मेरो पढ्ने कोठा

  • Posted By: Heramba Bastola
  • September 27th, 2024
image

अपेक्षा बास्तोला

म एक विद्यार्थी हुँ, त्यसैले मेरो एक पढ्ने कोठा हुनु स्वभाविक नै हो । मेरोजस्तै अरुका पनि पढ्ने कोठा होलान् तर साँच्चि भन्नुपर्दा मलाई सबैभन्दा मनपर्ने ठाउँ भनेको मेरो आफ्नै पढ्ने कोठा हो ।

मेरो पढ्ने कोठा सानो छ । किताबै किताबले भरिएको यो सानो कोठा मेरो लागि त एक सानो पुस्तकालय जस्तै छ । मेरो पढ्ने कोठामा गृहकार्य गर्नका लागि एउटा सानो टेबुल राखिएको छ । त्यसैको अगाडि एउटा झ्याल पनि छ । त्यहाँबाट बेलाबेलामा आउने चिसो हावाले मलाई आफ्नो कार्य गर्न मन लाग्ने बनाउछ । मेरो सानो पढ़ने कोठामा बस्दा मात्रै पनि मलाई आपÞmू अर्कै कुनै रमाइलो ठाउँमा भएजस्तै लाग्छ । त्यहाँका ती रोमाञ्चक किताबहरू पढ्दा आफू त कुनै अर्कै दुनियाँमा छु जस्तो महसुस हुन्छ ।

म आफ्नो पढ्ने कोठामा हुदा मलाई कस्तो लाग्छ भने जति नै धेरै गृहकार्य भए पनि मैले यसलाई समयमै पूरा गर्न सक्छु । मलाई मेरो पढ्ने कोठा प्रेरणा र उर्जाले भरिएजस्तो आभाष हुन्छ । मलाई आफ्नो पढ्ने कोठामा छिर्ने बित्तिकै केही नयाँ गरिहालुँ जस्तो जाँगर लाग्छ । मेरो कोठामा अङ्ग्रेजी र नेपालीका विविध पुस्तकहरू छन् । पढ्न त म आफ्ना पाठ्यपुस्तक नै धेरै पढ्छु तर त्यसपछि पनि बचेको केही खाली समयमा कथाका किताबहरू पढ्ने गर्छु । कथाको मात्र नभएर म आफ्ना कविताका पुस्तकहररू पनि पढ्छु । कविता लेख्न र पढ्न पनि मलाई निकै रमाइलो लाग्छ । म घण्टौँसम्म लयबद्ध रूपमा कविता पढ्दै बस्ने गर्छु । मैले यही कोठामा बसेर थुप्रै कविताहरू पनि लेखेकी छु । भन्नै पर्दा आफ्ना भाव, विचार र धारणा कविताद्वारा व्यक्त गर्न मलाई मन पर्छ । कविताका कितावहरू धेरै पढ्ने गरेकाले पनि यसो गर्न रमाइलो लागेको होजस्तो मलाई लाग्छ ।
म आफ्नो पढ्ने कोठामा घण्टौँ बसेर आफ्ना कमजोरीहरू सुधार्ने प्रयास गर्छु र किताबबाट अझै ज्ञान प्राप्त गर्ने प्रयत्न गरिरहन्छु । यसले गर्दा मलाई आफ्नो विद्यालयको पढाइमा पनि कुनै र कुनै रूपले फाइदा भइरहेको महसुस भएको छ ।

कक्षा ९
हिमरश्मि हाइ स्कुल , तारकेश्वर काठमाडौं

Array