक स्वरूपलाई आधार बनाएर कार्यमूलक अर्थका आधारमा कारकको निर्धारण गरेका छन्, जस्तै

रथ जान्छ ।

राम जान्छ पाणिनिका दृष्टिमा यी दुबै कर्ताकारक हुन् तर फिलमोरका दृष्टिमा 'रथ' आफै हिँड्न नसक्ने भएकाले उदासीन र 'राम' आफै हिँड्ने भएकाले अभिकर्ता कारक हो ।

४) फिलमोरले सार्वभौमकारकको खोजी गर्ने लक्ष्य लिएकाले भाषाको आन्तरिक स्वरूपमा केन्द्रित देखिन्छन् तर पाणिनिले कारकको प्रयोगमा विभक्तिहरूलाई बढी महत्त्व दिएकाले बाह्य स्वरूपमा केन्द्रित देखिन्छन् ।

५) फिलमोरका दृष्टिमा क्रियाको कार्यप्रति कुनै आन्तरिक उत्प्रेरणा छैन भने त्यस्ता कारकहरू क्रियाको भूमिकामूलक अर्थका आधारमा उदासीन कारक हुन्छन्, जस्तै- 'बस हिँड्यो' यहाँ 'बस'लाई पिलमोरले उदासीन कारक मानेका छन् तर पाणिनिले बसले हिँड्ने कार्य सम्पादन गरेकाले कर्ता कारक मानेका छन् । यसप्रकार फिलमोरको अभिकर्ता आन्तरिक उत्प्रेरणासँग सम्बद्ध हुन्छ भने पाणिनिको कर्ता कार्य सम्पादनसँग सम्बद्ध हुन्छ ।

६) पाणिनिको व्याकरणमा कारक र विभक्तिका बीच अन्योन्याश्रित सम्बन्ध पाइन्छ । त्यसैले पाणिनि कारकको परिभाषा गर्दा आन्तरिक अर्थलाई पनि महत्त्व दिन्छन् तापनि कारकको प्रयोगमा विभक्तिलाई नै बढी महत्त्व दिन्छन् तर फिलमोरले भने कारकको बाहृय रूपान्तरणमा भन्दा आन्तरिक स्थितिको व्याख्यामा विशेष जोड दिएका छन् र यसै आधारमा सम्पूर्ण भाषाका कारकहरूको व्याख्या हुने गरी सार्वभौम नियमहरूको स्थापनामा प्रयत्नशील रहन्छन् ।

(७) पाणिनिले व्याकरणमा कारकको निर्धारणका लागि वाक्यको बाह्य सङ्गतिलाई पनि आधार मानेका छन् भने फिलमोरले कारकको निर्धारणमा आन्तरिक सङ्गतिलाई आधार मान्दछन् । फलत: फिलमोरले भिन्नभिन्न कारकीय भूमिकामा राखेका पद पाणिनिको व्याकरणमा कतै एउटै कारकमा रूपान्तरित हुन पुग्छन् भने कतै फिलमोरले एउटै मानेका कारक पाणिनिको व्याकरणिक ढाँचामा बेग्लाबेग्लै कारकको भूमिकामा देखा पर्न सक्छन् । यसप्रकार पाणिनि र फिलमोरको कारकीय दृष्टिकोणमा वाक्यमा प्रयोग भएका प्रत्येक नामपदको क्रियासँगको आन्तरिक संरचनालाई ध्यानमा राखेर विश्लेषणगर्ने दृष्टिमा पर्याप्त समानता पाइए पनि दुबैको कारकीय व्याख्यामा भिन्नता भएको हुँदा उनीहरूका कारकहरू र तिनको क्रम पनि फरक फरक हुन्छ । वाक्यमा कारकीय भूमिकालाई महत्त्वका साथ व्याख्या गर्ने प्रथम व्याकरणकार पाणिनि नै हुन् । कारकको व्याख्यामा उनको जसतो सूक्ष्म दृष्टि अन्य कुनै भाषाका व्याकरणकारमा पाइँदैन । फिलमोर पनि पाणिनिबाट प्रभावित छन् र त्यसै आधारमा कारकको सार्वभौम व्याख्या तर्फ लागेका छन् ।

कारक व्याकरणका उपलब्धी

क्रियालाई केन्द्र बनाई कारकहरूको क्रियासँग को सम्बन्ध देखाउनु

फिल्मोरको कारक व्याकरण बहुमान्य सार्वभाषिक सिद्धान्तका रूपमा स्वीकार

संरचनापरक रुपान्तरण व्याकरणका अनुयायीहरु समेतले स्वीकार गर्नु

भाषासापेक्ष परिष्कार गरी संसारका विभिन्न भाषाको अध्ययनमा सैदानिक आधार मानिनु ।

 क्रियासँगको अर्थगत सम्बन्धको अध्ययन, गर्ने हुनाले अर्थविज्ञानमा पनि कारक व्याकरणको महत्व हुनु ।

कारक व्याकरणका सीमा

- पूर्ववर्ती सिद्धान्त (रूपान्तरण व्याकरण, व्यवस्थापक व्याकरण था) जस्तो व्यापक बन्न नसक्नु,

केवल रुपान्तरण व्याकरणकै पुरकका रूपमा फिल्मोरले आफैं यसको अपूर्णता स्वीकार गरेका अन्य विद्वानहरूले पनि परिष्कार प्रयास गरे पनि हालसम्म सर्वसम्मत सिद्धान्त निर्माण हुन नसक्नु

Array